मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ठमेलमा माअ‍ोवादी-व्यापारी झडप, २४ माअ‍ोवादी गिरफ्तार

    हैन, माअ‍ोवादीहरुलाई के भएको छ अचेल ? गौरको नराम्रो खबर सुन्दै गर्दा राजधानी ठमेलमा पनि माअ‍ोवादीहरु स्थानीय व्यापारीहरुबाट कुटिएका छन्। केही क्षणअघिसम्म त्यहाँको स्थिति तनावग्रस्त थियो। शान्ति सुरक्षा कायम गर्न जनपद र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो। माअ‍ोवादीहरु आफ्ना साथीलाई रिहा गर्नुपर्ने र उडल्यान्ड होटलका कर्मचारीले पाउनु पर्ने १९ लाख तलब भुक्तान गर्नुपर्ने माग गर्दै [...]

    पशुपतिबाट फर्कँदै गरेका राजाको गाडीमा ढुंगामुढा

    शिवरात्रीका दिन पशुपतिको दर्शन गरेर फर्कन लागेका राजाको गाडीमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन्। शिवरात्रीका दिन हिन्दु अतिवादीहरुले दंगा मच्चाउने भनी खबरसँगै सरकारले आज त्यस क्षेत्रमा सेनासमेत परिचालन गरेको थियो। शिवरात्रीमा पशुपति मन्दिरमा पूजा गर्न राजा एक्लै करिब सवा छ बजे आएका थिए। आएदेखि नै हिन्दु राजाको पक्ष र विपक्षमा नाराबाजी भइरहेका थिए। यसपल्ट राजाको सवारीका [...]

    प्रधानमन्त्रीको सम्बोधनमा के छ ?

    माघ २४ गते बुधबार राति अबेर आठ दलबीच सहमति भएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको अडियो सुन्न र पूर्ण विवरण पढ्न भित्र आउनुस्। यो सम्बोधन टेलिभिजनहरुमा प्रत्यक्ष प्रसारण नगरी रेकर्डेड टेप प्रसारण गरिएको थियो।

    [...]

    प्रधानमन्त्रीद्वारा वार्ताको आह्वान

    राष्ट्रप्रमुखका रुपमा पहिलो र उहाँकै शब्दमा ‘अन्तिम’ सम्बोधन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जस्तोसुकै समस्या पनि वार्ताको टेबुलबाटै समाधान हुने भएकोले वार्ताको ढोका सँधै खुला रहेको बताउनु भएको छ। उहाँले संविधान सभापछि देशलाई संघीय लोकतान्त्रिक संरचनामा लाने बताउनु हुँदै जनसंख्या र भौगोलिक क्षेत्रका आधारमा निर्वाचन क्षेत्र घटबढ हुने बताउनु भयो। यसो गर्दा जुन जिल्लामा जति निर्वाचन [...]

    "मल्लिक आयोगका दोषीलाई कारबाही नगरेर यस्तो भयो.."

    -खगेन्द्र संग्रौला-

    मल्लिक आयोगका दोषीहरुलाई कारबाही नगरेर यो सब भएको हो। मल्लिक आयोगका दोषीलाई कारबाही गरेको भए दरबारको दासका रुपमा रहेको राप्रपा नामको पार्टीको गठन हुँदैन थियो। राप्रपा नामको पार्टी नभएको भए नेकपा एमाले दरबारको नोकर लोकेन्द्रबहादुर चन्दलाई आफ्नो काँधमा बोक्ने थिएन। नेपाली काँग्रेसले दरबारको नोकर सूर्यबहादुर थापालाई आफ्नो काँधमा बोक्ने थिएन। यदि यी दुई [...]

    राजालाई खोपामा राखेर शासन गर्ने षडयन्त्र

    -डा. सुन्दरमणि दीक्षित-

    गणतन्त्र- जनताले गणतन्त्र मागे। आजसम्म दलहरुले गणतन्त्रका बारेमा चाइँचुइँ त बोलेका छन्। तर काँग्रेस पार्टी र गिरिजाप्रसाद कोइरालाले खुट्टा अडाएका छन्। यसरी अडाउनुको कारण के हो त ? उनीहरुले राणा शासन ढालिसकेपछि पाठ सिके- कसरी राजालाई खोपामा राखौँ र आफ्नो शासन जारी राखौँ- राणाहरुले जे गरेका थिए, आज शायद गिरिजाप्रसाद कोइरालाले त्यही [...]

    "हामीलाई संघीय राज्यसंरचना भएको गणतन्त्र चाहिन्छ"

    -राजेन्द्र श्रेष्ठ- [नेकपा एमालेका नेता राजेन्द्र श्रेष्ठले शनिबार भएको गणतान्त्रिक सभामा गरेको सम्बोधनको प्रमुख अंशको भावानुवाद, मूल सम्बोधन नेपालभाषामा रहेको छ जसलाई अडियो ब्लगका रुपमा भित्र गएर सुन्न सकिन्छ]

    हामीलाई संयुक्त राष्ट्रसंघले घोषणा गरेको आत्मनिर्णयको अधिकार चाहियो। आत्मनिर्णयको अधिकार भन्ने बित्तिकै कतिपयले देश टुक्रा गर्ने हो कि भन्ने गरेका छन्। वास्तवमा आत्मनिर्णय गर्ने भनेको देश [...]

    गणतान्त्रिक सभामा 'गणतन्त्र मूर्दावाद' !

    राजावादीहरुले राजतन्त्र जिन्दावाद त भन्दा त कुटाइ भेटिरहेको बेलामा गणतान्त्रिक सभामा कसैले ‘गणतन्त्र मूर्दावाद’ भन्यो भने के होला ? अझ त्यसो भन्ने मान्छे माअ‍ोवादी नेता भयो भने झन् के होला ? केही हुन्न ! एक छिन हाँसो गुञ्जन्छ। हजुर, शनिबार वृहत् नेवाः गणतान्त्रिक सभामा यस्तै भयो। काँग्रेस, एमाले, माअ‍ोवादी, प्रजातान्त्रिक सबै सहभागी स्वशासनका लागि वृहत् [...]

    "नेपालमा अब राजतन्त्र राख्नै हुँदैन"

    -भीमसेनदास प्रधान-

    [प्रधानले शनिबार भएको वृहत् नेवाः गणतान्त्रिक सभामा गरेको सम्बोधनको भावानुवाद यहाँ राखिएको हो। मूल सम्बोधन भित्र अडियो ब्लगमा सुन्नुस्]

    म नेपाली काँग्रेसको एक जना सदस्य भएको नाताले भन्दैछु- हामी सँधै संवैधानिक राजतन्त्रको पक्षमा रहेका थियौँ। २००७ सालको क्रान्तिमा भागिसकेको राजा त्रिभुवनलाई पनि भारतबाट फिर्ता बोलाएर ल्याएर फेरि राजा बनाएर राखी जनतालाई संविधान बनाउन [...]

    चिया बहसः वैशाख ११ पछि के पाए जनताले ?

    हामी सर्वसाधारणलाई नेताको कुरा भन्दा सर्वसाधारणको कुरामा नै बढी चाख लाग्छ। तपाईँलाई कस्तो लाग्छ कुन्नि ? मलाई त त्यस्तै लाग्छ। यस अडियो ब्लगमा त्यस्तै चिया बहस (वास्तवमा चिया खान बसेको ठाउँको बहस भने हैन, यत्तिकै नाम दिएको नि, कफी गफ भने जस्तो! ) तीन सर्वसाधारणका बीच वैशाख ११ पछि जनताले के पाए भन्ने विषयमा सुन्न [...]

    eXTReMe Tracker