
हजुर तपाईँहरुले जस्तै मैले पनि यो सीडी पहिलो पटक पाउँदा त्यस्तै केही दुर्लभ दृश्यहरु समेटिएको हुने आशा गरेको थिएँ।
तर जब सीडी हेरेँ, छक्क परेँ। किनभने त्यसमा सबै जेपीजी फाइल अर्थात् स्क्यान गरिएका फोटो फाइलहरु मात्र थिए। यतिका लागि के विघ्न हल्ला र स्क्याण्डल मच्चाएका होलान्, मलाई त नेपाली नेताहरुको पारा देखेर अचम्मै लाग्यो। तपाईँले अघि भिडियो क्लिपमा जे देख्नुभयो, त्यो ती फोटो फाइलका केही फोटोहरु समेटिएर तयार पारिएको स्लाइड सो मात्र थियो। त्यो सीडीमा त समाचारका कटिङहरुको फोटो बाहेक केही छँदैछैन।
तपाईँलाई म अझै विस्तृत रुपमा भन्छु है त-
सीडीको साइज-
71 mb
के छ ?
-63 वटा स्क्यान गरिएका फोटो फाइलहरु । ती मध्ये आठ वटा फाइल हस्तलिखित कागजका स्क्यान कपी हुन् र त्यसमा पनि समाचार शीर्षक र मितिबाहेक अरु उल्लेख छैन।
- scan0004.jpg देखि scan0069.jpg सम्मका अंकमा फाइल नेमहरु छन्।
- सबै कान्तिपुर दैनिकमा प्रकाशित समाचारका कटिङ हुन्।
मैले नबुझेका कुरा
-हैन, यस्ता कटिङ त जोकसैले पनि राख्न सक्छ नि। पारस कै नेतृत्वमा रहेको गुण्डा जमातले राख्यो भन्ने प्रमाण कहाँबाट पुष्टि हुन्छ त यो सीडीमा ?
-यो सीडी सेनाका ब्यारेकमा बाँडिएको छ भनी कसरी थाहा पाउने ? पक्कै पनि सबै समाचार माअोवादीको विरोधमा छन् र यसलाई ब्यारेकहरुमा बाँडेर सेनालाई उचाल्ने काम भइरहेको छ भने त्यो ज्यादै नराम्रो काम हो र भयङ्कर षड्यन्त्र हो। तर कामरेडहरु, ती कुराको पुष्टि यो सीडीले कसरी गर्यो भन्या ? बरु मेरो एक जना साथीले सीडी हेरेपछि प्वाक्क भनेको सटीक लाग्यो- यो त माअोवादीहरु आफैले आफ्नो विरोधमा छापिएका समाचारहरु कटिङ गरी राखेको गलत सीडी पो पर्यो कि के हो ? यो भन्दा बढी माअोवादी विरोधी समाचारका कटिङ वा कलेक्सनहरु त मेरो संसार कै पाठकहरुसित पनि होला नि, कि कसो ?
-मंगलबारको कान्तिपुरको पेज नम्बर ३ मा छापिएको एउटा समाचारमा सभामुख सुभाष नेम्वाङले ‘मैले पनि त्यो सीडीमा के छ हेरेको छैन, हेरेपछि राज्यव्यवस्था समितिको बैठक डाकेर के गर्नुपर्ने गरौँला’ भन्नुभएको रहेछ। ए बाबा, त्यति ठूलो स्क्याण्डल बनाउनु अघि कम्प्युटर अगाडि नै होला, सीडी हालेर हेर्न सक्नु हुन्न थियो ?
-अझै पनि छक्क परिरहेको छु, कहाँ छ प्रमाण ? प्रमाणसहितको सीडी रे-सञ्चारमाध्यमले त्यस्तै लेखेका थिए, कस्तो अचम्म बा !
पूरै सीडीलाई अपलोड गर्न मन लागेको थियो र गर्दै पनि थिएँ। तर नेपालको ढिला गतिको इन्टरनेटमा सार्है गार्हो हुने रहेछ। हेरौँ, अल्छि लागेर क्यान्सिल गर्छु बीचैमा कि भोलि बिहानसम्म अपलोड भइहाल्ला ! क्यान्सिल गर्ने संभावना बढी छ।









Recent Comments