युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on May 18th, 2013 -हरिराम पौडेल-
कतिपय अवस्थामा प्रत्यक्षदर्शी हुनु पनि दुःखदायी क्षण बन्दोरहेछ। देश दर्शन र अन्य संस्थाले आयोजना गरेको नेत्र शिविर सकाएर शनिबार अपराह्न भक्तपुरबाट मित्र उत्तम भट्टराईसँगै मोटरसाइकलमा फर्कँदै थियौँ। उत्तम जी कोटेश्वरमा झरेर अर्को माइक्रोमा चढ्नु भो। म बानेश्वर हुँदै फर्कँदै थिएँ। कान्तिपुर पब्लिकेशनको ठीक सामुन्ने आइपुग्दा एउटा पल्सर मोटरसाइकल डिभाइडरको तारमा अल्झिन [...]
By mysansar, on May 15th, 2013 [हामी नेपालीहरु षड्यन्त्र सिद्धान्त रच्न ज्यादै खप्पिस छौँ। दरबार हत्याकान्डदेखि मदन भण्डारीको दुर्घटनासम्मका षड्यन्त्र सिद्धान्त कसले बिर्सेको होला र। ठूला घटनामा मात्र हैन, साना घटनामा पनि षड्यन्त्र देख्छौँ हामी। लोकमान सिंह कार्कीबारेको ब्लगमा मदन बज्राचार्यले त्यस्तै एउटा षड्यन्त्र सिद्धान्तबारे तर्कपूर्ण कमेन्ट लेख्नुभयो। थप बहसका लागि उचित होला कि ठानेर त्यही कमेन्टलाई मूल ब्लगमा तानिएको [...]
By mysansar, on May 10th, 2013 ‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ रवि लामिछानेको ६२ घण्टा लामो टक शो प्रसारण गरी विश्व रेकर्ड राखेको न्युज २४ टेलिभिजनको अहिले हरिबिजोग भएको छ। महिनौँदेखि तलब नपाएपछि आन्दोलित बनेका पत्रकार र कर्मचारीहरु नियमित रिपोर्टिङमा गएका छैनन्। नियमित कार्यक्रम नै रद्द गरिएका छन्। व्यवस्थापनले अरु टिभीबाट भिजुअल सापटी मागेर प्रसारण गरिरहेको छ। ‘निरन्तर न्युजमा’ [...]
By mysansar, on May 10th, 2013 भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव [...]
By mysansar, on May 6th, 2013 -हार्दिक गुरुङ-
१७ नोभेम्बर २००९, दुबई एयरशो, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष सुगतरत्न कंसाकारले यूरोपेली जहाज निर्माता एयरबससँग नयाँ जहाज किन्ने सम्झौता गर्दा म प्रसन्न भएको थिएँ। साढे दुई दशकपछि किन्न लागेका नयाँ विमानहरुको सम्झौता दुबई एयरशो जस्तो भब्य हवाई ब्यापारिक मेलामा सम्पन्न भएको र संसारभरिका हवाई मिडियामा पाएको चर्चाले त गौरवान्वित [...]
By सूर्य खड्का, on May 3rd, 2013 भनिन्छ अग्लो रुखलाई ज्यादै नै बतास लाग्छ। शारीरिक रुपमा औषत नेपाली उचाइका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक वा राजनीतिक रुपमा देशमा कांग्रेस र एकीकृत माओवादीमात्रै प्रभावशाली रहेको र त्यस परिप्रेक्ष्यमा एमाले भन्ने पार्टीको अस्तित्व गौण रहेको सन्दर्भलाई उत्तेजनात्मक भाषण शैलीमा उजिल्ाएपछि प्रचण्ड गर्जन उपर निकै बतास लागेको छ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार [...]
By mysansar, on May 3rd, 2013 -मनोज कार्की-
भोजपुर।
ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, …………
सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला भनेर। तैपनी आजकाल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने [...]
By mysansar, on April 30th, 2013 -मनीष दुवाडी-
मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो। विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ। नेपाली विकिपिडियाका अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त अहिलेको जस्तै थियो। तर मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउथे। सरकारी [...]
By mysansar, on April 26th, 2013 -राजु महर्जन-
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबारे वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको पुस्तकबारे ब्लग पाठकमाझ निकै ‘हिट’ भएपछि यो ब्लगको विषय जुटेको हो। उनै महोदयले करिब डेढ बर्षअघि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पनि जीवनी लेखेका थिए। मैले Dr. Ram Baran Yadav: An Illustrious President शीर्षकको त्यो किताब पढेको [...]
By mysansar, on April 25th, 2013 -शशांक लामा, न्युयोर्क-
तपाईं के लिनुहुन्छ? सोल्जा(नुनको चिया),गुलियो चिया, कफी- रोजी रोजीको चियाहरु थियो। हातमा थर्मस बोकेर बसभित्र ओहोर दोहोर गरिरहेका महिलाहरु बक्खु, वाङ्जुक, पाङ्देन र गरगहनाले सजिएका थिए भने पुरुषहरु पनि बक्खु,तुतुङ र पाक्स्य टोपीमा ठाँटिएका थिए। फेब्रेवरी 21 आईतवार बिहान 7 बजेको समय न्युयोर्कस्थित ज्याक्शनहाइटको 69 street मा पार्क गरिराखेको [...]
By सूर्य खड्का, on April 20th, 2013 प्रकृतिले एकातिर पठाइदिएको छ सुन्दर वसन्त ऋतु तर मध्य पहाड र तराईतिरको खडेरीले लिन छाडेको छैन निर्दोषको ज्यूधन खडेरी लम्बिए अनिकालको खतरा ज्यूँका त्यूँ नै छ। भीषण आगलागीको लहर र सुख्खापनको धिराम नलागने सधै चिसिइरहने सर्वोच्च शिखर सगरमाथाको देशमा झै सुनिनेछैन प्रदेशका फूदन्तिहरु अजवको गजव भएको छ देश नेपाल। बितेका आठ वर्ष खासगरी [...]
By mysansar, on April 18th, 2013 -विन्देश दाहाल-
अंग्रेजी भाषा सिक्न चाहनुहुन्छ ?
त्यसो भए वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जीवनी पढ्नुहोस्।
सरल भाषा र सुललित शैलीमा लेखिएको यो पुस्तक मैले आजसम्म पढेका पुस्तकमध्येकै सर्वाधिक रमाइलो छ। पुस्तक पढेर यति धेरै पेट मिचीमिची यसरी म कहिले पनि हाँसेको [...]
|
|
Recent Comments