मेरो Tweet

  • दुई दिन हाइवे जाम, कसैलाई वास्ता छ? t.co/P5ZbJK9dxT via @mysansar
  • RT @mugaali: @dotNP मलाई नि Kumari Bank को सर्भिस चित्त बुझेन । आजकाल बरु टोलको स्टेसनरी पसल को साहुजीलाई मेसेज पठाउछु, तुरुन्त आइपुग्छ पीन…
  • कास्कीमा आफूलाई जिस्क्याएको भन्दै केटीहरुले कुटेर मरणासन्न भएका लेखनाथ नगरपालिका डेरा गरी बस्ने ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको छ।

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

हाइवेका हामी ‘अपराधी’ यात्रु

पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले [...]

किन भत्किए यी घर ?

फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।

[...]

नयाँ वर्ष, नयाँ अनुभव !

विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाइयो। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघायो।

[...]

बोष्टनको बाइसधारा र जोन हार्वर्डको पाउ

-शशांक लामा-

जसरी नेपालका अभिभावकहरु आफ्ना नानीहरुको राम्रो शिक्षाको खातिर नेपालमा भएका राम्रा स्कुलहरु समेत छोडेर दार्जिलिङ,कालेबुङ,मसुरी आदिमा लगेर पढाउँछन,त्यसरी नै अमेरिकि अभिभावकहरु पनि आफ्नै प्रादेशिक राज्यमा भएका राम्रा शिक्षण संस्थाहरु छोडेर म्यासाचुसेट राज्यको सेरोफेरोमा अवस्थित स्कुलहरुमा आफ्ना नानीहरु पठाउन रुचाउँछन| कारण प्रष्ट छ्: यसै सेरोफेरोमा Harvard, MIT, Yale र अन्य नाम चलेका [...]

यात्रा संस्मरण: मैले देखेको कलोराडो

-शशांक लामा- कलोराडो घुम्न आउनु भनेर आफन्तले दिएको निम्तो छंदै थियो। दोहोर्याइ तेहेर्याइ निम्त्याइएको थियो| तर आफूलाई न्युयोर्कको ब्यस्त जीवनले छोडे पो ! आ: यो धपेडी कति खेप्ने ? मरेर कसले पो ठुलो भाग लगेको छ र ? निम्तोलाई नविकरण र पुनर्नविकरण गरियो, बाबु छोरी जाने निधो भयो। अर्धाङगिनीलाई सानैदेखि हुने गरेको Motion Sickness [...]

‘मरिसकेपछि पाल्नुपर्ने’ अनौठो चलन

खासमा लालमाइको पोइलाई यस पटक ससुराली आउन रहर लाग्नुको कारण आफूले देखिआएको भन्दा फरक खालको संस्कृति हेर्नु र बुझ्नु थियो। पोहोर बिहेको संस्कार हेरेको थिएँ, यस पटक मृत्यु संस्कार हेर्दैछु। सबभन्दा अनौठो मलाई यो कुरामा लाग्यो- मृत्युपछि दाहसंस्कार गरी जलाइसकेपछि खप्परको हाडको टुक्रा लिएर आएर घेवा नभएसम्म कुनै घरमा राखी पाल्नु पर्ने रहेछ। पाल्नुपर्ने [...]

‘लालमाईको पोइ’ हिँड्यो घेवा हेर्न

पोहोरको ब्लग पढ्नुभएको भए तपाईँहरुलाई याद हुनुपर्छ, ससुराली गाउँमा मेरो परिचय ‘लालमाइको पोइ’ को रुपमा मात्र रहेको छ। यसपालि म घेवा हेर्न हिँडेको छु। घेवा अर्थात् तामाङ परम्परामा मृत्यु संस्कारको एउटा महत्त्वपूर्ण पक्ष। हिन्दुहरुको सराद्धे भन्या जस्तै। एक महिना जति अगाडि लालमाइको ‘मम’ खस्नुभएको थियो। ‘मम’ भनेको आमा हैन नि फेरि। सुरुमा यो शब्द [...]

मुस्ताङतिर मुन्टिँदा..

मुस्ताङ यात्रा अनुभव–१

“भोलि बिहान ५ बजे काठमाडौँ जाने, १० बजे पोखरामा खाना…” विजयादशमीको टीकाको भोलिपल्ट ऋषिकेशको एसएमएस आयो। द्वादशीका दिन हामीले मुस्ताङ जाने भनेका थियौँ। तर हामी आफै निश्चित हुन सकिरहेका थिएनौँ। दशैँअघि नै लाङटाङको केन्जिङ गुम्बा जाने हाम्रो योजना लज्जास्पद रुपमा असफल भइसकेको थियो। सहयात्रीहरुले धोका दिएपछि यात्रा त रद्द भयो नै, [...]

eXTReMe Tracker