User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

कथा: मोडहरु

-गौतम “उदय”-

एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई ! सांगठानिक सम्बन्ध बाहेक आमातिर न बाउतिर कतै कुनै नाता साइनोले छुँदैन उनको र मेरो। राजनीतिक आस्था भने [...]

कमरेड सुगन्धा

-दीपेन्द्र दोङ तामाङ-

ढक्ढक……ढकढक……………।

अचानक ढोकामा बेस्सरी कसैले ढक्ढकायो । म र साथी दाइ झल्याँस्स विउँझ्यौं । एक किसिमको डर पनि लाग्यो ।

को हँ ? ढोका ढक्ढक्याउँने ?? माथि चोटामा सुत्नुभएका सेते काकाले माथिबाटै सोध्नुभयो ।

हामी हौं काका । बाहिरबाट आवाज आयो ।

ए तिमीहरु पो । ल,ल एकछिन है । [...]

कथा: उनको चरित्र नराम्रो होइन

गौतम “उदय”/अमेरिका

धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले। शिशिर ऋतु थियो त्यस बेला। अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन। नयाँ कल्पना, नयाँ आशा, नयाँ उमङ्ग, नयाँ सोंच, साच्चै भन्दा सबै नै नयाँ र नौला थिए मेरोलागि यस बखत। प्रतक्ष्य र भावनात्मक [...]

लघुकथा: भ्यागुताको धार्नी

-सुषमा पाठक थापा-

“हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।” “मर्निङ वाक जाने गर न” “यसो एक्सरसाइज गर्नु नि” “डाइटिङ गर डाइटिङ”

चिनेजानेका जतिले भेटेपिच्छे भन्ने यस्तै यस्तै वाक्यहरुले दिक्क भएकी छु म। शरीरमा हर्मोनको गडबडी भएर अस्वभाविक रुपमा मोटाउन थालेपछि मभन्दा चिन्तित अरु को नै होला र। [...]

कथाः नियति

-जलेश्वरी श्रेष्ठ-

आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए।

श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको बास्ना चारैतिर फैलिरहेको थियो।

त्यो फोटो रामदेवीका लोग्ने श्यामदासले भर्खर विवाह हुँदा [...]

कथा : नियति

- दीपा राई पुन/बोस्टन-

समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई त दुख्छ। सपनाका साना पोकाहरु थाम्न नभ्याउँदै -बिपना विशाल पहाड भई उभिएको छ। [...]

अधुरो सपना

-राजन-

टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले लोडसेडिङबारे जानकारी गराइन्, “अब त राती ११ बजे मात्र आउँछ।” यसो घडी [...]

ब्रोइलर – लोकल संवाद

-रोहिणीशुक्र-

नजिकैको धानखेतमा हावाले मन्द गतिमा वयली खेल्दै छ, घाम पश्चिमतिर ओर्लने क्रममा छन्। फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शारदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ।

उत्तर-दक्षिण तन्किएको तथा पूर्व र पश्चिमपट्टि तारजाली, सिसा तथा द्वारहरू समेत भएको भवन। टिनको छाना सूर्यको प्रकाशमा टलक्क टल्किरहने हुदाँ वरपर सबैतिरबाट [...]

जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्

आज नेपाली नयाँ वर्ष हो भन्ने कुरामा मलाई विश्वासै भएको छैन! नयाँबर्षको शुभकामना! जमरकट्टेल भाउज्यु भ्यानकुभर आएको हिजै जस्तो लाग्छ, तर तिनले नेपाल छोडेको त तीन महिना बिती सकेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा हुन् जमुना जमरकट्टेल-उमेर ३६,तीन बालबच्चा र ४७ बर्षे श्रीमानको नाम चाँहीँ घनश्याम कृष्ण। जमुना घनश्यामको दोस्रो पत्नी हो। पहिलेको [...]

कथा: चक्रव्युह

-प्रदिप सुबेदी-

मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो।

माथिबाट एक्जोडी मस्किदै झर्दै थिए उसले पिलिक्क आँखा लगायो। के गर्नु आफ्नो त भाग्य [...]

कथा : माइली मात्र रोएकी होइनन्

- दीपा राई पुन-

कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। मनको स्वच्छतालाई निकाल्न पनि मान्छेले धेरै कुराबाट मुत्ति पाउँनु पर्छ। एक खुईयले [...]

कथाः रुप

- प्रकाश अविनाश

श्रीमान्,

विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको भाइको छोराले मलाई मन परायो र रहँदा बस्दा मैले पनि मन [...]

eXTReMe Tracker