|
|||
जनकपुरको रामानन्द चोकमा मोटरसाइकलमा राखेको बम पडकँदा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ।
त्यसैले अंग्रेजीमा लेखिएका प्लेकार्ड र अंग्रेजीमा नारा लगाउँदैमा दुर्व्यवहार कम हुने हैन। आशय करणीमा समेत सजायको व्यवस्था भएको हाम्रो कानुन बलियो छ। आवश्यकता छ जनचेतना र कार्यान्वयन। बाटोमा हिँड्ने सामान्य मान्छेले समेत केको जुलुस हो थाहा नपाउने गरी कार्यक्रम गर्नुभन्दा त्यसतर्फ ध्यान दिऔँ- म एउटी चेलीको विनम्र अनुरोध तपाईँहरुलाई। किनभने यस्ता दुर्व्यवहारको सामना म आफैले पनि गरिरहनु परेको हुन्छु। Continue reading ‘सुकिला’को स्लट वाक मन्त्री बन्न किन हानाथाप हुन्छ ? किन हुँदैन त ? गाडी सुविधा पाइन्छ, विभिन्न अन्य सुविधा भत्ता पाइन्छ। काम खासै केही गर्नुपर्ने हैन। त्यसैले त नयाँ संविधानमा पनि जम्बो सभासद बनाउने तयारी भएको। यस्तै सुविधा मध्ये एक हो भ्रमण भत्ता। भ्रमण भत्ता भन्ने बित्तिकै धेरैले विदेश भ्रमणमात्रै बुझ्छन्। विदेश भ्रमणमा पक्कै आकर्षक भत्ता त्यो नि डलरमा हुन्छ। तर देशै घुम्दा पनि पैसा नआउने हैन। तपाईँ पत्याउनुस् कि नपत्याउनुस्, बाबुराम भट्टराईको जम्बो मन्त्रिमण्डलले जिल्ला घुम्न मात्रै तपाईँहाम्रो करबाट बनेको राज्यकोषबाट एक करोडभन्दा बढी रकम उडाइसके। एक मन्त्री जिल्ला भ्रमणमा जाँदा दैनिक भ्रमण भत्ता, होटल बास खर्च र भ्रमणखर्च पाउने गर्छन्। एक प्रधानमन्त्री भट्टराई थिए, जो यात्रा खर्च बचाउने भन्दै प्लेनमा इकोनोमी क्लास चढ्थे। अनि भ्रमण भत्तावापतको पैसा दिन्थे राज्यकोषमा फिर्ता। अनि उनकै मन्त्रीहरु भने आफ्नै जिल्ला जाँदा पनि भत्ता पचाएर बसेका छन्। Continue reading जम्बो मन्त्रीको जम्बो नै खर्च, जिल्ला घुम्न करोड उडाए
खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ। तपाईँको मतले छानिएको कथा यात्राको पाँचौँ भाग यस्तो छ। Continue reading कथा यात्रा (भाग ५)
यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो। ऊ अर्थात् मेरी श्रीमतीकी साथी। अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा फोन बजेको सुनेर ऊ फोन उठाउन गई। श्रीमतीको अनुपस्थितिमा उसको फेसबुकमा अनायसै आँखा गए। त्यहाँ उसकी साथीले यही स्ट्याटस् लेखेकी थिई। मैले नाम पढेँ र फोटो निकै बेर हेरेँ। स्मृति…, यो नाम मेरो लागि नयाँ थिएन, न त अनुहार नै बिर्सेको थिएँ तर आफ्ना ब्यस्त दिनचर्याका अगाडि यो नाम र अनुहार मेरो मानसपटलमा धमिलो भै दबिएको थियो। समयको फेरबदलसँग मुहार केही भरिएको थियो तर त्यही आँखा थिए, त्यही तीखा हेराइ। त्यहाँ अझै पनि त्यही तीर्खा थियो, समुद्र पिउन खोज्ने। नयाँ मिस नेपाल चुन्ने बेला भइसक्यो र भन्ने तपाईँलाई लाग्ला। हो, पुरानो मिस नेपाल छानिएको एक वर्ष भएकै छैन। तर मिस वर्ल्डमा सहभागी हुनका लागि यसपालि अलि छिट्टै मिस नेपाल आयोजना गरिएको हो। भावी नेपाल सुन्दरीहरुलाई अहिले प्रशिक्षण दिइँदैछ। शुक्रबार प्रतियोगिता कै एक भाग मिस ट्यालेन्टका लागि ट्यालेन्ट सोको आयोजना गरियो। हेरौँ, केही फोटोहरु, आखिर कस्ता रहेछन् त हुनेवाला मिस नेपालहरु- आमा, म यहाँ आरामै छु। आशा छ यहाँलाइ पनि आरामै होला। केही दिन अघि राजधानीमा हाम्रो भेट भयो। यहाँलाइ भेटेर खुशी पनि लाग्यो। बिदेशबाट पढेर आएका इन्जीनीयर छोरालाइ बुहारी खोज्दै हुनुहुँदोरहेछ। तर यहाँसँग त भेट भयो तर यहाँका छोरालाइ भने यहाँले भेटाउनुभएन। यहाँलाई मन परेपछि मात्र छोरालाइ बोलाउने र केटी देखाउने गर्नुहुन्छ भन्ने कुरा मैले सुनेकी थिएँ त्यस्तै भयो। यहाँलाइ मात्र भेटेर फर्कनुपर्यो। इन्जीनीयर छोरा, कार्यालयमा काम गर्ने कामकाजी, पढेलेखेकी हजुर आफैं हुनुहुँदोरहेछ अनि हजुरका श्रीमान पनि इन्जीनियर भन्नुहुन्थ्यो। पहिला नै हुनेवाली बुहारीलाइ तिमीले यो काम गर्न पाउंछयौ, यो काम गर्न पाउंदिनौ भनेर ब्रेन वास गरेपछि मात्र केटीले हुन्छ भने छोरालाइ देखाउने नत्र नदेखाउने हजुरको बिषेशता रहेछ। Continue reading हुनेवाली सासुलाई खुला पत्र देश संघीयता, शासकीय स्वरुप जस्ता जटिल मुद्दाका बहसमा प्रवेश गरिरहेको बेला यस्तै विषयलाई समेटेर तयार पारिएको कान्तिपुर टेलिभिजनबाट हिजो प्रसारित विजयकुमारको दिशानिर्देश कार्यक्रम भने एउटा फरक कारणले अहिले चर्चामा रहेको छ। विजयकुमारका प्रश्न, कार्यक्रममा उठेका मुद्दाका कारण हैन, कार्यक्रमको क्रममा प्रस्तोताको मोबाइलको रिङ बजेको कारण सोसल मिडियामा चर्चा चुलिएको हो। आउनुस् हेरौँ कस्तो चर्चा भइरहेको छ र आखिर कुरा के रहेछ, भिडियोसहित। Continue reading विजयकुमारको मोबाइलले देश तरङ्गित
एनसेलले नयाँ वर्षको उपलक्ष्यमा भन्दै इन्टरनेट प्रयोगकर्ताको लागि नयाँ स्किम सार्वजानिक गरेको छ। छापाहरुमा प्रकाशित विज्ञापनलाई आधार मान्ने हो भने १० जीबी डाटा किन्ने उपभोक्तालाई एनसेलको डाटा “कनेक्ट” सित्तैमा पाइनेछ। २९९९ रुपैयाँ खर्च गरेर १० जीबी डाटा किन्दा २२५८ रुपैयाँ पर्ने डाटाकार्ड सित्तैमा पाइन्छ भने किन नकिन्ने ? त्यसैले सर्वसाधारणले यो स्किमप्रति उल्लेख्य चासो राखेका छन् तर विज्ञापनमा भनिए जस्तो उपभोक्तालाई सित्तैमा डाटाकार्ड दिए जस्तो गरे पनि एनसेलले घुमाईफिराई उपभोक्तालाई मूर्ख बनाइरहेको छ। |
|||
|
Copyright © 2012 Mysansar - Most Rights Reserved. |
|||
Recent Comments