युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move2, on February 4th, 2009 नेपाल प्रहरीले आज दिउँसो गरेको पत्रकार सम्मेलनका क्रममा वितरण गरिएका टेलिफोन संवादका अंशहरु निकै गम्भीर खालका छन्। अधिकांश संवाद रणवीर सेनाका उपत्यका इञ्चार्ज रामशुभक महतो (प्रदीप) र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाका छन्। कुनै संवादमा रणवीर सेनाका सैन्य कमान्डर मनोज महतोको पनि सहभागिता छ।
एउटा संवादमा ऋषि धमलाले यसो भन्छन्,
“क्षति गराउनै पर्छ, पैसा [...]
By move3, on October 24th, 2008 हिन्दीमा एउटा चलेको गीत याद होला तपाईँलाई-
कान्छी रे कान्छी रे
अब कान्छा र कान्छी भनेको त नेपालीहरुको कपिराइटको कुरो। कहाँ हिन्दी गीतमा प्रयोग गर्नु, नेपालीमा पनि गर्नुपर्छ भन्ने लागेछ क्यारे केहीलाई। अनि टपक्क त्यो गीतलाई टिपेर नेपालीकरण गरिदिएछन्। नपत्याए सुन्नुस् त।
Tweet
By move7, on January 15th, 2008 सूचना प्रविधिको विकासले खुलामञ्चमा दिएको भाषण रत्नपार्क वरपरका मानिसले मात्र हैनन्, सात समुद्र पारका मानिसहरुले पनि सुन्न सक्ने भएका छन्। तर इच्छा भएमात्रै। हिजोको सात दलको सभामा नेताहरुले गरेका भाषणका पूर्ण अंश अपलोड गरेको छु। अरु नभए पनि सम्बन्धित दलका देश विदेशमा रहेका कार्यकर्ताहरुलाई भने यो रुचिकर हुने आशा मैले लिएको छु। कुनै दलका कार्यकर्ता [...]
By move7, on January 15th, 2008 को हो त्यो रुक्माङ्गद कटवाल ? सेना प्रमुखलाई चुनौति दिँदै माअोवादी अध्यक्ष प्रचण्ड। फोटोः रमेश कार्की
हामी स्कूलमा पढ्दा दुई जना पात्र थिए। अहिले नाम नलिउँ होला- दुवै विदेशमा छन् अनि प्रतिष्ठित पनि छन्। एक जना झनक्क रिसाउने खालको थियो। अर्को भने छिनछिनमा त्यसलाई जिस्काइरहन्थ्यो, उत्तेजित बनाइरहन्थ्यो। यी दुईको झगडाले हामीलाई कम्ता टाउको दुखाएको [...]
By move8, on September 13th, 2007 मन्त्रिपरिषदको निर्णय अनुसार परराष्ट्र मन्त्रालयबाट राजदूत पदमा प्रस्तावित आठ जनाको आज संसदीय सुनुवाई विशेष समितिमा बयान दिए। नेपालको इतिहासमा राजदूतका लागि संसदीय सुनुवाई भएको यो पहिलो अवसर हो। यसअघि सरकारले राजदूतलाई सुनुवाई गर्नु पर्दैन भनी यो व्यवस्था हटाउन समेत खोजेको थियो। आठ जनामध्ये भारतका लागि प्रस्तावित शैलजा आचार्यविरुद्ध सबैभन्दा बढी उजुरी परेको थियो। सुनुवाइ प्रक्रियाअघि [...]
By move9, on September 4th, 2007 [शुक्रबार फिलिपिन्समा म्यागासेसे पुरस्कार ग्रहण गरेर स्वदेश फर्कँदै गर्नुभएका महावीर पुनका भावी योजनाहरु के-के छन् ? ]
-महावीर पुन- वायरलेस नेटवर्किङ प्रोजेक्टलाई म नेपालका अरु भागहरुमा पनि ‘रेप्लिकेट’ गर्न चाहन्छु। यसका लागि मलाई धेरै ‘रिक्वेस्ट’ आइरहेका छन्। त्यही रिक्वेस्ट अनुसार अहिले मकवानपुरमा काम भइरहेको छ। काठमाडौँमा रहेको मोडल अस्पताललाई मकवानपुरको पूर्वी भेगको गाउँका स्वास्थ्य केन्द्रहरुसित [...]
By move9, on August 3rd, 2007 सुन्नुभएको छैन भने यहाँ क्लिक गरी सुन्नुस्।
रचनाकार व्याकुल माइला, संगीतकार अम्बर गुरुङसहित अन्य विशिष्ट व्यक्तिहरुका माझ राष्ट्रिय योजना आयोगको कार्यालयमा आज हाम्रो राष्ट्रिय गान पहिलो पटक सार्वजनिक गरिएको थियो। अपराह्न ५ बजे सुरु भएको कार्यक्रममा केही भाषणपछि गीत सार्वजनिक भएको थियो। टेलिभिजनमा लाइभ हेर्दा समेत हामीले राष्ट्रिय गानप्रति सम्मान जनाउँदै उभिएर सुनेका थियौँ। [...]
By move9, on June 25th, 2007 कतारमा एक नेपालीको हत्या गरी मासु खाए रे भन्ने हल्ला कतारमा निकै फैलिएको छ। कतारको एउटा पत्रिकाले यस विषयमा समाचार छापेपछि झन् त्यस्तो हल्ला व्यापक भएको छ। यस विषयमा कतार मै बस्नुहुने एक नेपाली ज्ञान राईसित गरिएको टेलिफोन कुराकानी सुन्न भित्र आउनुस्।
Tweet [...]
By move10, on May 15th, 2007 प्रधानमन्त्री जब-जब विराटनगर जान्छन्, तब-तब एउटा नयाँ बोली बोल्छन्। पछिल्लो पटक ‘डन्ट से किङ ज्ञानेन्द्र, से वन्ली ज्ञानेन्द्र’ भन्ने वाक्य चर्चित भएको थियो भने यस पटक चाहिँ राजतन्त्र ८० प्रतिशत खत्तम भइसक्यो, २० प्रतिशत मात्रै बाँकी छ भन्ने वाक्यले चर्चा पाएको छ। यही कुरालाई लिएर आज हामी साथीहरु दिनभर जिस्कँदै बस्यौँ। हाम्रा केही मण्डले साथीहरुलाई [...]
By move11, on March 23rd, 2007 अपडेटः फोरमका कार्यकर्तालाई पक्राउ पूर्जीः रौतहट जिल्लाको सुरक्षा समितिको बैठकले मधेशी जनअधिकार फोरमका सम्पूर्ण कार्यकर्तालाई पक्राउ पूर्जी जारी गर्ने निर्णय गरेको छ । फोरमका कार्यकर्ता पक्रन सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । घटना भएपछि फोरमका कार्यकर्ताहरु त्यहाँ देखिएका छैनन् । *** गौरमा भएको हत्याकान्डका बारेमा रौतहतका पत्रकार फणिन्द्र महतसित मोबाइलमा गरिएको कुराकानी यहाँ राखेको [...]
|
|
Recent Comments