५४ वर्ष इतिहासका लागि लामो समय हैन। तर यति वर्षमै पनि ठाउँ र मान्छे कति परिवर्तन भइसक्दो रहेछ। माथिका दुई फोटोले यस्तै अन्तर देखाउँछ। दुवै फोटो स्वयम्भु डाँडाबाट देखिएको काठमाडौँको हो।
[...]
|
|||
पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले [...] हनुमानढोका दरबारक्षेत्रमा रहेको भण्डारखालको एउटा पुरानो ढुकुटी हिजो सय वर्षपछि खोलेर हेरिएको छ। बाबुराम सरकारले एक महिनाअघि ढुकुटी फोर्ने निर्णय गरेको थियो। त्यसका लागि पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। चन्द्रशमशेरको पालामा विक्रम संवत् १९७० मा यो ढुकुटी बनाएको अनुमान गरिएको छ। ढुकुटीमा के के भेटियो त ? [...] हिजो नेपाल र अफगानिस्तानबीच भएको एसिसी ट्वान्टी-२० कपको फाइनल हेर्न ठूलो संख्यामा दर्शक त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुर पुगेका थिए। पहिलो पटक फाइनलमा पुगेको नेपालले कप जित्न सकेन। तर नेपाली टोलीलाई दर्शकले दरिलो साथ दिए। हजारौँ दर्शक उपस्थित थिए तर खेल भावनाका साथ हारलाई पचाए। केही वर्षअघि यही मैदानमा पराजयको संघारमा पुगेपछि दर्शकले उपद्रो [...] ‘…साम्राज्य दुई हारे, हारेन शान हाम्रो’ नेपाली टोलीले प्रत्येक चौका र छक्का हान्दा मैदानमा यो गीत घन्काइन्थ्यो। अनि साथ दिन्थे २० हजारको हाराहारीमा उपस्थित भएका दर्शकहरु। अहो…त्यो भीड, त्यो जोश, त्यो राष्ट्रियता। गज्जबको माहौल थियो। दङ्ग परेको थिएँ हेरेर। साँच्चै खेल नै त्यस्तो एउटा माध्यम रहेछ, जसमा सबै नेपाली एक हुँदा रहेछन्। त्यसमाथि [...] आजदेखि माइसंसारमा तपाईँले एउटा नयाँ स्तम्भ देख्न पाउनु हुनेछ। यसमा पुराना फोटो हेर्दै म सकेसम्म त्यही ठाउँमा गई अहिलेको फोटो खिची तपाईँहरुसामु राख्नेछु। दुवै फोटो हेरेपछि उहिले र अहिलेमा के फरक रहेछ, हामी छलफल गरौँला। माथिका दुई फोटो खिचेको अवधिमा ८७ वर्षको अन्तर छ। काठमाडौँको कुमारी घर नजिकै रहेको गरुडको मूर्ति रहेको ठाउँको [...] नेपालका समाचारमा खासै केही नयाँ आकर्षण नभइसक्यो। राजनीतिमा सहमतिको लागि म्याद थपिँदा थपिँदा म्याद नै लजाएर भागिसक्यो। लोडसेडिङले १२ घण्टा नाघिसक्यो। यस्ता कुरामा ध्यान नलगाउँ भन्दा पनि नहुने। सँधै त्यस्तै कुरा सुन्दा दिक्क पनि लाग्ने। आउनुस् आज बरु रमाइलो कुरा गरौँ। फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्। त्यसैका केही फोटो [...] |
|||
|
Copyright © 2013 Mysansar - Most Rights Reserved. Powered by WordPress & Atahualpa |
|||
Recent Comments