युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By उत्तमबाबु श्रेष्ठ, on March 20th, 2011 उमेशजीले काठमाडौंबाट देखिएको सूपर मूनको फोटोहरु अपलोड गरेपछि मलाई पनि रहर लाग्यो आजको ठूलो चन्द्रमाको फोटो खिच्न । अलिकति प्राविधीक गडवढी भएकोले भनेको जस्तो फोटो र टाइम ल्याप्सको भिडियो बनाउन सकिएन । आन्द्रमहासागरमा उदाउँदै गरेको चन्द्रमाको दृष्य साँच्चै मनमोहक थियो । अन्य फोटोहरु हेर्न भित्र आउनुहोस् ।
Tweet [...]
By उत्तमबाबु श्रेष्ठ, on February 22nd, 2011 -उत्तमबाबु श्रेष्ठ-
करिब पाँच वर्ष लामो विदेश बसाईमा प्रत्येक सप्ताहान्त जसो हुने साथीभाइहरुसँगको जमघटहरुमा सामेल हुँदै आएको छु। कहिले पाहुना बनेर त कहिले आफै ‘होष्ट’ भएर। कहिले मःमः पार्टी त कहिले कक्टेल पार्टी। कहिले केटाकेटीको जन्मदिन त कहिले आमाबाबुको विवाहको वार्षिकोत्सव। यहाँ जमघट गर्ने बहाना मात्र चाहिन्छ। बहानाहरु प्रायः फरक हुन्छन् तर जमघट उस्तै। [...]
By उत्तमबाबु श्रेष्ठ, on February 4th, 2011 हिजो भएको प्रधानमन्त्रीको चुनावको अन्तिम समयमा माओवादीको नाटकिय तर अपेक्षाकृत बाम फन्कोले झलनाथ खनाल नेपालका नयाँ प्रधानमन्त्री बन्न सफल भए । कटवाल प्रकरणमा झलनाथ खनालबाट पाएको धोकाको कारण प्रधानमन्त्रीबाट राजीनामा दिन वाध्य भएका प्रचण्डले उक्त धोकाको वदला उनको भाषामा ‘त्याग’ गर्न पुगे । यद्यपी उनले गरॆको भनिएको ‘त्याग’ वाध्यात्मक स्थितीमा गरिएको समर्थन थियो । आफ्ना [...]
By उत्तमबाबु श्रेष्ठ, on January 28th, 2011 कुरा दुई वर्ष जति अघिको हो अमेरिकाबाट पिएचडी सकेपछि यहाँको प्रतिष्ठीत विश्वविद्यालयमा पोष्टडक्टरल अनुसन्धानको लागि अनुवन्धित भएर एकजना साथी नेपाल गएका थिए । छोटो नेपाल बसाईको क्रममा उनले श्रम विभागबाट नयाँ भिसाको (एचवानवि भिसा) लागि केहि कागजात प्राप्त गर्नपर्ने थियो । उनलाई थाह थियो नेपालको सरकारी अफिसमा भनेको समयमा काम हुनु भनेको आठौं आश्चर्य हुनु [...]
By उत्तमबाबु श्रेष्ठ, on January 22nd, 2011 -उत्तमबाबु श्रेष्ठ-
विश्वको मनोरन्जनको राजधानी मानिने अमेरिकाको नेभाडा राज्यमा पर्ने लसभेगासमा शहरमा म गत हप्ता पुगेको थिए । क्यासिनो (जुवा) सपिंग र प्रसिद्व होटलहरुको कारण विश्व मै चर्चित यो शहरलाई “सिन सिटी” को उपनामले पनि चिनिन्छ । वरिपरि पहाडहरुले घेरिएको सुख्खा मरुभुमीको उपत्यकामा अवस्थित यस शहरको झकिभकाउ हेर्दा मानिसहरुले प्रकृतिमाथि गरेको विजयको अनुपम उदाहरण [...]
By उत्तमबाबु श्रेष्ठ, on January 9th, 2011 -उत्तमबाबु श्रेष्ठ-
गत बर्ष मे तिरको कुरा सम्झन्छु राष्ट्रपति ओबामाको ३.५ विलियन डलरको ‘फिड फर द फ्युचर’ कार्यक्रम अन्तर्गत छानिएका विश्वका २० मुलुकहरुमा नेपाल पनि परेको थियो । नेपालसँगै छानिएका मुलुकहरुमा दक्षिण एशियाबाट बंगलादेश थियो भने अन्य अफ्रिकाका गृहयुद्व, भोकमरीले आहत हरितन्नम् राष्ट्रहरु थिए । नेपालले डलर पाउने उक्त समाचार यसरी प्रस्तुत गरियो, मानौं हामीले [...]
By उत्तमबाबु श्रेष्ठ, on December 5th, 2010 गएको मंगलबार गुगलले गुगल अर्थको छैटौं संस्करण सार्वजनिक गर्यो । यो संस्करणमा थुप्रै नयाँ कुराहरु थपिएका छन्, ती मध्ये एक हो भुउपग्रह मार्फत खिचिएका ऐतिहासिक तस्वीरहरु हेर्न सकिने नयाँ फिचर । गुगल अर्थको छैटौं संस्करणको Show historical imagery लाई क्लिक गरेर आउने टाइम स्लाइडरलाई चलाएर तपाईले कुनै ठाँउको पुराना भु-उपग्रह मार्फत खिचिएका ऐतिहासिक तस्विरहरु [...]
By उत्तमबाबु श्रेष्ठ, on November 9th, 2010 फेसवुकको च्याटमा साथी उमेशले जिस्क्याए यसपाली परार जस्तो देउसी भएन बोष्टनमा दुई वर्ष अघि मैले बोष्टनको देउसी भैलोको भिडियो यस व्लगमा राखेको थिए । उसलाई त्यो भिडियो निकै मन परेको रहेछ । विदेशमा वसेर पनि नेपाली संस्कृति जोगाएको भन्दै धेरैले त्यसमा कमेन्टहरु गर्नु भएको थियो । उसको आसय यसपाली पनि भिडियो भए राखम् है [...]
By उत्तमबाबु श्रेष्ठ, on October 26th, 2010 अपडेट: अन्तत एनआरएन अमेरिकाको तोकिएको मिति (अक्टोवर ३०) मा निर्वाचन नहुने भएको छ । एनआरएन अमेरिकाको निर्वाचन कमिटीले आज एनआरएनको वेबसाइटमा सूचना प्रकाशित गरी निर्वाचन हुन लागेको कुनै पनि पदमा आवश्यक प्रतिस्पर्धी उम्मेदवारहरु नभएकोले निर्वाचन गर्न आवश्यक नदेखिएको जनाएको छ । कमिटीले प्रकाशित गरेको सुची अनुसार सन् २०११-१२ को लागि एनआरएन अमेरिकाको नेतृत्वमा वर्तमान अध्यक्ष [...]
By उत्तमबाबु श्रेष्ठ, on October 6th, 2010 -उत्तम बाबु श्रेष्ठ-
मेरो गाँउको एकजना काकीले आफ्नो १३ वर्षिय छोरालाई अहिले देखि नै गैह्र आवासिय नेपाली बनाउने सपना सजाउनु भएको छ । आठ कक्षा पढ्दै गरेको आफ्नो छोरालाई विदेशमा पढ्दै गरेको अमुक मान्छेको उदाहरण दिदैं उहाँले घोकाई राख्नुभएको छ । “राम्रोसँग पढ् १२ कक्षा पास भएपछि विदेश गएर पढ्न पर्छ ।” विज्ञान विषय [...]
|
|
Recent Comments