यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कीर्तिनिधि विष्ट जसले प्रधानमन्त्री हुँदा राजा वीरेन्द्रलाई थाहै नदिई पूर्वप्रम सूर्यबहादुर थापालाई जेल हालेका थिए

कुरो आजभन्दा ४५ वर्ष अघिको हो। प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा भने आन्दोलन गर्दै सडकमा उत्रिएका थिए। २०२५ सालमा प्रधानमन्त्री पदबाट हटिसकेपछि उनी पञ्चायती शासनभित्रकै विद्रोही बनेका थिए। राजाको प्रत्यक्ष शासन भएका बेला उनले यहाँ द्वैध शासन छ भन्दै राजा र प्रधानमन्त्रीकै विरोधमा चर्का भाषणहरु गर्थे। २०२९ सालको वैशाख ३१ […]

२६ वर्षअघि चुनाव लड्नेलाई एमालेको कडा आचारसंहिता- राजीनामा दिनुपर्नेदेखि सम्पति विवरण पार्टीलाई बुझाउनुपर्नेसम्म

२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनर्स्थापना भयो र २०४८ सालमा चुनाव भयो। जनआन्दोलन संयुक्त वाममोर्चा र कांग्रेसले मिलेर गरेका थिए। चुनावमा पनि यिनै दुई शक्तिबीच प्रतिस्पर्धा थियो। वाममोर्चाका अरु वाम पार्टीहरु कता कता लागे पनि नेकपा मार्क्सवादी र नेकपा मार्क्सवादी लेनिनवादी मिलेर नेकपा एमाले पार्टी चुनाव अघि बन्यो। यो पार्टीले चुनाव लड्नुअघि उम्मेदवारहरुलाई १० […]

सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य

यो फोटो सम्झनुभएको छ ? १६ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्‍यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन […]

बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने

-श्रवण कुमार-

“तिनका बाउ आमा मर्छन्, अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई। नत्र किन जाने अहिले सबैको नोकर हुनलाई? “, मन्दिरा भाउजूले च्याँठिएर भनिन्। कुरा क्रिसमसको हो, स्थान बाल्टिमोर – अमेरिका। २ वर्षमा मन्दिरा भाउजूमा निक्कै परिवर्तन आएछ। २ वर्ष अघिसम्म सासु ससुरा भनेका हाम्रा आफ्ना जन्मदिने बाउ आमा समान हुन्छन्, […]

के हो ‘प्रतिष्ठा’ भनेको ?

-कृष्ण ज्ञवाली-

मलाई एकजना साथीले अमेरिकामा भने, अमेरिका आएपछि त नेपालमा बिहे गर्नका लागि केटीहरु दशैँमा खसी–बोका छानेजस्तो छानी-छानी ल्याउन पाइन्छ। अब आफै बुझ्नुस्, प्रतिष्ठा आचरणमा होइन, को कुन देशमा छसँग गासिएको रहेछ।

एकजना आत्मीय मित्रले मलाई फेसबुकमा भने- ‘अब त तपाईँको इज्जत (प्रतिष्ठा) बढ्ने भयो। किनकि तपाईँ अमेरिकामा हुनुहुन्छ। मैले प्रतिप्रश्न गरेँ- […]

यस्तो थियो पहिले काठमाडौँको एयरपोर्ट

काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थल पहिले यस्तो थियो। सन् १९८६ अर्थात् विक्रम संवत् २०४२/४३ सालतिरको दृश्य हो यो।

var OB_platformType=3; var […]

आँशु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन सकिनँ : यस्तो थियो नारायणहिटी छाड्दा ज्ञानेन्द्रको मार्मिक वक्तव्य

आज जेठ २९। संविधानसभाले गणतन्त्र घोषणा गर्दै राजाको उपाधि खोसिएका ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेको नौ वर्ष पूरा भएको छ। नौ वर्षअघि आजैको दिन ज्ञानेन्द्रले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरी दरबार छाडेका थिए। अहिले दरबार संग्रहालय रहेको छ। टिकट काटेर हेर्न जान सकिन्छ।

अन्तिम दिन भिडले अव्यवस्थित भएको पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले मार्मिक लिखित […]

यस्तो थियो दरबार हत्याकाण्डबारे पारस र हिमानीको बयान

१६ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे […]

माघ १९ : यसरी भएको थियो ज्ञानेन्द्रको ‘कू’, सुन्नुस् १२ वर्षअघि त्यो ऐतिहासिक दिन बीबीसीको समाचार

१२ वर्षअघि आजैको दिन (माघ १९) मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गर्दा परिस्थिति सामान्य थिएन। घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द गरिएको थियो। […]

जुङ्गा हैन जाँठा भनेमा दुई रुपैयाँ दण्ड : यस्ता पनि कानुन थिए (२)

पुराना कानुनले त्यतिबेलाको समाज, त्यतिबेलाको व्यवहार र त्यतिबेलाको सोच देखाउँछ। त्यतिबेलाको समाजको अध्ययन हो यो एक किसिमले। मेरो हातमा मुलुकी ऐन परेपछि र त्यसलाई सर्सर्ती हेरेपछि त्यसमा रहेका अनौठा कुराहरु तपाईँलाई बाँड्नबाट रोक्न सकिनँ। विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुन थियो यो। हेरौँ अहिलेको अवस्थामा अचम्म लाग्ने थप केही प्रावधानहरु-

[…]

थुक्ने र पाद्‍नेलाई सजाय : यस्तो पनि कानुन थियो नेपालमा

विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुनमा भएका केही प्रावधान अहिले हेर्दा अचम्म लाग्न सक्छ। हेरौँ केही त्यस्ता प्रावधान-

var OB_platformType=3; var […]

४३ वर्षअघि सिंहदरबारमा आगो लाग्दाका ६ फोटो

विक्रम संवत् २०३० असार २५ गते सोमबारका दिन सिंहदरबारमा भयानक आगलागी भएको थियो। आगलागीबाट बचाउनका लागि प्रयास गरिए पनि त्यो सफल भएन। त्यसपछि अगाडिको भागमात्रै भएपनि बचाउनका लागि तोप हानीहानी पछाडिको भाग भत्काई अगाडिको भाग जोगाइयो, बाँकी सिंहदरबार जलेर खरानी भयो। अगाडिको भागसँगै जोडेर अलिकति पछि निमार्ण कार्य गरियो। सिंहदरबारको रक्षा हुन नसकेकोमा […]

के तपाईँलाई थाहा छ? काठमाडौँ आवतजावत गर्न पनि पासपोर्ट चाहिन्थ्यो एक जमानामा

अहिले राजनीति प्रदेश विभाजनको कुरामा फँसेको छ। हास्य कलाकारहरुले एक प्रदेशबाट अर्को प्रदेशमा जान भिसा लिनुपर्ने जसरी प्रचार गरेकाले मान्छेलाई हो कि जस्तो पनि लागेको छ।

तर के तपाईँलाई थाहा छ? संघीयतामा नजाँदै एक जमानामा देशको राजधानी काठमाडौँ आवतजावत गर्न पनि राहदानी अर्थात् पासपोर्ट आवश्यक पर्थ्यो। २००९ साल वैशाख ९ गते नेपाल सरकारले राजपत्रमा […]

भदौ १६ : काठमाडौँ जलेको त्यो दिन

आज तपाईँहरुलाई म पुरानो दिनको स्मरण गराउन जाँदैछु। १२ वर्षअगाडि (२०६१ भदौ १६ मा) आज कै दिन काठमाडौं निकै तनावग्रस्त थियो। सिङ्गो काठमाडौं जलेको थियो। इराकमा नेपाली दाजुभाइ मारिएका कारण आक्रोशित जनसाधारण सडकमा उत्रिएका थिए। त्यतिबेला मैले खिचेका केही फोटो र इन्टरनेटमा भेटिएका केही फोटो तपाईँ यो ब्लगमा पढ्नसक्नुहुनेछ। [तस्वीरमा जल्दै गरेको ताहाचलको […]

६० वर्षअघिको मर्यादाक्रम : मन्त्री र प्रधानन्यायाधीशभन्दा विदेशी राजदूत माथि

अहिलेको मर्यादाक्रम बारे मैले अस्ति नै ब्लग लेखेको थिएँ। भर्खरै ६० वर्षअघिको २०१३ सालको राजपत्रमा प्रकाशित मर्यादाक्रम भेटियो। त्यतिबेला राजतन्त्र थियो। त्यसैले स्वभावतः राजा र राजपरिवारको मर्यादाक्रम माथि हुने नै भयो। अचम्म त विदेशी राजदूतको मर्यादाक्रम पो रहेछ। त्यतिबेला विदेशी राजदूतको मर्यादाक्रम छैटौँ नम्बरमा अर्थात् प्रधानमन्त्री लगत्तै रहेछ। मन्त्रीहरु र सर्वोच्चका प्रधान न्यायाधीशभन्दा […]

यी कारणले बिर्सन सकिन्न सुशील दालाई

सुशील कोइराला प्रधानमन्त्री हुन ठीक्क पर्दा दुई वर्षअघि आजैका दिन (कस्तो संयोग फेब्रुअरी ९, २०१४ का दिन) यो ब्लग पोस्ट गरिएको रहेछ। दुई वर्षपछि आज उनको निधन भएको दिन त्यही ब्लग रिपोस्ट गर्दैछु।

केही अघिको मात्रै कुरा त हो, सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दल माओवादीका अध्यक्ष प्रचण्ड हेलिकप्टर चार्टर गरेर उड्दै गर्दा […]

दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान

१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे […]

दरबार हत्याकान्डको १४ वर्ष : अझै बिर्सन नसकिने १० तथ्य

आज जेठ १९ गते। १४ वर्षअघि आजैका दिन नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। यो हत्याकान्डका बिर्सनै नसकिने र हालसम्म अनुत्तरित १० विषयको संगालो पुराना ब्लगहरुबाट यहाँ राख्दैछु।

१) निरीह गिरिजा र नखुलेको ग्रायन्ड डिजाइन शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि […]