युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on January 29th, 2012 अहिले काठमाडौँमा क्यान इन्फोटेक भइरहेको छ, केही अघि आइसीटी एक्सपो भएको थियो। यस्ता प्रदर्शनीहरुमा पेन ड्राइभ र एन्टी भाइरस प्रोग्रामहरु जति केही पनि बिक्दैन। क्यान इन्फोटेक काठमाडौँ बाहिर पनि हुने गर्छन्। त्यहाँ पनि एन्टी भाइरसहरुको बजार नै धेरै हुन्छ। सागर इन्फोसिसले कास्परस्की सस्तो मूल्यमा ल्याएर एन्टी भाइरसको बजार नेपाल पनि हुनसक्छ है भन्ने देखाएको थियो। अहिले त्यसैलाई पछ्याउँदै म्याकक्याफे, पान्डा, बिट डिफेन्डर, क्विकहिल पनि नेपाल भित्रिसकेको छ। जारी क्यान इन्फोटेकमा ‘मुर्गा फँसाउन’ यिनीहरुबीच चर्को प्रतिस्पर्धा छ। हेर्दाहेर्दै नेपालमा वार्षिक ३ करोड रुपियाँ बराबरको एन्टी भाइरसको कारोबार हुने भइसकेछ गत वर्षसम्ममा।
कम्प्युटरको भाइरसलाई ‘भूत लाग्ने’ जस्तै हौवाको रुपमा लिएका कारण धामीझाँक्रीरुपी यी एन्टी भाइरसका लागि नेपालीको ३ करोड रुपियाँ खर्च भएको हो। अलिकति मात्रै दिमाग चलाउने हो भने ती पैसा तिरेर किन्नुपर्ने एन्टि भाइरस सफ्टवेयरले जत्तिकै र त्योभन्दा राम्रो काम गर्ने एन्टी भाइरसहरु प्रशस्तै पाइन्छन्, त्यो पनि निःशुल्क। यदि तपाईँ पनि व्यक्तिगत प्रयोजनका लागि एन्टी भाइरस किन्न खोज्दै हुनुहुन्छ वा तपाईँको कोही साथीभाइ, आफन्तले किन्दै हुनुहुन्छ भने कृपया यसलाई पनि एक पटक पढेर त्यसपछि निर्णय गर्न अनुरोध छ। Continue reading एन्टी भाइरस किन्नै पर्छ र, सित्तैमा पनि पाइन्छ त
By mysansar, on January 28th, 2012 -दीपक जडित-
‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।
म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई गर्भ बोकाउनै नहुने’ अथवा ‘मैले उसलाई गर्भवति बनाउनै नहुने’ । तर……… मैले त्यसैगरी सम्झिएँ । …………….
जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।
झण्डै १३ वर्षको अन्तराल पछि आज यहाँ आँपको रुख छैन । तर आह्रा लगाएर ढालिएको त्यसको ठुटो भने अझै रहेछ । फेदैदेखि दुई बराबर काण्डहरुमा बिभक्त भएर हुर्किएको त्यो आँपको रुखलाई यौटा अग्लो र अर्को अलिक होचो हुनेगरि ढालिएको थियो । दुबैमा समान रुपमा आह्राले समतल काटेको भाग र ढल्नेबेला मर्किएर लामो लामो छेस्का सहित रहेको उबडखाबड भाग थिए ।
Continue reading कथा : आँपको रुख
By Salokya, on January 28th, 2012 आज सरस्वती पूजा, बसन्त पञ्चमि, श्रीपञ्चमि। स्कूले जीवनमा यो पर्वको महत्त्व नै बेग्लै हुन्थ्यो। घरनजिकैको मन्दिरमा पूजा गर्न जान्थ्यौँ। त्यहाँको सरस्वती मन्दिरमा चकले आफ्नो नाम लेख्थे मानिसहरु। मैले पनि आजभोलिका मान्छेहरुले बोक्ने आइप्याड जत्रो कालो सिलोटमा सेतो चकले कोरेर पहिलो पटक अक्षर लेखेको अलिअलि सम्झना छ। कहिलेकाहीँ हामी स्वयम्भूको मञ्जुश्री मन्दिरमा पनि पुग्थ्यौँ। त्यहाँ पनि ठूलै भीड हुन्थ्यो मानिसहरुको।
माता सरस्वतीको प्रशंसा गरिएको मन्त्र ‘या कुन्देन्तुसारहार धवला…’ सानोमा कण्ठ थियो। संस्कृतको मन्त्र मात्रै कण्ठ थियो, अर्थ भने थाहा थिएन। मन्त्रको अन्त्यतिर ‘निःशेषजाड्यापहा’ भन्नुपर्थ्यो, मलाई चाहिँ ‘जड्याहा’ भने जस्तो मात्र लाग्थ्यो। ‘जड्ता अन्त गर’ भनेको रहेछ खासमा। तर त्यो उमेरमा जड्ताको अर्थ के थाहा हुनु। सँधै सतर्क, अलर्ट रहन सकौँ भनेको हो भनेर कसैले सिकाएन, धेरै पछि मात्र थाहा भयो। धन्न, सरस्वतीको पूजा गर्दैमा पास होइन्छ भन्ने चाहिँ मनमा कहिल्यै पनि आएन, त्यसरी कसैले पनि सिकाएन। बरु सरस्वतीको स्मरणले आत्मविश्वास भने बढ्थ्यो। संस्कृतका मन्त्रहरुलाई कसैले जतिसुकै आलोचना गरुन्, मलाई भने ती मन्त्रहरु उच्चारण गर्दा ध्वनिमा हुने कम्पनमा केही न केही शक्ति छ भन्ने अझै पनि लाग्छ। पश्चिमी ज्ञानमा बढी जोड दिइएकोले पूर्वीय ज्ञान पछि नै पर्यो। संस्कृतमा लेखिएका परम्परागत ज्ञानहरु पाउन हामी वञ्चित रह्यौँ। परम्पराका नाममा फलानो दिनमा फलानो ठाउँमा स्नान गरे सात जुनीको पाप कट्छ भन्ने वाहियात ज्ञानमात्रै हामीलाई दिइयो। Continue reading जय सरस्वती माता !
By Salokya, on January 27th, 2012 धरहरामा आज अचम्मको प्रदर्शन भयो। खै कसरी हो, गार्डहरुबाट लुकाएर ५/६ जना मान्छेको एक समूह सुटुक्क माथि चढ्यो। अनि एउटा विशाल ब्यानर बरन्डाबाट खसाल्यो।
अति भएपछि खति हुन्छ। सरकारले बनाएको नयाँ नियमले जनतालाई साह्रै अप्ठेरो भएपछि यस्तो खालको विरोध प्रदर्शन हुनु स्वभाविक हो। यो २० वर्षअघिको नेपाल हैन, यस्तो जङ्गली नियम लागू गराउन पाइँदैन भन्नेमा सबै सहमत छन्।
यही असन्तुष्टिको चर्को स्वरुप नै आज धरहरामा देखिएको हो। धरहरामा यो ब्यानर खासमा नेपाल मानव अधिकार संघले राखेको हो। तर यसमा पीडित नेपालका सबै नागरिकको समर्थन र ऐक्यवद्धता छ र हुनुपर्छ।
अग्रगमनकारी हैन प्रतिगमनकारी बाध्यकारी नियम बनाउने सरकारविरुद्ध यस्तो विरोधका कार्यक्रम अझै जारी रहनुपर्छ भन्ने हाम्रो मान्यता हो। फेरि नेताहरुलाई चाहिँ लागू नहुने, हामी जनतालाई मात्र नियम लागू गर्नु कहाँसम्मको जायज हो ? यस विषयमा आजको पत्रिकामा पनि समाचार छापिएको छ। पत्रिकामा छापिएको समाचार र सँगैको धरहराको फोटो ठूलो पारेर हेर्ने भए भित्र आउनुस् है। Continue reading धरहरामा अचम्मको प्रदर्शन !
By mysansar, on January 27th, 2012 -राकेश श्रेष्ठ/ गोरखा-
त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालका बीए तथा एमएका राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास, भूगोल आदि विषयहरुको पढाइ नेपालका अधिकांश सरकारी क्याम्पसमा नेपालीमा हुन्छ। पाठ्यपुस्तक पनि प्रायः नेपालीमै पाइन्छ। धेरै विद्यार्थीले नेपाली भाषामै जाँच दिन्छन् यद्यपि अंग्रेजी भाषामा पनि उत्तर लेख्न पाइन्छ। तर, अनौठो के छ भने ती विषयहरुका प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै बनाइएको हुन्छ । (हेर्नुहोस् हालै संचालन भएको बीए दोस्रो वर्ष राजनीतिशास्त्रको प्रश्नपत्र)।
यसले अंग्रेजी भाषा कमजोर भएका विद्यार्थीहरुलाई निकै घाटा पुगेको छ। नेपाली वा अंग्रेजी दुवै भाषामा लेख्न पाइने विषयहरुमा किन अंग्रेजी भाषामा मात्र प्रश्नपत्र बनाउने? अंग्रेजीमा मात्रै प्रश्नपत्र बनाउँदा अंग्रेजीमा कमजोर भएका विद्यार्थीहरुले प्रश्न नै नबुझेर उत्तर लेख्न नसक्ने हुन्छन्। के प्रश्न नेपाली र अंग्रेजी दुवै भाषामा दिए हुँदैन ? के यो त्रिविका प्राध्यापकहरुको अंग्रेजी भाषाप्रतिको मोह प्रतिफल हो ? Continue reading लेख्न चाहिँ नेपालीमा नि पाइने, सोध्न चाहिँ किन अंग्रेजीमा मात्रै पर्ने ?
By mysansar, on January 27th, 2012 -लक्ष्मण खतिवडा, दोहा-
- राजदुत सूर्यनाथ मिश्र आउनुअघि नै कतारमा आएर समस्यामा परेका नेपालीहरुको लागि स्थापना गर्न खोजिएको कल्याणकारी कोष कतारको कानुनअन्तर्गत वैध छैन भनी नेपाली समुदायको अभियानलाई दूतावासबाट नै विफल बनाइयो।
- दूतावासको सेल्टरमा रहेका पीडित नेपालीहरुलाई मैले प्रत्येक महिना एक सय रियाल दिने घोषणासहित जब म दूतावास गएको थिएँ,राजदुत मिश्रले मैले दिन्छु भनेको मासिक सय रियाल लिनलाई अस्वीकार गर्दै भन्नुभयो- दूतावासले आफ्नो मर्यादालाई बिर्सिएर आर्थिक सहयोग लिन मिल्दैन।
- दूतावासमा विभिन्न कामले आउनेहरुको लागि पानी पिउने कुलरको व्यवस्था गरिदिन्छु भन्दा पनि राजदुतले कुलर राख्न नमिल्ने भनी कतारका धर्मप्रेमी तथा समाजसेवी नारायण खनाललाई पनि निराश बनाई फर्काएको थियो।
- अहिले भने सरकारले कतारको नेपाली दूतावासमा आर्थिक तथा अन्य समस्याप्रति बेवास्ता गरेको भन्दै दूतावासले यहाँस्थित संघसंस्था तथा व्यवसायीहरुको अगाडि आर्थिक सहयोगको लागि हात फैलाइरहेको छ। Continue reading कतारको नेपाली दूतावास किन सबैको साझा हुन सकेन?
By Salokya, on January 26th, 2012 अन्ततः सरकारले आज पेट्रोलियम पदार्थको भाउ केही घटाउने निर्णय गर्यो। भाउ नघटाउने अडान राख्दै आएको सरकारले आज प्रति लिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा ४ तथा ग्यास प्रति सिलिण्डर ८५ रुपियाँ घटाउने बताएको हो। सरकारको अपरिपक्वता यसमा देखियो। एकै पटक त्यसरी ड्याम्मै पेट्रोलमा लिटरको १० रुपियाँ, मट्टितेल र डिजेलमा नौ रुपियाँ अनि ग्यासमा १७५ रुपियाँ बढाउनु हुन्थेन। मेरो लोकप्रिय सरकार छ, मैले जे गर्दा पनि हुन्छ भन्ने सोच त नहुनुपर्ने हो। भाउ बढेपछि विरोध हुन्छ भन्ने त थाहा हुनै पर्ने हो। बिस्तारै महिनामा एक/दुई रुपियाँ गरी बढाएको भए यति ठूलो आक्रोश हुने थिएन। आखिर माघ ४ गते गरेको भाउ बढाउने निर्णय एक साता पनि नबित्दै फिर्ता लिन बाध्य हुनुपर्यो।
तर भाउ घट्नु मात्रै समस्याको समाधान हैन। भाउमात्र घटेको हो, कमिसनखोरी र भ्रष्टाचारको जालो घटेको वा हटेको छैन। त्यसैले आयल निगमको घाटा बढाएको थियो। अब फेरि यस्तै हो। पेट्रोल पम्पवालाहरुले अब महँगोमा किनेको तेल सस्तोमा बेच्दिनँ भनेर बस्नेछन्। अस्ति नै सस्तोमा किनेर महँगोमा बेचेर नाफा कुम्ल्याएको चाहिँ उनीहरुले चटक्कै बिर्सनेछन्। फेरि अभाव चर्काइनेछ। फेरि सास्ती उपभोक्तालाई नै दिइनेछ। कमिसनखोरी भ्रष्टाचार घटाउने हो भने योभन्दा सस्तोमा तेल दिन पुग्थ्यो। तर तेहोरो तेहोरो कर लिने अनि विकास बजेटबाट अनुदान दिनुपर्छ भन्दै कराउने क्रम अझै जारी रहने हो भने ठूलो अभाव सिर्जना हुनेछ। विद्यार्थीहरु अब अझै भाउ घटाउनु पर्छ भन्नेमा हैन आयल निगमको विकृति र तेहोरो कर लिने सरकारी नीति हटाउन केन्द्रित भइदिए भाउ स्वतः घट्थ्यो। कस्तो छ आयल निगमभित्रको विकृति, आउनुस् केही बुझौँ। हेर्नुस् भित्र कसरी आयल निगमले ठगिरहेको छ उपभोक्ताहरुलाई र हामी लाचार बनेर सब सहिरहेका छौँ। Continue reading भाउ घटेर के गर्नु, त्यहाँको कमिसनखोरी र भ्रष्टाचार पो घटाउनु पर्थ्यो
By Salokya, on January 26th, 2012  इन्टरपोलको रेड कर्नर नोटिसमा विनिता
एभ्को इन्टरनेसनल र कस्मिक एयरलाइन्सकी निर्देशक विनिता प्रधानलाई बुधबार थाइल्यान्डमा त्यहाँको प्रहरीले गिरफ्तार गरी नेपाल पठाएको छ। ठगी (Fraud, Counterfeiting/forgery) को आरोपमा भारतीय प्रहरीले ४० वर्षकी विनिताको नाम अन्तर्राष्ट्रिय प्रहरी (इन्टरपोल)को रेड कर्नर नोटिसमा राखेको थियो। यस्तो सूचिमा रहेको व्यक्तिलाई विश्वको जुनसुकै भागमा पक्रन सकिन्छ। नेपालमा पनि उनीविरुद्ध प्रशस्त ठगीका उजुरीहरु छन्। थाई प्रहरीले उनलाई भारत सुपुर्दगी नगरी नेपाल पठाएकोले अहिले नै भारतमा सजाय भोग्नबाट भने उनी बच्नेछिन्। आखिर के गरेकी रहिछिन् त उनले ? किन भारत र नेपालका प्रहरी उनको पछि लाग्यो ? पढ्न भित्र आउनुस्। Continue reading इन्डियामा वारेन्ट, थाइल्यान्डमा पक्राउ, नेपालमा थुना
By Salokya, on January 25th, 2012 
१३ विद्यार्थी संगठन र नौ युवा संगठनले गरेको बन्दका क्रममा कालिमाटीमा गज्जबका दृश्य देखिए। हेर्नुस् त- सटर आधा खुलेका पसलहरु। बन्दको समर्थनमा आधा पसल बन्द गरेको भने पनि भयो, बन्दको विरोधमा आधा पसल खोलेको भने पनि भयो। यो एउटा मात्र हैन, अरु पनि पसल त्यस्तै थिए। थप फोटो भित्र
अन्ततः आज उपत्यका बन्द भयो। शिव सेना नेपालको दुई दिन, अयोग्य लडाकुको एक दिन र सुकुम्बासीहरुको एक दिन गरी लगातार तीन दिन बन्द असफल भएपछि काठमाडौँ उपत्यका अब कसैको घरको झ्यालढोका जस्तो जसले जतिबेला चाह्यो, उतिबेला बन्द नहुने रहेछ भन्ने देखिएको थियो। हामी दङ्ग पनि परेका थियौँ। तर यस पटक भने बन्द भयो। बन्दका आयोजक १३ विद्यार्थी तथा नौ युवा संगठन थिए। त्यसमा कङ्ग्रेसको नेविसंघ र तरुण दल, एमालेको अखिल र युवा संघ र सत्तामा रहेको माओवादीका अखिल क्रान्तिकारी र वाइसीएल पनि सहभागी थिए। भएभरका सबैले आह्वान गरेको बन्द भएका कारण शक्ति कै कारण पनि यो बन्द सफल भएको हुनुपर्छ।
Continue reading बन्दको यो समर्थन कि विरोध ?
By Salokya, on January 24th, 2012 गुगलको अनुवादकमा नेपाली भाषा थपिँदै-
तपाईँ पनि कहिलेकाहीँ सोच्नुहुन्छ होला, बुझ्न गाह्रो अङ्ग्रेजी लेख ठ्याक्क नेपाली भाषामा आफै अनुवाद भइदिने भए कति सजिलो हुन्थ्यो ! गुगलको http://translate.google.com/ मा गएर अङ्ग्रेजीको पूरै साइटलाई हिन्दीमा अनुवाद गरेर हेर्न मिल्छ। हिन्दीमात्र हैन उर्दु, तमिल, कन्नाडा, गुजराती जस्ता भारतीय भाषासहित विश्वका ६३ भाषालाई एकआपसमा अनुवाद गरी पढ्न सकिन्छ। नेपालीमा भने यो सुविधा अहिलेसम्म छैन। तर दिक्क नमान्नुस्, माघको पहिलो हप्ता नेपाल भ्रमण गरेका गुगलका नयाँ व्यापारिक आयाम हेर्ने निर्देशक डिभोन ल्यानले अनुवादक बनाउने प्रयास केही समयअघिदेखि नै थालिसकेको जानकारी दिएका छन्। नेपाली भाषा-प्राविधिकहरूले चासो देखाएपछि गुगल यसप्रति उत्साहित भएको छ। नेपाली विकिपीडिया, मदन पुरस्कार पुस्तकालय र साझा इ पाटी नेपाललाई गुगलले सहकार्यका लागि आह्वान गरेको छ। सबै कुरा ठीक भयो भने यही वर्षभरीमा तपाईँले गुगलको नेपाली अनुवादकको प्रारम्भिक संस्करण देख्न पाउनु हुनेछ। यो
पूर्ण रुपमा सञ्चालन भएपछि तपाईँले बीबीसी वा सीएनएनका पूरै पेज नेपालीमा अनुवाद गरी हेर्न सक्नुहुनेछ। त्यसैगरी माइसंसारका ब्लगहरुलाई पनि अङ्ग्रेजी, स्पेनिस वा उपलब्ध अन्य कुनै पनि ६३ भाषामा अनुवाद गर्न सक्नुहुनेछ। Continue reading सीएनएन नेपालीमा, माइसंसार स्पेनिसमा
|
|
Recent Comments