Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

About Me (मेरो बारेमा)

मेरो बारेमा केही प्रश्न र जवाफ

salokya Umesh Shrestha

म को हुँ ?

म सालोक्य हुँ। नागरिकतामा मेरो नाम उमेश छ। सालोक्य भनेको मैले आफैले न्वारन गरेको नाम हो।

सालोक्यको अर्थ के हो ?

सालोक्य ना० [सं०]
आराध्य ईश्‍वरको लोकमा सदा रहन पाइने मुक्‍ति; मुक्‍तिको एक प्रकार। स्रोतः नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान,कमलादी,काठमाडौं। संस्करण: सातौं

म कहाँ बस्छु ?

म हाल नेपालको राजधानी काठमाडौंमा बस्छु।

म के गर्छु ?

म पहिले सिटी टाइम्स नामको पत्रिकामा सम्पादक थिएँ। मैले नयाँ सडक राष्ट्रिय दैनिकमा उपसम्पादक, स्पेसटाइम राष्ट्रिय दैनिकमा पनि उप-सम्पादकको रुपमा काम गरेँ। त्यस्तै च्यानल नेपाल टेलिभिजनमा पनि काम गरेँ। च्यानल नेपालको जागिर चयट भएपछि भने म फूल टाइम ब्लगिङ गरिरहेको छु। ब्लग कै पाठकहरुबाट प्राप्त हुने सहयोगका कारण म शायद नेपाल कै पहिलो व्यावसायिक ब्लगर बनेको छु। यसबाहेक म परेवा अनलाइनसित पनि सम्वध्द छु। थिएँ। दुःखको कुरा, हामीले परेवालाई निरन्तरता दिन सकेनौँ। यसका आफ्नै कारण थिए। हामीभन्दा पनि हाम्रो वशबाहिरका कारण त्यसका लागि जिम्मेवार थियो। तर हामी चाँडै नै त्यस्तै अनलाइन समाचार साइट लिएर आउने छौँ।

अपडेटः सन् २००७ देखि सन् २००८ सम्म म एभिन्युज टेलिभिजनमा Sr. Correspondent/Producer का रुपमा कार्यरत थिएँ। सन् २००८ मा परीक्षाका लागि विदा नपाएपछि मैले त्यहाँको काम छाड्नु पर्‍यो।

कति पढ्नुभएको छ ?

मैले आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेको छु। त्यतिबेला नेपालमा पत्रकारितामा स्नातकोत्तर पढाइ हुँदैन थियो। अहिले सुरु भएको केही वर्ष भइसकेको छ। तर सुरु हुँदा आफ्नै व्यस्तताका कारण पढाइ सुचारु गर्न सकिनँ। अब केहीपछि म पुनः अध्ययन थाल्ने सोचाइमा छु।

अपडेटः (मार्च २००७) हाल म पत्रकारितामा एमएको विद्यार्थी बनेको छु।

म कति वर्षको भएँ ?

मेरो जन्म २०३३ सालमा भएको हो। कति वर्षको भएँ भनेर हिसाब चाहिँ तपाईँ आफै गर्नुस्।

ब्लग किन गरेको ?
आफ्ना भावनाहरु साटन र केही फरक देखाउने इच्छाका कारण मैले ब्लग गर्न थालेको हुँ।

के छ विशेषता यो ब्लगको ?

यो युनिकोड नेपालीमा सञ्चालन भएको विश्वकै पहिलो ब्लग हो। त्यसैगरी अडियो र भिडियो ब्लगलाई नेपालमा सुरु गर्ने पहिलो ब्लग यही हो।

ब्लगको ठेगाना कुन हो ?

ब्लगको आधिकारिक ठेगाना www.merosansar.com.np हो। तपाईँ www.mysansar.com बाट पनि यो ब्लगलाई हेर्न सक्नुहुन्छ।

Mysansar.com किन त ?

अर्काको डोमेन चोर्ने एउटा कम्पनीले merosansar.com पहिले नै दर्ता गरेको हुनाले बाध्य भएर mysansar.com दर्ता गर्नुपरेको हो।

IMG_0429

ब्लग कहिलेदेखि थालेको ?
२००५ को अप्रिलदेखि मैले ब्लग थालेको हुँ। पुराना ब्लगका म्याटरहरु यहाँ गएर हेर्न सकिन्छ।

के इच्छा छ ?

नेपाल लोकतान्त्रिक गणतन्त्र बनेको देख्ने।

कुनै पार्टीसित आवध्द हो ?

