Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

किन चाहियो दोहोरो नागरिकता ?

काठमाडौँमा भइरहेको एनआरएन मेला पनि हिजोदेखि सकिएको छ। एनआरएन भन्यो कि उपेन्द्र महतो बुझिन्थ्यो यसअघि। अब भने त्यो परिवर्तन हुने भएको छ। एनआरएन देवमान हिराचन नयाँ अध्यक्ष पाएको छ। एनआरएनको मुख्य जोड दोहोरो नागरिकतामा रहिआएको छ। सरकार लगायत कुनै पनि दल भने दोहोरो नागरिकताको व्यवस्था गर्न इच्छुक छैन, भाषणमा जेसुकै भनुन् तिनीहरुले। प्रधानमन्त्री माधवकुमार नेपालले [...]

ल पत्ता लाउनुस्- यो बाटो कहाँ जाने हो ?

ल अनुमान लगाउनुस्- यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ? सजिलोको लागि यति भनिदिउँ अस्ति मन्त्रीहरुलाई लिएर प्रधानमन्त्री टुरिस्ट बसमा गुडेका बाटोहरु मध्ये यो पनि एउटा हो। यो बाटोको बारेमा गज्जबका कुरा सुनाउन बाँकी नै छ। तर पहिला तपाईँ अनुमान लगाइ त हेर्नुस् कहाँको बाटो हो यो ?

ओबामालाई नोबल शान्ति पुरस्कार

यसपालिको नोबल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दिने भएछन्। नर्वेको ओस्लोमा आज गरिएको घोषणा अनुसार ओबामाले अन्तर्राष्ट्रिय स्तरमा शान्तिका लागि कूटनीतिक प्रयासलाई विशेष गति दिएकोले सम्मान गरिएको रे। बाराक ओबामाले मानिसहरुबीच परस्पर सहयोग, सहकार्य बढ़ाउनमा पनि मद्दत गरे रे। उनलेअंतरराष्ट्रिय संगठनलाई मज़बूत बनाउन र परमाणु अप्रसारलाई बढ़ावा दिने दिशामा पनि महत्त्वपूर्ण काम गरे रे। [...]

तपाईँलाई थाहा छ ?

F.decorate(_ge(‘photo_notes’), F._photo_notes).notes_go_go_go(746846872, ‘http://farm2.static.flickr.com/1338/746846872_a9e2fead39_t.jpg’, ’3.1444′);

काठमाडौँको व्यस्त ठाउँमध्येको एक- पुतलिसडक। त्यहाँबाट कुमारी हलतिर जाने बाटोबाहिर पुतलिसडक मेनरोडमा हिँड्नेहरु आजभोलि नयाँ बन्दै गरेको यो भवन देखेर छक्क पर्ने गर्छन्। किन ? किनभने यत्रो ठूलो सडक मै बनाइएको घरमा पनि कुनै झ्याल राखिएको छैन। झ्याल त के सानो प्वाल पनि बनाएको देखिँदैन। के होला त यो ? तपाईँलाई थाहा [...]

खाडीका नेपालीलाई लोभ देखाएर धर्म परिवर्तन

आज एउटा समाचार आएको छ- परराष्ट्र मन्त्रालयले खाडी मुलुकका कुटनीतिक नियोगहरुलाई निर्देशन दिएको सम्बन्धमा। खाडी राष्ट्रमा पैसा कमाउनका लागि गएका सोझासाझा नेपालीहरुलाई विभिन्न लोभ देखाएर धर्म त्याग्न लगाई मुसलमान बनाउने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसमाथि रोकथाम लगाउने उपाय पहिल्याउन परराष्ट्रले निर्देशन दिएको हो। परराष्ट्रले कतार, युएई र साउदी अरबमा रहेका नेपाली दूतावासलाई त्यस्तो निर्देशन दिएको [...]

आर्थिक मन्दीको असर तपाईँलाई कस्तो ?

विश्व अहिले आर्थिक मन्दीको गम्भीर संकटमा छ। अहिलेको विश्व संरचना नै यस्तो छ कि विश्वका कुनै पनि भागमा हुने कुनै पनि घटनाको प्रभावबाट विश्वका जुनसुकै भागमा बस्नेहरु अछुतो रहन सक्दैनन्। नेपालीहरु किन पो अपवाद बन्थे र। नेपालीहरुमा पनि यो संकटको असर देखिन थालिसकेको छ। भर्खरै मलेसियाले विदेशी कामदार नलिने निर्णय गरेको छ। नेपाली अदक्ष कामदारको [...]

अब राष्ट्रपतीय प्रणाली कि प्रधानमन्त्रीय प्रणाली ?

२०६७ जेठसम्म नयाँ संविधान बनाउका लागि अहिले कामहरु भइरहेका छन्। यतिबेला नयाँ संविधानको स्वरुप बनाउनका लागि राय, सुझावहरु संकलन गर्ने कार्य भइरहेको छ। आफ्नो संविधान आफैले बनाउन लागेको यो ऐतिहासिक अवसरमा तपाईँ पनि सुझाव दिन नछुटाउनुस् है। संविधान सभाको एउटा समिति राज्यको शासकीय स्वरुप निर्धारण समितिले अब बन्ने संविधानमा सरकारको स्वरुप कस्तो, निर्वाचन कसरी गर्ने [...]

संविधान कस्तो बनेको देख्‍न चाहनुहुन्छ ?

राजाले आफूमा निहीत रहेको सार्वभौमसत्ता प्रयोग गर्दै संविधान जारी गर्ने दिन अब गए। नेपालमा पहिलो पटक संविधान नेपाली नागरिक आफैले बनाएर आफैले जारी गर्दैछन्। त्यसैका लागि संविधान सभाको निर्वाचन भएको थियो। संविधान सभाले २०६७ साल जेठमा नयाँ संविधान जारी गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसै अनुसार कामहरु हुँदै पनि छन्। यसक्रममा संविधानसभा, संवैधानिक समितिको [...]

शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

फोटो हेरी फोटोलाई सुहाउने कविता लेख्‍नुहोला। कविता बाहेकका कमेन्ट यसमा नगरिदिनुहोला। कमेन्ट तत्काल प्रकाशित नभएमा केही घण्टासम्म कुर्नुपर्ने हुनसक्छ। दोहोर्‍याएर पठाउन जरुरी छैन।

अब तपाईँको पालोः डिजेलको बत्ती ठीक कि बेठीक ?

एमाले र काँग्रेसले विरोध गरिरहे पनि अन्ततः एमाले कै जलस्रोत मन्त्री रहेको माओवादीको सरकारले २ सय मेगावाटको डिजेलबाट बल्ने बत्ती (तापीय उर्जा प्लान्ट) बनाउने निर्णय गरेको छ। लोडसेडिङको भयावह स्थिति रहेकोले तत्कालका लागि यो विकल्प लागू नगरी नहुने सरकार पक्षको भनाई रहेको छ। तर विपक्षीहरु यसमा माफियाले ठूलै रकमको कमिसनको चलखेल गरेको हुनसक्ने बताउँछन्। उनीहरुका [...]

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes