यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कसले बनाएछ कोकको ‘तोरीलाउरे’ क्याम्पेन ‘जिग्री’

केही दिनदेखि आकाशे पुलदेखि तपाईँको मोबाइलको फेसबुक र इन्स्टाको फिडसम्ममा ‘जिग्री’ आतंक छाएको छ। कोकाकोला नेपालले इतिहासमै सबैभन्दा धेरै सेलिब्रिटीहरुको प्रयोग गरेर सुरु गरेको यो क्याम्पेन क्रियटिभिटीको हिसाबले भने ‘तोरीलाउरे’ लाग्दैछ मलाई। विदेशका कोकाकोलाका विज्ञापन कति क्रियटिभ हुन्छन्, हेर्दा पनि रमाइलो। यहाँ भने ‘कहाँ गयो जिग्री’ भन्दै सेलिब्रिटीहरुलाई जोकर बनाइएको छ। उनीहरुको संवाद […]

अचानक मृत्यु अर्थात ‘सडन डेथ’ बाट कसरी जोगिने ?

राती सकशुल रहेको मानिस बिहान उठ्दा मृत फेला परेको धेरै भेटिन्छ।

अर्थात सुतेर बिचमा उठ्दा मानिस मरेको उदारणहरु धेरै छन्।

किन र कसरी हुन्छ त यस्तो ?

[…]

सिन्धुपाल्चोकमा के भयो यस्तो? बाँदरको ‘सामूहिक सुसाइड’ रे, सम्भव छ?

मंगलबारदेखि नै सोसल मिडियामा एउटा खबर र त्यससँगै फोटो पनि भाइरल भयो। लेखिएको थियो- सिन्धुपाल्चोक चौतारा साँगाचोक गढि न. पा. वडा १३ अर्चले गाउँको महादेबथान छेउको खेतमा रहेको पोखरीमा बिहान बाँदरहरुले सामूहिक आत्महत्या गरे।

अचम्म।

बाँदरहरुको सामूहिक आत्महत्या?

कतिपयले यसलाई हावा खबर भन्ठानेर उडाए पनि। तर बुधबार भने कान्तिपुर अनलाइनमै समाचार आयो। शीर्षक […]

सामुदायिक वनको शल्यक्रिया

कृष्ण रिमाल

नेपालले अवलम्वन गरेको नीति मध्ये सोच अनुरुपको सफलता पाएको नीति सामदायिक वन नीति मा नेपाल सफल भएको छ। दक्षिण एसियाका बगलांदेश भारत जस्ता अरु थुप्रै देशले यो नीतिको कपी पेस्ट गरेका छन। हरियो वन नेपालको धन भन्ने मुल मर्मका साथ स्थापित यो नीतिमा अब केहि सधार गर्नुपर्ने बेला आएको छ। म […]

क्षणिक आवेगको प्रतिफल होइन सुसाइड : कसरी जोगाउन सकिन्छ? यस्तो छ विज्ञको सुझाव

-डा.विजय ज्ञवाली/क्लिनिकल मनोविद्-

एउटा खुट्टा दुर्घटनामा गुमाए पनि साइकल कम्युनिटीमा राम्रै पहिचान बनाएका प्रेरणादायी किशोर युवक लामा सीधा कुरा जनतासँगमा काम गरिसकेका पत्रकार शालिकराम पुडासैनी

यो साता आत्महत्या गरेका चर्चित नामहरु हुन् यी। केही दिनदेखि लगातार आत्महत्याका समाचारहरू पत्रपत्रिका र न्युजपोर्टलहरूमा देखिएका छन्। नेपाल आत्महत्या बढी हुने मुलुक भित्र पर्छ। नेपाल प्रहरीको तथ्याङ्क […]

निर्मला प्रकरणमा डिएनए : यी प्रश्नको जवाफ खोज्न जरुरी ठान्छन् विज्ञ

डिएनए प्रविधि र निर्मला प्रकरणबारे फरेन्सिक एक्सपर्ट तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवन रिजालको विचार

डिएनए (डिअक्सिराइबाे न्युक्लिक एसिड) लामाे जटिल अणु हाे। हरेक प्राणी एवं वनस्पतिकाे काेषमा रहने याे अणुमा उक्त जीवकाे सम्पूर्ण वंशाणुगत गुण रहेकाे हुन्छ। तसर्थ जति नजिककाे नाता छ त्यति धेरै डिएनए समान हुन्छ। तर […]

फङ्गल इन्फेक्सन बाट कसरी जोगिने ?

गर्मीमा छालाका विभिन्न समस्या देखिन्छन्। छालामा देखिने धेरै समस्यामध्ये फंगल इन्फेक्सन एक हो।

गर्मीमा पसिना, वायुमा आर्द्रता बृद्धि अनि शरीर गुम्स्याउनाले फङ्गल इन्फेक्सन हुन्छ । यो एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ।

फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा […]

कसको तलब कति पुग्यो? मुख्य सचिवको ६९४८२, आइजीको ६४७२६, मावि शिक्षकको ५६८५४

यसपालिको बजेटले सरकारी कर्मचारीहरुको तलब बढाएको घोषणा गरे पनि कसको तलब ठ्याक्कै कति पुग्यो भन्ने निश्चित भइसकेको थिएन। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भने तलबमान स्वीकृत गरेको छ। आज त्यो सार्वजनिक भएको छ। यस अनुसार मुख्य सचिवको कूल तलब ६९ हजार ४८२ रुपैयाँ पुगेको छ। आइजीको तलब ६४ हजार ७२६ हुनेछ भने मावि शिक्षकले […]

मुटु कसरी बिग्रन्छ ? बच्ने कसरी ?

‘मुटु कसरी बिग्रन्छ ?’

यो प्रश्नमा अधिकाशं चिकित्सकहरुको जवाफ हुन्छ, ‘बदलिँदो जीवनशैली, खानपानको गलत छनौट र आवश्यकताभन्दा बढी मानशिक तनाव।’

यी र यस्तै कारणले मुटुसम्बन्धी रोगका बिरामीको संख्या विश्वमै बढ्दै गएको छ। नियमित शारीरिक व्यायाम नगर्दा पनि मुटु रोगले च्याप्छ भने धुमपान र अत्यधिक प्रदुषण मुटु रोगी बढ्नुको अर्को कारण हो।

के हो […]

एउटा प्रेरणादायी जीवनको दुःखद अन्त्य : फेसबुकमा ‘अर्को जुनीमा भेटौँला’ लेख्दै गए युवक

जोश, आत्मबल र साहस : यी तीन कुरा यी युवकमा थियो जो अरुमा थिएन। उनको नाम युवक। युवक लामा। ११ कक्षामा पढ्दै गरेका। दुर्घटनामा परेर एक खुट्टा गुमाएका। तर दुःखलाई जिल्याउँदै अरुका लागि प्रेरणा भएर बाँचिरहेका एक १९ वर्षीय किशोर। काठमाडौँको साइकल कम्युनिटीमा एकदम परिचित। एक खुट्टाकै भरमा साइकल चलाएर कहाँकहाँसम्म यात्रा गरिसकेका। […]

वर्षाको समयमा कस्ता रोगको संक्रमण हुन सक्छ ? संक्रमण भएमा के गर्ने ?

फाइल फोटो

वर्षाको मौसममा विभिन्न रोगहरु लाग्ने गर्दछन्। बाढी पहिरोजस्तो समस्याका कारण पानी दुषित हुने भएकाले ब्याक्टोरिया तथा भाइरसबाट सर्ने रोगहरुको संक्रमण बढी हुन्छ। त्यसले वर्षाको समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ। वर्षामा सर्ने रोग, जिवाणु, बच्ने उपाय यसप्रकार छन्।

[…]

आतंक : चरी बाघको कि पत्रकारको?

-राजु आचार्य-

बिरालो भन्ने बित्तिकै हामी बाघलाई रुख चढ्न सिकाउने गुरुको रूपमा हेर्छौँ । यी मामा भान्जाको कथा गाउँघर तिर निकै चल्तीमा छ । मामा (घरमा पालिने बिरालो) अहिले बस्तीमा मानिससँग बस्छ भने भान्जा (पाटे बाघ) अहिले पनि वनमै बस्छ। बाघ जस्तै वनमा बस्ने बिरालोहरू १२ प्रजातिका नेपालमा अभिलेख गरिएका छन् । यिनै […]

स्तनपान गराउने आमाले ध्यान दिनु पर्ने कुराहरु

आमाको दुध बच्चाका लागि अमृतसमान हुन्छ। हामीले सुन्दै आएको कुरा हो। आमाको दुध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरुको शरीरिक-मानसिक विकासका लागि अपरिहार्य हुन्छ ।

यतिबेला धेरैको घरमा नयाँ सदस्य भित्रिएको होला। खासगरी पहिलो बच्चा जन्माएका आमाहरुले बच्चालाई स्तनपान गराउने बारेमा केहि कुरा जान्नैपर्छ। किनभने उनीहरु यसमा अभ्यस्त भइसकेका हुँदैनन्।

स्तनपान गराउने आमाले […]

पित्त नलीमा खराबी किन देखिन्छ ?

 

डा.कमल राज सुवेदी

जण्डिस हुने थुप्रै कारणहरु मध्ये पित्त नलिमा अवरोध हुनु पनि एउटा प्रमुख कारण हो। साधारणतया पित्तरस कलेजोमा बन्छ। पित्तनलीको माध्यमबाट सानो आन्द्रामा जान्छ जसले खाएको खाना पचाउन मद्धत गर्छ। पित्त नलीमा अवरोध गराउने मुख्य दुई कारणहरु हुन्छन।

१. पित्तनलीमा ढुङ्गाबन्ने वा पित्त थैलीको ढुङ्गा नलीमा जाने।

२. पित्त नली […]

ह्रदयेन्द्र- हुन नसकेका ‘बेबी किङ’ यस्ता भएछन्

नेपालमा गणतन्त्र स्थापना हुनुअघि नवयुवराजका रुपमा चिनिने र बेलाबेलामा बेबी किङका रुपमा चर्चामा ल्याइने ह्रदयेन्द्र शाह हिजो १८ वर्ष पुगेका छन्। राजतन्त्र कायम रहँदा उनी राजगद्दीका दोस्रो नम्बरका उत्तराधिकारी थिए। २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदले पास गरेको नयाँ कानुनमा राजाको जेठो सन्तान गद्दीको उत्तराधिकारी हुने व्यवस्था गरिएपछि उनको गद्दी उत्तराधिकारी हक खोसिएको थियो। […]

एड्स र क्षयरोग भन्दा घातक हेपाटाइटिस !

डाक्टर राहुल पाठक

विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई हेपाटाइटिस भनिन्छ। कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो ।

हेपाटाइटिसलाई ए देखि इ सम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ। चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन्। नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ।

[…]

निद्रामा घुर्ने समस्या जसले, गराउँछ ‘हर्टयाट्याक’ देखि ‘प्यारालाइसिस’सम्म

– डा० राजु पंगेनी, एम.डी, डी.एम

के तपाईंलाई निद्रामा घुर्ने समस्या छ?

के तपाईं सुतेको बेला सास रोकिएर उकुसमुकुस हुदै बारम्बार बिउझने गर्नुहुन्छ?

के तपाईंलाई दिउसो धेरै निद्रा लाग्ने गर्छ?

के तपाईंलाई निद्रामा हात-खुट्टा धेरै चलाउने, छट्पटिने समस्या छ?

‘यदि छ भने तपाईंलाई निद्रामा घुर्ने र सास रोकिने रोग ‘स्लिप एप्निया’ भएको हुन सक्छ।’

[…]

आफै गलत प्रतिवेदन दिने, सुटुक्क सच्याउने अनि ‘कहाँबाट ल्याएर पढ्नुभो थाहा छैन’ भन्ने?

निर्मला प्रकरण एक वर्ष पूरा हुँदा क-कसले यो अवधिमा के के गल्ती गरे, आत्मसमीक्षा जरुरी छ। एउटा जघन्य अपराधको घटनाको दोषी पत्ता लाग्न अवरोध पुग्ने गरी जे जस्ता परिस्थिति उत्पन्न भए वा गराइए, त्यो बुझेमात्र भविष्यमा हुने यस्तै घटनामा हुनसक्ने क्षतिबाट जोगिन सक्छौँ हामी।

आज एभिन्युज खबर टेलिभिजनमा यसै विषयमा बहस भएको […]

‘सीधा कुरा’मा बगेको आँसु

#WhoKilledNirmala शृङ्खला गर्ने क्रममा पछिल्लो पटक गएको चैतमा जब साथीहरु सविन र महेन्द्रसित महेन्द्रनगर पुगेका थियौँ, तब साह्रै कठिन परिस्थितिको सामना गर्नुपरेको थियो। पहिलो पटक मंसिरमा जाँदा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना थियो। त्यहीँ हामीले निर्मलाकी आमा दुर्गादेवी पन्तसित कुरा गरेका थियौँ। दोस्रो पटक जाँदा माहौल फरक थियो। निर्मलाकी आमामाथि विभिन्न आरोप लागेको […]

विद्यासुन्दरले करोडको गाडी चढिरहँदा चिरिबाबुले गाडीको पैसाले किने ट्यांकर, कर्णालीको रोजाई साइकल

वडा अध्यक्षदेखि मेयरसम्मका जनप्रतिनिधीले बाईक देखि गाडीसम्म खरिद गरिरहेको बेला कर्णालीका जनप्रतिनिधीले भने साइकल खरिद गरेका छन्।

अन्य जनप्रतिनिधिहरु जनताको कर विलासी वस्तुमा खर्च गरिरहेको बेला कर्णालीका जनप्रतिनीधीहरुले फरक काम गरेका हुन्।

कर्णाली प्रदेशलाई स्वच्छ र प्रदुषण मुक्त बनाउनलाई साइकल चढ्ने अभियान सुरु गरेको कर्णालीका जनप्रतिनिधीहरुले बताएका छन्।

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकालाई […]