युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move2, on January 3rd, 2009 पशुपतिको विषयमा विगतमा पनि निकै विवाद, बहस भएका थिए। तर अहिले जत्तिको विवाद कहिले पनि चर्किएको थिएन। विगतका केही घटना अहिलेको सन्दर्भमा सामयिक हुनसक्छ।
दुई वर्षअघि बालाचतुर्दशीको भोलिपल्ट मैले कान्तिपुर टेलिभिजनका लागि पशुपतिनाथको सम्पत्ति सम्बन्धी समाचार संकलन गरेको थिएँ । बालाचतुर्दशीको भोलिपल्ट नै पशुपतिनाथको वर्षभरीको आम्दानीको हिसाब हुने गरेको छ। जुन पछि कान्तिपुर दैनिकमा [...]
By move5, on June 1st, 2008 आज जेठ १९ गते। आजैका दिन नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। जेठ १५ गते शाहवंशीय शासनको पतन हुनुका पछाडि यो दिनको पनि महत्त्वपूर्ण योगदान रहेको छ। आज हामी त्यो हत्याकान्ड कसरी भयो, कसको दोष थियो भन्ने कुरा खोतल्न गइरहेका छैनौँ। यस विषयमा गत वर्ष माइसंसारले साताव्यापी विशेष ब्लग [...]
By move5, on May 23rd, 2008 झण्डै ३ वर्षअघि राजाको प्रत्यक्ष शासनकालमा राजाको विरोध गर्दै आयोजित नागरिक सभाका सहभागीहरुको भीडमा एक अनुहार। यी तिनै व्यक्ति हुन् जसले ०४६ सालमा नै बीबीसीलाई अन्तर्वार्ता दिँदै पाटनलाई सरकारी सुरक्षाकर्मीहरुबाट मुक्त गर्दै मुक्तिक्षेत्र गणतन्त्रको घोषणा गरेका थिए। त्यतिबेला गणतन्त्रको घोषणालाई अलि चर्कै आक्रोश ठानिएको थियो। तर समय क्रममा कतिपयलाई उबेला फ्यान्टासी लाग्ने गणतन्त्र अहिले [...]
By move7, on February 1st, 2008 [केही राजावादी मण्डलेहरुले जनआन्दोलन कालमा जस्तै फेरि इमेल र कमेन्टहरुबाट फोहरी गाली गर्ने र धम्क्याउन थालेको हुनाले उनीहरुप्रति समर्पित भएर उनीहरुका 'मालिक' को गौरवपूर्ण इतिहासको बारेमा एउटा ब्लग राखेको हुँ]
एक सालको विजयादशमीका दिन काठमाडौँस्थित तत्कालीन राजा सुरेन्द्रले बुबाको बाहुलीबाट टीका लगाउँछु भनी घोडा चढी भादगाउँ पुगे। भूपू राजा राजेन्द्रले (त्यतिबेला उनले गद्दी त्यागिसकेका थिए) [...]
By move8, on October 20th, 2007 यसपालिको दशैँमा केही पनि सोचे अनुसार भइरहेको छैन। संविधान सभा स्थगित भए जस्तै पूर्व निर्धारित सोचाइहरु स्थगित भइरहेका छन्। धमाधम विदाका दिनहरु यत्तिकै खेर गइरहेका छन्। मासु खाने, मदिरा सेवन गर्ने र तास खेल्नेहरुकै लागि मात्र दशैँ रमाइलो हुने जस्तो देखिन्छ। आफूलाई यस्तो केही मननपर्ने। केही पढौँ भन्छु त्यो पनि मन लागिरहेको छैन अनि अस्वस्थ [...]
By move8, on October 16th, 2007 मण्डलेहरुले बारम्बार लगाउने आरोप हो- दलका नेताहरु भ्रष्ट छन्। बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि देशमा भ्रष्टाचार मौलायो। उनीहरुले यस्तो आरोप यसरी लगाउँछन्, मानौँ राजाको शासन एकदमै स्वच्छ थियो। प्रजातान्त्रिक वातावरणमा जस्तो राजाको निरंकुश शासनमा भ्रष्टाचारको कुरा खुला रुपमा आउन गार्हो थियो। तर पनि त्यस्ता केही भ्रष्टाचार काण्डहरु सार्वजनिक भएका छन्। इतिहासबाट खोतलिएका भ्रष्टाचार काण्डका केही उदाहरण अब [...]
By move11, on January 22nd, 2007 कहिलेकाहीँ बितेका कुरा सम्झँदा दुःख हुन्छ, कहिलेकाहीँ रोमाञ्चित भइन्छ। एक वर्ष अगाडि शाही सरकारले राजधानीमा कर्फ्यु लगाएको थियो भने यस पटक लोकतान्त्रिक सरकारले लहानमा कर्फ्यु लगाउनु परेको छ। त्यहाँ सोमबार बिहानसम्म पनि कर्फ्यु लगाइएको छ। अलि बिसञ्चो भइरहेको छ हिजोदेखि। त्यसैले नयाँ कुराभन्दा पनि भने एक वर्ष अगाडि आजैका दिन शाही सरकारले गरेको हस्तक्षेपका सम्बन्धमा [...]
By move12, on January 4th, 2007 राजा महेन्द्रको मृत्यु आत्महत्याबाट ? शीर्षकको ब्लगमा धनञ्जय पौडेलको नामबाट आएको कमेन्ट पढ्दा अनौठो लाग्यो। अनि मैले हिजो भर्खर पढेर सिध्याएको कृष्ण अविरलको ‘रक्तकुण्ड’ र धनञ्जय पौडेलको कमेन्टमा लेखिएका कुराहरुलाई दाँजेर हेर्न थालेँ। पौडेलको कमेन्टमा भन्दा बिल्कुल फरक देखाइएको छ हालकी ‘मुमा वडामहारानी’ रत्नको। पुस्तकको समीक्षामा नै कृष्ण धरावासीले लेखेका छन्- यो कृतिले रत्नप्रति सहानुभूति [...]
By move12, on January 3rd, 2007 संविधान सभाको सट्टा संसदको चुनाव गराएर पनि जननिर्वाचित सरकारलाई सैनिक ‘कू’ गरी निरंकुश पञ्चायती व्यवस्था लादेपछि जारी नयाँ शिक्षा अन्तर्गत ‘महेन्द्र माला’ लगायतका पुस्तक पढेका हामीले राजा महेन्द्रको मृत्यु हर्ट अट्याकबाट भएको बुझेका थियौँ। तर राजा महेन्द्रको मृत्यु आत्महत्याका कारण पो भएको रहेछ। मानसिक तनावका कारण उनले आत्महत्या गरेका रे।
Tweet [...]
By move13, on September 28th, 2006 पोहोरको फोटो हो यो माथिको। त्यतिबेला देशमा राजाको एकलौटी शासन त थियो नै, राजगद्दीले नपुगेर मन्त्रिपरिषद्का अध्यक्षको रुपमा प्रधानमन्त्रीको कुर्सी पनि उनकै कब्जामा थियो। तर पोहोर र यसपालिको दशैंका बीचमा शहीदको रगत बगेर आएको लोकतन्त्र खडा भएको छ। यो लोकतन्त्र दरबारबाहिर मात्र नभएर दरबारभित्र पनि लागू हुन्छ कि ? यसपालि त यसरी जुत्तै लगाएर [...]
|
|
Recent Comments