मेरो Tweet

  • नर्वे दूतावास तनावमा। Deputy Head of Mission Håkon Arald Gulbrandsen का अनुसार राजदूत Kjell Tormod Pettersen विदामा छन्।

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कथा : यो कथा होइन

४६ साल तिरको कुरो हो। बहुदलको आगमनसँगै नेपालीहरुमा बैदेशिक रोजगारीमा जाने लहर चल्यो। म भर्खरै एसएलसी दिएर बसेको थिएँ। गाउँमा म भन्दा सिनियर दुइजना जो आइ ए पढ्दै हुनुहुन्थ्यो , एक जना गुरुङ र एकजना छेत्री दाइ आएर भन्नु भयो – ‘ओइ केटा सिंगापुर जाने हो ?। राम्रो कम्पनिमा काम छ रे , [...]

कथाः शिकार

-राजेन्द्र ज्ञवाली-

रोमाञ्च र उत्तेजनाले मेरो सम्पूर्ण शरीर काँपिरहेको थियो। मैले भर्खरै रुखबाट खसेको चरालाई बायाँ हातले उठाए र हेरेँ, पोथी भंगेरा थियो त्यो। मेरो जीवनको पहिलो शिकार! पहिलो शिकारको रगत गुलेलीमा दल्ने हो भने निसाना सधै अचुक रहने साथीभाइले भनेको सुनेको थिएँ। तर त्यो चराको शरिरबाट रगत बगेको थिएन।

त्यसो त गुलेली [...]

लघुकथा : देवी

- ज्योति जैन -

तीन ‍महिला मरणोपरान्त स्वर्ग पुगे।

त्यसमध्ये एक सम्पन्न परिवारकी समाजसेविका थिइन्। मानिसहरु उनलाई देवीसरह पूजा गर्थे।

एक मध्यमवर्गीय जागिरे महिला थिइन् र एक निम्न वर्गकी महिला थिइन्, जसले जिन्दगीभर रक्सीले मातिएर आउने पतिको हातबाट पिटाइ खाइरहेकी थिइन्।

भगवानले तिनै जनालाई एउटा प्रश्न सोधे, ‘मैले सुनेको, पृथ्वीमा [...]

कथाः सिङ्क्रोनिसिटी

-विवेक ढकाल- “म नौलो यात्रा थाल्दैछु अन्जान दिशा लिएर; अनन्तसम्मको तारोलाई छुने नौलो लक्ष्य समाएर ।”

माथिको गीत सुनेर आश्चर्य मान्नुपर्ने कुरा केहि थिएन। अरुबेला भएको भए सायद एउटा एफ. एम. खोज्दै गर्दा कुनै आर्को स्टेशनमा बजेको गीततिर धेरैबेर ध्यान जांदैन थियो होला र म पक्कै पनि आफुले खोजेको एफ एम ट्युन गर्न रेडियोको [...]

लघु कथा : मेरी मुना

श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि उनी विदेशिइन्। म चाहिँ अतित बिर्सन गाउँतिर हान्निएँ।

गाउँमा एक्लै छिर्दा कता-कता न्यास्रो त भएकै हो। तर आमाले धाड्स दिनुभयो। बा जुँगा मुसार्दै उफ्रिनु भयो, ‘त्यसको चरित्र त पहिलादेखि नै मन परेको थिएन। तेरो मन दुख्ला भनेर मात्र मैले नभनेको ….’

मन चस्कियो।

मेरो संघर्षदेखि उनी डराउँथिन्। म मुना मदनको [...]

कथा : मैले च्यातेको चिठी

एक वर्षअघि मात्र सयौं रोपनी जग्गा किनेर हाम्रो स्कुलले शाखा बिस्तार गरेको थियो, मिनभवनको बागमती किनार तिर। सायद त्यतातिर जग्गाको भाउ सस्तो भएको हुनुपर्छ त्यो बेला। त्यहिँ मौकामा एकबर्ष अघि थापाथली स्कुलबाट ट्रान्सफर लिएर आएका थियौं हामी तीन साथीहरु; हो संजिव, सरोज र म एकदम मिल्ने साथी थियौं। औसत विद्यार्थी थियौं हामी, कम-से-कम [...]

कथा-सीमा रेखा

औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रा गर्नलायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । अफ्नो जीवनको आधार स्तम्भ भएकोले नै होला लुम्बिनी, पाल्पा, श्रीनगर सुन्ने बित्तिकै मन बहकिई हाल्छ [...]

कथा : अनपेक्षित संयोगहरु

“हजुरलाई किन चाहियो फोन नम्बर ! भयो, पुग्यो….. ! ” भनेर लेखेकी थिई मेलिनाले उसको अन्तिम ईमेलमा | केही कुरा मन नपर्दा हल्का निदार खुम्च्याउंथी तर शब्दमै कहिलै ब्यक्त गर्दिनथी उसले | मेलिनाको बोली नै यस्तो छ मानौं त्यो आगलागीमा आगो निभाउने दमकलको पानी हो, बियोगीहरुको आर्तनाद सितल पार्ने औसधि हो अथवा यस्तै यस्तै [...]

कथाः भ्यालेन्टाइन्स डे (भाग- २)

- सुरेश ‘समान’- (भाग १ छुटाउनु भएको यहाँ छ ) क. क्रिस्मस् मुखैमा थियो। हरेक बर्ष बैँकमा, अफिसका कर्मचारीहरु मिलेर पार्टी प्यालेसमा ‘ क्रिस्मस् इभ डिनर’ को आयोजना गर्थे। आ-आफ्ना परिवार, छोरा-छोरी जम्मै लिएर आउँथे रमाइलो गर्न। मैले जान छाडिसकेको थिएँ। यसपल्टको लागि भने मेरो अफिस डेस्कमै आएर जम्मैले आग्रह गरे। मैले पैलेपैले जस्तो [...]

कथा : भ्यालेन्टाइन्स डे

- सुरेश ‘समान’ – क. “अनि के छ त भ्यालेन्टाइन्स् डे को प्लान केसु?” “प्लान? नो प्लान!” मैले खाटभरी असरल्ल छरिएका कागजपत्र, पुर्जी, बिल समेट्दै भनेँ। ” उस् उस्! तपाईंको प्लान नहुने! लु पत्याएँ!” आस्माले पत्याइनन्। “छैन त के भन्ने?” मैले भने। मेरो ध्यान एउटा पुर्जीमा थियो। “उस् उस् उस्,” आस्माले फेरि पत्याइनन्। “हो [...]

माया प्रकृतिको (उपन्यास अंश)

(भाग १ दृश्य १ ) (पृष्ठभूमिमा ) हजारौ पूर्व गोर्खा र तिनका सन्तानहरु अनि कैयन अरु नेपालीहरुले आफ्नो कर्म भुमि बनाएको संसारकै शान्त र सम्बृद राष्ट्र मध्ये एक हो हंग कंग, यहाँ कैयन प्रबासी सपनाहरु पिल्सिएका छन् त कैयन सपनाहरु फुलेका पनि छन्। ( टिरिंग टिरिंग) भिषणको मोबाइलमा कल आउछ येशिनको भिषण : [...]

कथा: परदेशीकी श्रीमती

एउटा खाइलाग्दो ज्यान भएको, घोर्ले गाउँले ठिटो जसलाई सबैले सञ्जीव भन्थे । त्यही सन्जीव १९/२० वर्ष भएपछि अरबतिर हानियो । पासपोर्ट भिसा आदिको तयारीका क्रममा भन्थ्यो, “धेरै–धेरै पढेकाले त जागिर नपाउने यो देशमा म जस्तो आइए पनि नपढेकाले के गर्ने ?” तीन वर्षसम्म ऊ घर आएन । बेलाबेलामा चिठीहरु आइरहे, पैसा पनि ठिकै [...]

eXTReMe Tracker