हैन। मलाई याद छ मैले आरआर क्याम्पसमा पढ्दाताका स्ववियुको निर्वाचनमा समेत कुनै प्यानललाई भोट नदिई अखिल र नेविसंघका आफूलाई मनपर्ने मान्छेलाई छानेर भोट दिएको थिएँ।

कुन पार्टी मनपर्छ ?

अरु सामान्य नेपाली जस्तै म पनि नेताहरुको भ्रष्टाचार र माअ‍ोवादीको हिंसाबाट आजित मान्छे हुँ। तर नेताहरुलाई गाली गर्दैमा देशको समस्या समाधान हुँदन भन्ने मेरो मान्यता छ। मलाई लाग्छ अब पार्टीहरु भित्र पनि लोकतन्त्र बहाल हुनुपर्छ र नेतृत्व नयाँ पुस्ताको हातमा आउनु पर्छ। माअ‍ोवादी विद्रोहको कारण बुझेर उनीहरुलाई शान्तिपूर्ण मूलधारमा ल्याएर मात्र समस्याको समाधान हुन्छ, आतंककारीको बिल्ला ठमाएर हुँदैन भन्ने मेरो मान्यता छ।

के यो समाचार साइट हो ?

हैन, यो समाचार साइट हैन। यो ब्लग साइट हो।

यसका सामाग्री एकपक्षीय हुन्छन् ?

यसमा कुनै पक्ष विपक्ष भन्ने कुरा नै हुँदैन। ब्लग साइट भनेको आफूलाई मनपर्ने कुरा, आफूले देखेको, भोगेको आफूलाई प्रभाव पर्ने कुरा लेख्ने ठाउँ हो। त्यसैले ब्लग लेख्नेको धारणा यसमा हुन्छ। निष्पक्ष समाचार खोज्न तपाईँले समाचार साइटहरुमा जानु पर्ने हुन्छ। यसमा ब्लगरका भावना, विचार हुन्छन्।

तपाईँको विचार मलाई मन परेन भने ?

यो साइटमा रहेका कुनै पनि सामाग्री तपाईँलाई मन परेन भने साइट नहेर्नु नै उत्तम हुन्छ। तपाईँको लागि त्यही राम्रो हुन्छ। कसैलाई पनि जबर्जस्ती यो साइट हेर्न बाध्य गरिँदैन।

तपाईँको साइटको गोपनीयताको नीति के ?

असामान्य परिस्थिति (ज्यानको धम्की, अश्लील शब्दको प्रयोग आदि) मा बाहेक प्रयोगकर्ताको नाम, ईमेल र आईपी ठेगानालाई संभव भएसम्म गोप्य राखिनेछ। कसैको ईमेलको गलत प्रयोग गरिने छैन। तर असामान्य परिस्थितिमा त्यस्ता प्रयोगकर्ताको आईपी र ईमेल ठेगाना सार्वजनिक गर्नेदेखि लिएर कानुनी कारबाहीका लागि समेत उपलब्ध गराइन सक्नेछ।

ब्लगका लागि कसैको सहयोग ?

ब्लग सञ्चालनका लागि पाठकहरुको सहयोग छ। निजी सर्भरमा ब्लग होस्टका लागि सम्पूर्ण काम साथी प्रमेय भण्डारीले हेर्नुभएको छ।

अरु सहयोग अनियमित रुपमा प्राप्त हुने चन्दा, साइटमा रहेका विज्ञापनमा हुने क्लिक र प्रत्येक भिडियोको अन्तिममा आउने विज्ञापनमा हुने क्लिकबाट जुट्ने गरेको छ।

तपाईँलाई कसरी सम्पर्क गर्ने ?
इमेलमा सम्पर्क गर्नका लागि salokya @ gmail . com
MSN मा salokya @ hotmail . com
Yahoo मा salokya @ yahoo . com
मोबाइलमा 9841-317265

पत्राचारको लागि
पोस्ट बक्स नं 9011
काठमाडौँ, नेपाल

Umesh Shrestha Mero Sansar
वाई म्यागेजिनको दोस्रो अङ्कमा छापिएको सामाग्री। यसको लागि फोटो सेसन गर्दा सार्‍है लाजमर्नु भएको थियो। वाईकी फोटोग्राफर नयनतारा कक्षपति क्यामेरा चलाउँदै पोज दिन सिकाउनु हुने, बाटोमा बटुवाहरु वाल्ल परेर हेर्‍याहेर्‍यै- लाजै लाग्दो। यो ल्यापटप पनि नयनताराजी कै हो। त्यसो त नोटबुक बोकेर पनि फोटो नखिचेको हैन। तर वाईका एडिटर युवाकरजीका अनुसार त्यो ब्लगरको छवि देखाउने गरी म्याच भएन रे।

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes