युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on January 21st, 2012 आजको एउटा राष्ट्रिय दैनिकको लास्ट पेजमा एउटा विज्ञापन छापिएको रहेछ। समाचारभन्दा विज्ञापन हेर्न रमाइलो हुन्छ कहिलेकाहीँ। जिम्मी हेन्ड्रिक्सको जस्तो जिङ्ग्रिङ्ग कपाल अनि सुन्तले रङ्गको लुगा लगार हाम्लाई आशीर्वाद दिए जस्तो गरी हात ठड्याएको फोटो झट्ट देख्दा ‘साई बाबा मरेको नि एक वर्ष भएछ है, समवेदना छापेको होला’ भन्ने लाग्यो।
अलि ध्यान दिएर हेरेको त के खाएर समवेदना हुनु, जन्मदिनको शुभकामना पो रैछ। ए बाब्बै, के अचम्म। अस्ति नै इन्डियामा आफ्नो मृत्यु सन् २०२२ मा मात्र हुन्छ भनेर आफैले घोषणा गरे पनि ११ वर्ष अघि नै कालको मुखमा गएका थिए एक साई बाबा। यिनी त हाम्रो आफ्नै नेपाली साई बाबा रहेछन्। साई बाबा जिउँदै भएको भए भगवान कै पाइरेसी भो भनेर रिसाउँथे कि। अहिले चर्चामा रहेको SOPA जस्तो GOPA (गड अनलाइन पाइरेसी एक्ट) कानुन बनाउनु पर्थ्यो भन्थे कि !
सञ्जय साई बाबा रे यिनको नाम चाहिँ। विज्ञापन अनुसार भर्खर २४ वर्षका रहेछन्। भगवान रे अनि उनी त। थाहा थिएन भाइ मलाई त यिनको बारेमा पहिले। तर राष्ट्रिय दैनिकमा विज्ञापनै छापिएपछि भने यिनले अब राष्ट्रिय स्तर कै चर्चा खोजे जस्तो लाग्यो।
के रहेछ यिनको बारेमा भनेर खोज्दै जाँदा केही जानकारी हात लाग्यो। केही भिडियोहरु पनि हात लाग्यो। हेरौँ न त नेपाली साई बाबा भनाउँदाको चुरीफुरी पनि एक पटक। कति नेताको पछि लाग्ने, यसो भगवानको पनि पछि लागौँ कहिलेकाहीँ। Continue reading नेपाली साई बाबा रे
By Salokya, on January 20th, 2012 तपाईँलाई कतिको याद छ- झण्डै एक महिनाअघि (पुस ८ गते) ‘नेपालमा सर्वाधिक बिक्री हुने राष्ट्रिय दैनिक’ मा नेपाली लाइसेन्सलाई ‘१८६ देशमा मान्यता’ शीर्षकमा एउटा समाचार छापिएको थियो। समाचार पढ्दा दङ्ग पर्नुभन्दा पनि अलि शंका लागेको थियो- यस्तो पनि होला र जस्तो लागेको थियो। त्यतिबेला माइसंसारमा अमेरिकाबाट प्राविधिक काम सघाउने भाइ प्रमेय भण्डारी केही दिनका लागि नेपाल आएका थिए। ‘मिल्छ, नेपाली लाइसेन्सले अमेरिकामा गाडी चलाउन मिल्छ’, उनले यसो भनेपछि यो बारेमा सोधखोज गर्नु मेरै मूर्खता साबित हुन्छ जस्तो लाग्यो। एक पटक १० दिनका लागि दक्षिण कोरियाबाहेक विदेशको पाइला कहिले नटेकेको मलाई नै योबारेमा जानकारी भएन जस्तो लाग्यो। समाचारमा उल्लेख गरिएको संस्था ‘किडा जेनेरल’ बारे पनि मैले गुगल गरेको थिएँ तर केही भेटेको थिइनँ। खोज्न नजानेकै होला ठानेँ। तर हिजो नेपाल प्रहरीले पठाएको समाचार हेर्दा पो थाहा भयो- मिडियाले त गैरकानुनी कामको पो प्रचार गरेको रहेछ। त्यो संस्थाका मान्छेहरुलाई त प्रहरीले पक्रेछ। के थियो समाचार र के हो कुरा, थप थाहा पाउन भित्र आउनुस्। Continue reading मिडियाले समाचारबाट गैरकानुनी कामको पो प्रचार गरेछ
By Salokya, on January 20th, 2012 पूर्वमन्त्री तथा सभासद् अनि सदभावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष श्यामसुन्दर गुप्ता अहिले प्रहरी थुनामा छन्। उनलाई अनुसन्धानका लागि चार दिनसम्म हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले मंगलबार अनुमति दिएको हो। म्याद केही दिन थप्न मिल्ने प्रावधान छ तर तोकिएको समयभित्र प्रहरीले बलियो प्रमाण पुर्याएर अदालतमा पेश गरिहाल्नु पर्छ। अपहरण तथा शरीर बन्धकको अभियोग उनीहरुमाथि लगाइएको छ, जुन प्रमाणित भयो भने उनलाई बढीमा १६ वर्षसम्म कैद हुनसक्छ। चिकित्सक उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य दोषी दुई जना कृष्णछारा राई र सिद्धार्थ लामालाई काठमाडौँ जिल्ला अदालतले यस्तै मुद्दामा १६ वर्ष कारावासको सजाय सुनाएको नजिर छ। ६५ वर्ष पुगिसकेका गुप्ता यत्रो सजाय पाए भने उनको राजनीति मात्र हैन जीवनै अन्त्य भित्रै हुनसक्छ। के के छ त उनीविरुद्ध प्रहरीले जुटाएको प्रमाण ? उनी सजायबाट बच्ने संभावना छ कि छैन ? Continue reading गुप्ता सजायबाट बच्ने संभावना छ कि छैन ?
By Salokya, on January 19th, 2012 मनोज गजुरेलले लेखेको व्यङ्ग्यमा रहेका आधारहीन कुरालाई साँच्चिकै हो जस्तो गरी केही मिडियाले समाचार बनाएर प्रस्तुत गरेकोबारे माइसंसारले हिजो खुलासा गरिसक्दा पनि उनीहरुले अझै गल्ती सच्याएका छैनन्। ‘राष्ट्रको सर्वश्रेष्ठ न्युज च्यानल’ दावी गर्ने एभिन्युज टेलिभिजनले यसबारे केही बोलेको छैन, ‘उपत्यकामा सबैभन्दा बढी पढिने राष्ट्रिय दैनिक’ दावी गर्ने ‘नेपाल समाचारपत्र’ले पनि यसबारे केही लेखेको छैन। न आधारहीन खबरलाई साँच्चिकै झैँ बनाउने डीसीनेपाल, एनएमखबर र नेपालिङ्कलगगायतका अनलाइन समाचार पोर्टलहरुले नै समाचार सच्याएका छन्।
आखिर किन? यदि माइसंसारले उठाएको कुरा सही हैन भने समाचारमा उनीहरुले दावी गरे जस्तो भूपी शेरचनको अप्रकाशित ‘थाकखोलाको इतिहास’ उनीहरुले सार्वजनिक गर्नुपर्यो, अमिताभ बच्चनले ‘मेरो नशा-नशामा शेरचन, गौचन, भट्टचन र तुलाचनको रगत दौडिरहेको’ भनी भनेको पुष्टि गर्न सक्नुपर्यो। नभए झुटो खबर दिएर पाठक/दर्शकलाई दिग्भ्रमित पारेकोमा माफी माग्दै गल्ती सच्याउनु पर्छ कि पर्दैन ? Continue reading झुटो खबर दिएको थाहा हुँदा पनि किन चुप मिडिया?
By Salokya, on January 19th, 2012 व्यापारी अपहरण कान्डमा पूर्वमन्त्री तथा अहिलेका सभासद अनि एउटा राजनीतिक पार्टीका अध्यक्ष श्यामसुन्दर गुप्ता फँसेको देख्दा धेरैलाई अचम्म लाग्न सक्छ। राजनीतिक आवरणमा अपराधको विषय धेरैलाई नौलो नभए पनि यसरी प्रत्यक्ष देखिने गरी अपराधमा संलग्न होलान् भन्ने धेरैले अनुमान नगरेका हुनसक्छन्। यो केसमा गुप्ताले अपहरणको व्यवस्था मिलाउनेदेखि लिएर एस्कर्टिङ गरी बन्धकलाई घरमा पुर्याउने अनि फिरौतिका लागि मध्यस्थकर्ता बन्दै पैसा लिएर आफै समेत गएका थिए, प्रहरीका अनुसार। उनले बन्धकलाई आफै घरमा पुर्याउने व्यवस्था पनि गरेका थिए।
पवन संघाई राजधानीका एक व्यापारी थिए। र, गुप्ता एक सभासद्। अपहरण राजधानी काठमाडौँमा भएको थियो। त्यसैले यो घटनामा प्रहरीले बढी चासो देखायो। व्यापारीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघले त हिजो सुरक्षा व्यवस्था सुधारेको भन्दै एआईजी कुबेर सिंह रानालाई सम्मान गर्दै कदरपत्र समेत दियो। तर के सुरक्षा व्यवस्था साँच्चै सुध्रिएको हो त ? के छ काठमाडौँ बाहिरको स्थिति ? गुप्ताजस्ता सभासद् त एक दर्जनभन्दा बढी रहेछन्। उनीहरु कसरी अपहरण कान्डमा मध्यस्थताको नाटक गर्न जान्छन्? पढ्न भित्र आउनुस्। Continue reading गुप्ताजस्ता नेता अरु धेरै रहेछन्
By Salokya, on January 18th, 2012 अफिसमा टेलिभिजन अक्सर खुलै रहन्छ। ‘राष्ट्रको सर्वश्रेष्ठ न्युज च्यानल’ दावी गर्ने एभिन्युज टेलिभिजनको साँझ ७ बजेको प्राइम टाइम न्युज बुलेटिनमा ‘मूल खबर’को रुपमा हेडलाइन भनियो- ‘भारतीय चलचित्र उद्योगका सर्वोत्कृष्ट नायक अमिताभ बच्चन र परेस रावलको पृष्ठभूमी नेपाली रहेको एक अध्ययनको दाबी’। समाचार पढ्नेले यसो भनिरहँदा टिभी स्क्रिनमा ‘बीग बी नेपाली!’ लेखिएको अमिताभ बच्चनको तस्बिर देखाइएको थियो। (दायाँको फोटो हेर्नुस्)
एकैछिन अघिमात्र साथी केपी ढुंगाना ‘अमिताभ नेपाली भन्ने हावा कुरा पनि एभिन्युज टेलिभिजनको वेबसाइटमा राखेको छ’ भन्दै हाँसोमा उडाउँदै थिए। आफ्नै काममा व्यस्त मैले हेर्दै नहेरी प्रतिक्रिया दिएको थिएँ- ‘त्यो न्युजको स्क्रिप्ट हैन होला, कुन चाहिँले कमेन्टमा लेखेको होला’। तर एकैछिनमा हेडलाइनमा नै दिने गरी एटिभीले त्यस्तो समाचार बनाएको देख्दा तीनछक्कै परेँ। दुई वर्षअघि मनोज गजुरेलले रियल जस्तै लाग्ने गरी त्यस्तो व्यङ्ग्य लेखेका थिए। के भन्दा रहेछन् उनी भनेर फोन गरेँ। फोन उठाउना साथ उनले त यसो पो भने।
Continue reading हैन के भन्छन्, अमिताभ बच्चन त नेपाली पो रे !
By Salokya, on January 17th, 2012 पूर्वमन्त्री तथा सभासद श्यामसुन्दर गुप्ताकै प्रमुख योजनामा व्यापारी पवन संघाई अपहरण गरेको दावी गर्दै प्रहरीले आज पत्रकार सम्मेलन गरी प्रमाणहरु सार्वजनिक गरेको छ। प्रमाणका रुपमा प्रहरीले अपहरणकारी र संघाई परिवारबीच भएको टेलिफोन संवाद र गुप्ताकै अगाडि आरोपीहरुले बकेको भिडियो प्रस्तुत गरेको हो। (भिडियो प्रमाण हेर्न भित्र आउनुस्)। भिडियोमा गुप्ताले आफूमाथि राजनीतिक षड्यन्त्र भएको र ६५ वर्षको उमेरमा यस्तो कुनै आपराधिक कार्यमा संलग्न नभएको बताएका छन्।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अपहरणको सबै योजना बनाउनेदेखि लिएर लास्टमा मध्यस्थकर्ता बन्दै छुट्याउनलाई फिरौती वापतको १ करोड रकम लिएर गएर संघाईलाई घरसम्म छाड्ने व्यवस्था मिलाएका रहेछन् यिनै गुप्ताले। कमलादीबाट संघाइलाई माइक्रो बसमा राखेर अपहरण गरी लग्दै गर्दा यिनी चाहिँ भद्रकालीमा आफ्नै गाडीमा बसेर निगरानी गर्दै रहेछन्। अपहरण गर्ने व्यक्तिलाई यिनले आफ्नै गाडीमा बालाजुबाट ल्याएर कमलादीमा छाडेका रहेछन्। अपहरित संघाईलाई आफ्नै गाडीबाट एस्कोर्ट गर्दै भक्तपुरदेखि धुलिखेलसम्म पुर्याएका रहेछन्। Continue reading पूर्वमन्त्रीको पोल यसरी खुल्यो (भिडियो प्रमाणसहित)
By Salokya, on January 17th, 2012 काठमाडौँवासीले आज एउटा अर्को बन्द असफल भएको हेर्न पाएको छ। नदी किनारमा अव्यवस्थित बसोबास गर्ने सुकुम्बासीहरुलाई सरकारले हटाउन लागेको विरोधमा यो बन्दको आयोजना गरिएको थियो। बन्दको प्रचारमा ठाउँठाउँमा पोस्टर समेत टाँसिएको थियो। हिजो राति मसाल जुलुससमेत निकालिएको थियो। खै कुन चाहिँ फोर्सले हो, बन्दको अवज्ञा गरेमा आफै जिम्मेवार हुनु भनेर धम्कीसमेत दिएको थियो। बन्दलाई माओवादीको भ्रातृ संगठनले समेत समर्थन गरेको थियो। तर पनि बन्द सफल भने हुन सकेन।
जसले जतिबेला बन्द गरे पनि बन्द हुँदैन भन्ने प्रमाण आज पनि देखिएको छ। हल्लैहल्लामा समेत बन्द हुने दिन कम्तिमा काठमाडौँ उपत्यकामा अब रहेन भन्न हामीले पाउने भएका छौँ। किनभने यसअघि पनि तीन वटा बन्दको आह्वान असफल भइसकेका छन्। शिव सेना नेपालले गरेको पुस २५ र २६ गतेको दुई दिने उपत्यका बन्द र माओवादीका अयोग्य लडाकुले गरेको बन्द पनि असफल भएको थियो। Continue reading बधाई छ, अर्को बन्द असफल भो
By Salokya, on January 16th, 2012 अपडेटः प्रहरीले आज गुप्तालाई अदालतमा पेश गरी अनुसन्धानका लागि चार दिन हिरासतमा राख्ने अनुमति लिएको छ।
 हिन्दी फिल्मका खलनायक (दायाँ) सित श्यामसुन्दर गुप्तालाई दाँज्दै फेसबुकमा राखिएको फोटो।
अक्सर फिलिमहरुमा हामीले देख्दै आएको कुरा हो- अपराधी नेताहरु। पैसाका लागि मन्त्री भइसकेका नेताहरु गर्छन् व्यापारीको अपहरण।
तर यो फिलिमको खबर हैन, आज आएको नेपालको वास्तविक खबर हो। एक मन्त्री भइसकेका व्यक्ति, जो अहिले एउटा राजनीतिक दलका अध्यक्षसमेत हुन्- ले एक व्यापारीलाई अपहरण गराएछन् र पैसा असुलेछन्।
८५ लाख रुपैयाँका लागि राजधानी काठमाडौँबाटै एक व्यापारी अपहरण गर्ने ती नेता हुन्- श्यामसुन्दर गुप्ता। तल उनी हाँसिरहेकोको फोटो उनी आपूर्ति मन्त्री हुँदाताकाको हो। अहिले उनी प्रहरी हिरासतमा छन्। मंगलबार हुने छोरा राकेशकुमार गुप्ताको बिहेको तयारी गरिरहेका बेला उनलाई प्रहरीले सिद्धार्थनगर नगरपालिकास्थित घरैबाट आज पक्राउ गरेको हो। Continue reading फिलिम हैन, साँच्चिकै ! पूर्वमन्त्रीद्वारा व्यापारी अपहरण
By Salokya, on January 16th, 2012 स्याङ्जाली भन्ने बित्तिकै केहीले अगाडिको ‘स्याङ’ निकालेर ‘जाली’ मात्रै भनी जिस्काउने गर्छन्। जिस्काउनेले जिस्काउँदै गर्छन्, तर ५३ सालमा नगरपालिका बनेको स्याङजाको एउटा ठाउँले आफ्नो अलग पहिचानका लागि अभियान थालेको छ। जसरी छिमेकी देशको जयपुर सहर पिङ्कसिटीका नामले चिनिन्छ, त्यसरी नै वालिङलाई ‘गुलाबनगरी’को रुपमा देश तथा विदेशमा चिनाउने सोच उनीहरुको छ। जयपुरमा जस्तो सबै घरलाई ‘गुलाबी’ रङले रङ्ग्याउने हैन, यसका लागि उनीहरुको अलग्गै योजना छ। नगरपालिकाले आफ्नो १४ औँ नगरपरिषदबाट वालिङलाई गुलाबनगरी बनाउने नीतिगत निर्णय समेत गरिसकेको छ। कसरी बनाउने रहेछन् त उनीहरुले ‘गुलाबनगरी’ ? Continue reading बन्ला त वालिङ गुलाबनगरी ?
|
|
Recent Comments