Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

आज प्रधानमन्त्री नचुनिने संभावना बढी

अपडेटः संसदमा प्रम निर्वाचनका लागि बैठक सुरु भएको छ। माओवादी, काँग्रेस र एमाले तिनै दलले उम्मेदवारी फिर्ता लिएका छैनन्। एमालेले ४०१ मत नपुगेपछि उम्मेदवारी फिर्ता लेला कि भन्ने अन्यौल बीच अन्ततः उम्मेदवारी दिने नै निर्णय गर्‍यो। अब कसले जित्‍नेछ अन्यौल कायमै छ।

धेरै पार्टीले चुनावमा मत नदिने भनेकोले आजको मतदानमा कसैले बहुमत नपाउने र शुक्रबार अर्को चुनाव हुने संभावना देखिएको छ।
Continue reading आज प्रधानमन्त्री नचुनिने संभावना बढी

नेपाली राजपरिवारका सदस्यले अस्ट्रेलियामा बलात्कार गरे रे

नेपालको राजपरिवारका एक सदस्यले अस्ट्रेलियामा बलात्कार गरे।

समाचार सुन्दा अचम्म लाग्यो। समाचारको विवरण झन् अचम्मको छ। ती नेपाली राजपरिवारका सदस्य खाना पुर्‍याउन गएका रे एउटा घरमा। अनि त्यहीँ सुतिरहेकी ४४ वर्षीया महिलालाई बलात्कार गरेछन्।

अझ त्यो बलात्कार गर्नेको नाम सुन्नुस् न, झन् अचम्म मान्नुहुन्छ। Continue reading राजपरिवारका सदस्यले अस्ट्रेलियामा बलात्कार गरे रे

प्रचण्ड र झलनाथ पनि उम्मेदवार

सहमतिको राग अलाप्दै तीन ठूला दलका नेताहरुले अलग अलग उम्मेदवार भोलि हुने प्रधानमन्त्री निर्वाचनका लागि दर्ता गराएपछि कुर्सी कप नाटकको क्लाइमेक्स झन् सस्पेन्स हुन पुगेको छ। जुन भोगी (जोगी त के भन्नु र यिनीहरुलाई) आए नि कानको जाली नै चिरेको (जनताको आवाज नसुन्ने भएकोले कान हैन कानको जाली नै चिरेको नयाँ उखान बनाउनु पर्ला जस्तो छ) जस्तो भएकोले खासमा जनतालाई त मतलबै छैन कुर्सीमा जो बसे नि। तर नाटक झन् झन् रहस्य र रोमाञ्चपूर्ण बन्दैछ।

एमालेले सर्वसम्मतिले अध्यक्ष झलनाथ खनाललाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। त्यसैगरी माओवादीको तर्फबाट को उम्मेदवार बन्ला भन्ने अन्यौलका बीच प्रचण्डलाई नै उम्मेदवार बनाउने निर्णय भयो। काँग्रेसले त यसअघि नै प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलको उम्मेदवारी दिने निर्णय गरिसकेको थियो। को बन्ला त प्रधानमन्त्री, अझै अनिश्चित छ। Continue reading प्रचण्ड र झलनाथ पनि उम्मेदवार

पेनाल्टीमा गोल हान्नेको नाम आज दर्ता हुँदै

प्रधानमन्त्री कप नाटकरुपी फुटबलको निर्धारित समय र एक्स्ट्रा टाइममा पनि गोल हुन नसकेको त तपाईँहरुलाई थाहै होला। त्यसैले पेनाल्टीमा निर्णय हुँदैछ। पेनाल्टी हान्ने दिन साउन ५ गते बुधबार अर्थात् भोलि हो। आज भने गोल हान्न इच्छुकहरुको नाम टिमले दर्ता गर्दैछ। काँग्रेसी टिमबाट गोल हान्नेको नाम तय भइसक्यो- रामचन्द्र पौडेल। तर पौडेल जोकर मात्र हुनेछन् यदि उनलाई एमालेले साथ दिएनन् भने। एमालेले दुई तिहाइ जुट्ने देखियो भने आफ्ना कप्तान झलनाथ खनाललाई गोल हान्न दिने भनेको छ। माओवादीमा पनि विवाद छ। हिजो सकेसम्म आफ्नै नेतृत्व खोज्ने नभए एमाले क्याप्टेन खनाललाई सहयोग गर्ने भनेर आएको समाचारलाई बाबुराम भट्टराईले खण्डन गरे। माओवादी क्याम्पमा स्ट्राइकर भट्टराई प्रधानमन्त्री बन्ने संभावना नजिकिँदै गएको तर क्याप्टेन प्रचण्डले त्यसलाई रोक्न प्रयास गरिरहेको खबर छ। हेरौँ, को को हुने हुन् प्रधानमन्त्रीका उम्मेदवार। Continue reading पेनाल्टीमा गोल हान्नेको नाम आज दर्ता हुँदै

ह्यापी साउने सोमबार


आज सोमबार। तर अरु बेलाको जस्तो सोमबार हैन। विशेष सोमबार। आज त साउन महिनाको पहिलो सोमबार पो त। साउनको पहिलो सोमबार आज पशुपतिनाथमा ब्रतालुहरुको घुइँचो लाग्यो । साउन महिनाका हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्छ रे। अहिले नेपालमा हिन्दू धर्मावलम्बी महिलाहरु हरियो र पहेँलो रङ्गका चुरा र हातभरी मेहन्दी लगाएर संस्कृतिलाई फेसनमा मिश्रण गर्दै हिँडेको दृश्य निकै रमाइलो देखिन्छ। स‍ंस्कृतिका धनी हामी! यसो गरे भगवान शिवजीले खुसी भई मागेको कुरा पूरा गरिदिन्छन् रे नि त।
Continue reading ह्यापी साउने सोमबार

सुद फेरि बालुवाटार छिरे

नेपालमा प्रधानमन्त्रीको निर्वाचन नजिकिनु अनि लैनचौर दरबारपति भारतीय राजदूत राकेश सुद सक्रिय नहुनु- यो कसरी हुन सक्छ र। त्यसैले त उनी आज एकाबिहानै छिरेछन् प्रधानमन्त्री निवास बालुवाटारमा। बालुवाटारमा अहिले कामचलाउ हैसियतका प्रधानमन्त्री माधवकुमार नेपाल बसिरहेका छन्। उनी त्यहाँबाट बाहिरिने निश्चित भइसक्यो राजीनामासँगै। तर उनको ठाउँ लिन को बालुवाटार छिर्ने हो, अझै पनि निश्चित हुन सकेको छैन। काँग्रेसले आफ्नो उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने घोषणा गरिसकेको छ। तर एमालेले उनलाई सघाउने हो कि आफ्नै उम्मेदवार झलनाथ खनाललाई बनाउने हो, निश्चित भइसकेको छैन। यस्तो अन्यौलको अवस्थामा आज बिहान पौने आठ बजेदेखि सवा ८ बजेसम्म आधा घण्टा सुदले नेपाललाई भेटेका हुन्। Continue reading सुद फेरि बालुवाटार छिरे

विश्व कै कम उमेरकी गायिका नेपालमा!

पत्याउन गाह्रो हुन्छ, जसले अक्षर नै चिनेको छैन, उनी शास्त्रीय संगीतको सुर लगाउन खोज्दै गीत गाउँछिन्।

तर ३ वर्षकी अतिथि गौतम केसीले सबलाई अचम्ममा पारिदिएकी छिन्। २ वर्षको उमेरदेखि नै गाउन थालेकी अतिथिको हिजो गीति एल्बम रिलिज भएको छ।

एल्बम रिलिजको क्रममा ‘लाइभ’ सारेगमलाई सुर नबिगारी गाइदिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षण बन्न पुगिन् अतिथि। नेपाली सञ्चार माध्यमले मात्र हैन, विदेशी समाचार एजेन्सीले पनि यो समाचारलाई प्रसार गरे।

कस्तो छ त उनको गीत? कस्तो छ त उनको सुर? आउनुस्, हामी तपाईँलाई देखाउँछौँ विश्व कै कम उमेरकी गायिकाको रुपमा गिनिज बुकमा नाम लेखाउने प्रक्रिया अघि बढाइसकेकी बालिकाको म्युजिक भिडियो एक्सक्लुसिभ माइसंसारमा-
Continue reading विश्व कै कम उमेरकी गायिका नेपालमा!

फरक छुट्याउनुस्

के तपाईँ नजिकैका यी दुई लोगोहरुमा केही भिन्नता छुट्याउन सक्नुहुन्छ?

रङ्गको फरक बाहेक है।

सक्नु भयो फरक छुट्याउन?

पक्कै सक्नुभएन होला। तर यसमा निकै ठूलो फरक छ। आउनुस्, हामी तपाईँलाई देखाउने छौँ- के फरक रहेछ। हेर्नलाई भित्र आउनुस्।
Continue reading फरक छुट्याउनुस्

सम्बन्ध

मनोज पनेरु
“संसारमा सबै एकल हुने भए मलाई मेरो कुनै केटा साथी नभएकोमा गुनासो हुने थिएन। तिमीलाई के लाग्छ।” उसले अंग्रेजीमा बोलेका सम्बादहरु नेपाली भाषामा लेख्दा, उसले ब्यक्त गरेका सबै भाबहरु पुरै अनुबाद नभए जस्तो लाग्छ तर फरक फरक मातृभाषा पृष्ठभूमीका भएता पनि शब्दहरु बाहेक, भाव आदान प्रदान गर्ने अरु कुनै माध्यम हुँदो रहेछ , प्रत्यक्ष कुराकानी गर्दा।

मलाई के लाग्छ भन्दा पनि, मलाइ के लाग्न पर्ने हो भनेर म सोचिरहे। उसका प्रश्नबाचक आँखाहरु लामो समयसम्म नकुर्ने देखेर मैले भने “संसारमा सबै बिवाहित हुने भए बिवाह भएकोमा पनि कसैलाई गुनासो हुने थिएन सायद। यो त आइन्सटाइनको सापेक्षताबादको नयाँ प्रमाण पो भयो त।”उसले मुन्टो उठाएर मलाई हेरी। उसले लगाएको प्रश्नबाचक चिन्न अझै अनुन्तरित छ। मैले मेरा तर्कहरु अझै प्रस्ट पार्नु पर्ने भयो।
Continue reading सम्बन्ध

रामचन्द्र पौडेल- प्रधानमन्त्री?

अन्ततः नेपाली काँग्रेसले स‍ंसदीय दलका नेता रामचन्द्र पौडेललाई सर्वसम्मतिले प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेसभित्र शेरबहादुर देउवा, कुलबहादुर गुरुङले समेत प्रधानमन्त्री पदको दावी गरिरहेको भए पनि भित्रभित्रै के खेल मिल्यो कुन्नि, सर्वसम्मति हुनपुग्यो रामचन्द्र पौडेलको नाममा।

तर पौडेललाई प्रधानमन्त्री बन्न त्यति सजिलो भने छैन। अब पार्टीभित्र मिलाए जस्तै उनले अरु दललाई आफ्नो पक्षमा विश्वासमा ल्याउन सक्नु पर्छ। भन्नलाई त सहमतीय सरकार बनाउनु पर्ने हो माओवादीसहितको। तर अहिले माओवादीसित सेना समायोजन लगायतका विषयमा असहमति हेर्दा सहमतीय सरकार बन्ने छाँटकाँट छैन। त्यसैले उनको काम अहिले कामचलाउ बनिसकेको सरकारको गठबन्धनका सदस्यहरुलाई टिकाउन सक्ने चुनौति स्वीकार गर्नु हो। अहिलेको गठबन्धनलाई कायम राख्‍न सके भने त रामचन्द्र पौडेल निश्चित रुपमा प्रधानमन्त्री बने। त्यसका लागि एमालेको सहयोग अति आवश्यक हुन्छ। तर एमालेले के गर्छ? कसैलाई अहिले थाहा छैन। Continue reading रामचन्द्र पौडेल- प्रधानमन्त्री!

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes