यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

क्याम्ब्रिज कार्निभलमा नेपाली नजर, हेर्नुस् ३५ फोटो

अमेरिकाको म्यासाच्युसेट्सस्थित क्याम्ब्रिजमा अफ्रिकी परम्परा अनुसारको रंगीन उत्सव क्याम्ब्रिज कार्निभल मनाइन्छ। क्याम्ब्रिजमा हुने सबैभन्दा ठूलो उत्सव मध्येको एक यसमा हजारौँ सहभागी हुन्छन्। यो वर्ष यो उत्सवले २५ औँ वार्षिकोत्सव पनि मनाएको थियो। आइतबार उत्सवमा उपस्थित नेपाली फोटो पत्रकार विमल नेपालले खिचेका केही फोटो हेरौँ।

[…]

भैरवको विशाल मूर्तिको मुखबाट बगेको जाँडको प्रसाद खान महिलाको भीड, हेर्नुस् त विदेशी पनि दङ्ग

यी विदेशी महिला नेपाली महिलाको भीडमा के गर्दैछिन्? तपाईँले केही अनुमान लगाउनु भयो? उनी काठमाडौँको संस्कृतिमा रमाउँदै छिन्। अहिले काठमाडौँमा आठ दिन धूमधामका साथ मनाइने इन्द्रजात्रा चल्दैछ। आठै दिन हनुमानढोकामा रहेको श्वेत भैरवको विशाल मूर्तिको मुखमा जोडिएको पाइपबाट जाँड बगाइन्छ। यसलाई प्रसादका रुपमा ग्रहण गर्न दर्शनार्थीहरुको भीड लाग्छ। पहिले भए यस्तो भीड पुरुषको […]

तीजको रहरका २१ फोटो

तीजको अवसरमा शिव मन्दिर वरपर यो वर्ष पनि नाचगान निकै चल्यो। आज पशुपति मन्दिर पुगेको थिएँ केही समयको लागि। झमझम पानी परिरहेको थियो तर तीजको रौनकमा कुनै कमि थिएन। हेरौँ केही फोटोहरु।

[…]

दिल्लीमा प्रधानमन्त्री देउवाको व्यस्त दिन, हेरौँ फोटोहरु

दिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा आज निकै व्यस्त रहे। बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरदेखि राजघाटमा पुष्प अर्पण अनि उच्चस्तरीय भेटघाटहरु र वार्ता, संयुक्त प्रेस ब्रिफिङ, सिभिक रिसेप्सन। नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट प्राप्त केही फोटोहरुमा हेरौँ देउवाको दिल्ली दैनिकी।

[…]

यस्ता छन् भूकम्पपछिको नेपाल फोटो प्रतियोगितामा छानिएका फोटो

Smoke and dust billow over the sky in Khokana village of Lalitpur district a couple of minutes after Nepal was hit by a magnitude 7.6 earthquake on April 25, 2015.PHOTO: RAJESH GURUNG

नेपाल फोटो पत्रकार संघ (एनएफपिजे) ले भूकम्पपछिको नेपाल शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा छानिएका फोटोहरु यस्ता छन्।

[…]

बिहेको फोटो प्रतियोगितामा पुरस्कार जित्ने टप टेन फोटो यस्ता छन्

बिहेको फोटोहरुको प्रतियोगिता क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधि चितवनका सुमन सापकोटाले हात पारेका छन्। उनले क्यानन ६ डि क्यामेरा पुरस्कार पाए। काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले पाए। उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाएका थिए। यसैगरी तेस्रो पुरस्कार […]

३५ फोटोमा हेर्नुस् बोस्टनमा भएको बालुवा कला महोत्सव

अमेरिकाको बोस्टनस्थित Revere Beach मा जुलाई २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय बालुवा मूर्ति महोत्सव आयोजना भयो। बोस्टनमा रहेका फोटोग्राफर विमल नेपालले त्यहाँका केही झलक खिचेका छन्। हेर्नुस् ३५ फोटो

[…]

मधेसमा चुनाव प्रचारको फरक शैली

६ वटा प्रदेशको चुनावको मतगणना सकिएर नतिजा आउने क्रममा छ। अब एउटा मात्र प्रदेशको चुनाव बाँकी छ- प्रदेश नम्बर २। यो प्रदेशका केही ठाउँमा पनि चुनाव लागिसकेको छ। केही ठाउँमा दलका झण्डासहित प्रचार देख्न सकिन्छ।

अरु ठाउँमा भन्दा मधेसको चुनाव प्रचार भने फरक हुँदो रहेछ। प्रदेश नम्बर २ मात्र हैन, समथर जमिन रहेको प्रदेश […]

१६ फोटोमा मिस नेपालको रमझम

यस वर्षकी मिस नेपाल नीकिता चन्दक बनिन्। दोस्रो स्थानमा रोजिना श्रेष्ठ मिस नेपाल अर्थ भइन् भने तेस्रो स्थानमा मिस नेपाल इन्टरनेसनको उपाधि अर्की मोडल नीति शाहले पाइन्। सहारा बस्नेत मिस एसिया प्यासेफिक इन्टरनेसनल घोषित भइन्। यस्तो देखिएको थियो होटल अन्नपूर्णमा भएको मिस नेपाल प्रतियोगिता-

[…]

चितवनको गैँडाले शुक्लाफाँटा पुर्‍याइएपछि देखाएको रिस, अन्तर्राष्ट्रिय मिडियामा छाएको प्रकाश माथेमाले खिचेका गजबका पाँच फोटो

बुधबार नेपाल अन्तर्राष्ट्रिय मिडियामा छाएको छ। यसरी छाउनुको कारण भने गैँडा हो। एक सिङ्गे गैँडा विश्वमै लोप हुन लागेको वन्यजन्तुमध्येमा पर्छ। नेपालमा यसको संरक्षणले भने राम्रो नतिजा पाइरहेको छ। गैँडाको शून्य चोरी शिकारीले यो सफलता मापन गरिरहेको छ। चितवन राष्ट्रिय निकुञ्जबाट कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठाउँ फेर्न लगिएको गैँडाको फोटो खिचे एएफपीका लागि […]

यी हुन् सोनी वर्ल्ड फोटोग्राफी अवार्डसमा पहिलो, दोस्रो र तेस्रो भएका नेपालका फोटो

सोनी वर्ल्ड फोटोग्राफी अवार्डस् वर्षेनी हुने फोटोग्राफी अवार्ड हो। यसमा प्रोफेसनल, ओपन र युथ गरी तीन वटा प्रतियोगिता समूह हुन्छ। त्यसमध्येबाट पनि नेसनल भनी देशगत रुपमा उत्कृष्ट तीन फोटो छुट्याइन्छ। यो वर्ष पहिलो पटक यसमा नेपाल पनि परेको थियो। नेपालसँगै कम्बोडिया, पाकिस्तान, कतार, साउदी अरेबिया, श्रीलंका र युएई यो वर्ष थप हुँदा नेसनल […]

हेर्दै हाँसो लाग्ने कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डका सहभागी फोटो

बर्न फ्री फाउन्डेसन नामको एउटा संस्थाले वर्षेनी एउटा फरक खालको फोटो प्रतियोगिता आयोजना गर्छ जसको नाम हो कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डस। यसमा हेर्दै हाँसो उठ्ने खालका फोटोहरु सहभागी हुन्छन्। यो वर्षको प्रतियोगितामा सहभागी फोटो पनि निकै रमाइला छन्। हेरौँ केही फोटो।

[…]

३० देशका सैनिकले काठमाडौँमा गर्दैछन् अभ्यास

नेपाल र अमेरिकी सेनाको सहआयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा शान्ति प्रयास III अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार उद्घाटन गरे। अभ्यासमा ३० देशका १०२४ जना सैनिक सहभागी छन्। कार्यक्रमका क्रममा ब्यान्ड डिस्प्ले, खुकुरी ड्रिल, सांस्कृतिक कार्यक्रम लगायत अनआर्म कम्ब्याटको समेत प्रस्तुति गरिएको थियो। हेरौँ अमेरिकी सेनाले सार्वजनिक गरेका केही फोटो।

[…]

कीर्तिपुरमा क्रेजी फ्यानका ३७ फोटो

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालमा हुने अन्तिम खेलमा सोमबार कीर्तिपुर मैदानमा उपस्थित भएर फ्यानहरुको फोटो खिच्न रमाइलो भयो। हेर्नुस् क्रिकेट क्रेजी फ्यानका केही फोटो। २ सय रुपैयाँको टिकट काटेर मात्र हैन, पर्खाल बाहिर र रुखमा चढेरसमेत क्रिकेटको मजा लिनेहरु थिए।

[…]

कीर्तिपुर मैदानको सुरक्षाको जिम्मा जसले लिएका थिए

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुरमा केन्या र नेपालको खेल हुँदा घरेलु दर्शक ठूलो संख्यामा उपस्थित थिए। त्यसैले सुरक्षा चासोको विषय हुने नै भयो। मैदानभर पुरुष र महिला दुवै सुरक्षाकर्मी खेल अवधिभर खटिएका थिए। दर्शकहरु खेलमा रमाएर चिच्याइरहँदा उनीहरु भने शान्त बसिरहेका हुन्थे। दर्शक संयमित भएका कारण नेपाल हार्दा र जित्दा कुनै उपद्रो […]

कीर्तिपुर मैदानमा दर्शकले बोकेका गजबका १४ प्लेकार्ड

केन्याविरुद्धको पहिलो खेल शनिबार थियो। त्यो दिन प्यारापिट पूरै भरिएको थियो। सोमबारको खेलमा पनि दर्शकको कमि भएन। दुई सय रुपैयाँको टिकट काट्नेहरु मात्र हैन, पर्खाल बाहिर र रुखमा समेत टिकट नकाट्ने दर्शकहरुले पनि खेलको मजा लिए, खेलाडीलाई हौस्याए। जब जब नेपालले विकेट लिन्थ्यो वा चौका वा छक्का प्रहार गर्थ्यो तब मैदान फ्यानका लयवद्ध […]

नेपालले केन्यालाई सात विकेटले हराउँदाको ४१ एक्सन फोटोमा हेर्दाको मजा

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले घरेलु मैदानमा खेलेको तेस्रो खेल थियो शनिबार केन्याविरुद्ध। वर्षाले प्रभावित खेलमा नेपालले पाँच विकेटको नमीठो पराजय भोग्यो। तर सोमबार भने सात विकेटको विजय हात पार्‍यो। नेपाल शीर्ष ४ मा पर्दै वर्ल्ड कप क्वालिफायर्समा पुग्ने सम्भावना अब गणितीय मात्रै छ। अर्थात् युएई र हङकङसितका बाँकी सबै खेल जितेर मात्र […]

कालिञ्चोकमा फागुन सकिन लाग्दा हिमपात, २४ फोटोमा हेर्नुस् जताततै हिउँ

-शुभक महतो-

दोलखा जिल्लाको कालिञ्चोक लगायतको क्षेत्रमा गएको तीन दिनदेखि लगातार हिमपात हुँदा घुम्न आउने पर्यटकको संंख्यामा वृद्धि भएको छ। गएको शुक्रबारदेखि त्यस क्षेत्रमा लगातार हिमपात जारी रहेको छ। त्यस क्षेत्रमा राजधानी काठमाडौं लगायत देशको विभिन्न स्थानबाट हिउँ खेल्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो। कालिञ्चोकमा भारी हिमपात भएपछि शुक्रबारदेखि नै त्यसतर्फ जान […]

दर्शकले जितेको खेल : हेर्नुस् क्रेजी दर्शकका ४२ फोटो

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेल नेपालले पाँच विकेटले हार्‍यो। तर दर्शकले भने खेल जिते। शनिबार कीर्तिपुर मैदानमा निकै चीसो हावा चलेको थियो। फागुन भए पनि पुस माघ सम्झाइदिने जाडो थियो। तर पटक पटकको झरीले पनि दर्शकलाई विचलित बनाएन। छाता हुनेहरु छाता ओढेरै र छाता नहुनेहरु रुझेर पनि टिम नेपाललाई हौस्याइरहे। टिकट […]

कञ्चनपुरमा सहिद भएका गोविन्द गौतमलाई कीर्तिपुर मैदानबाट श्रद्धाञ्जलि

कञ्चनपुरको नेपाल-भारत सीमामा फागुन २६ गते भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी ज्यान गुमाएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको छ। उनको राष्ट्रिय सम्मानका साथ भोलि आइतबार अन्तिम संस्कार गरिँदैछ। गोविन्दलाई आज कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र केन्याबीच भइरहेको खेलमा दर्शकले श्रद्धाञ्जलि दिए। उनीहरुले गोविन्दलाई श्रद्धाञ्जलि दिइएको ब्यानरका साथ ब्याक अफ इन्डिया नारा लेखेको […]