मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अमेरिकाले घुँडा टेक्यो नेपालसित

    अमेरिका अरु कुरामा विश्वकै शक्ति राष्ट्र भए पनि क्रिकेटमा भने हामी नेपाली नै अब्बल ठहरियौँ। आयरल्यान्डमा आज भएको आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोटमा नेपालले अमेरिकालाई ९९ रनको ठूलो अन्तरले पराजित गर्न सफल भयो।

    प्रतियोगिताका छ शीर्ष टिम अर्को वर्ष अस्ट्रेलियामा हुने विश्वकपका लागि छनौट हुने हुँदा नेपाल यसअघि नै छनौट भइसकेको थियो। आजको [...]

    नेपाली फुटबललाई माया देखाउने दिन आज

    जोर्डन हामीभन्दा धेरै अगाडि रहेको टिम हो। तर हामी पनि कम छैनौँ। विश्वकप खेलेको उत्तर कोरियासँग हामीले हाम्रै भूमिमा कम अन्तरको पराजय भोगेर बहादुरी प्रदर्शन गरेका थियौँ। आज त्यस्तै स्थिति दोहोर्‍याउने समय हो। त्यसैले विश्वकप फुटबलको छनौट चरणको दोस्रो लेगमा होमग्राउन्डमा आज नेपाली फुटबललाई माया गर्नेहरु पुग्नै पर्छ। जोर्डनमा भएको ९-० को पराजयलाई लिएर [...]

    आज राति नेपालको जोर्डनसँग महत्त्वपूर्ण खेल

    अपडेटः मध्यान्तर अगाडि चार गोल र पछि थप पाँच गोल गरी नौ गोल खाएर नेपाल जोर्डनसित पराजित भएको छ। आउँदो बिहीबार दशरथ रंगशालामा हुने खेलमा नेपालले १० गोल गरे मात्र नेपाल अब विश्वकप छनौटको तेस्रो चरणमा प्रवेश गर्न सक्नेछ। -सुफल काफ्ले/जोर्डन-

    ब्राजिलमा हुने सन् २०१४ को विश्वकप फुटबलको छनौट चरण अन्तर्गत नेपालले आज जोर्डनसँग राजधानी [...]

    दशरथ रंगशालाबाट दक्षिण अफ्रिका जोडिँदा

    मध्यरात सवा १२ बजेको दृश्य। अरु बेला भए यो ठाउँ मात्र हैन, सडकै सुनसान भइसक्थ्यो। यो दिन भने झण्डै १० हजार दर्शक उपस्थित थिए दशरथ रंगशालामा। उनीहरु दक्षिण अफ्रिकाको सकर सिटी रंगशालासित जोडिएका थिए- विश्वकप फुटबलको फाइनल खेल हेर्न। चोकचोकमा, रेस्टुरेन्टहरुमा प्रोजेक्टर राखेर ठूलो पर्दामा खेल हेर्नु सामान्य भइसक्यो, रंगशाला मै ठूलो पर्दामा खेल [...]

    स्पेन कि नेदरल्यान्डस?

    एक महिना लामो फुटबल उत्सवको आज समापन दिन। एउटा नयाँ टिमले विश्वकपको ट्रफी उचालेर इतिहास रच्ने दिन। विश्व आज दुई पक्षमा विभाजित हुँदैछ- कि स्पेन कि नेदरल्यान्डस। काठमाडौँमा आ-आफूले समर्थन गर्ने देशको झण्डा अनुहारमा पोतेको देखिएको छ। माथिका दुई फोटो केही घण्टाअघि सिटी सेन्टरमा खिचिएको हो। स्पेनको जर्सी लगाएर हिँडेकाहरु पनि थुप्रै भेटिएका थिए। [...]

    उरुग्वेलाई ढाल्दै नेदरल्यान्डस फाइनलमा

    उरुग्वेलाई २ का विरुद्ध ३ गोलले ढाल्दै नेदरल्यान्ड्स विश्वकपको फाइनलमा पुगेको छ। ३२ वर्षपछि डच टिम फाइनलमा पुगेको हो। यसअघि १९७४ र १९७८ मा नेदरल्यान्डस फाइनलमा पुगेको थियो। अनि दुवै पटक आयोजक राष्ट्रसित पराजित भई उपाधिविहीन बन्न पुगेको थियो- ७४ मा जर्मनी र ७८ मा अर्जेन्टिनासित। यसपालि आयोजक दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिसक्यो। के [...]

    जर्मनी कि स्पेन? नेदरल्यान्डस् कि उरुग्वे?

    विश्वकप जित्‍ने महत्त्वाकांक्षाका साथ दक्षिण अफ्रिकामा भेला भएका ३२ टिममध्ये चार बाहेक सबै घर फर्किसकेका छन्। यी चार दुई बन्नेछन् अनि दुईबाट एक विजेता चुनिने छ। चारमध्ये एक दक्षिण अमेरिकी राष्ट्र र बाँकी तीनै वटा युरोपेली राष्ट्र परेका छन्। चार मध्ये दुईले पहिले विश्वकप जितिसकेको छ, दुईले पहिलो पटक उपाधि जितेर इतिहास रच्ने मौका [...]

    लज्जास्पद हार सहेर घर फर्कियो अर्जेन्टिना

    जर्मनी र अर्जेन्टिनाबीचको क्वार्टर फाइनल खेललाई धेरैले फाइनल जस्तो मानेका थिए। अनि सोचेका थिए-दुवै टिमबीच कडा प्रतिस्पर्धा हुनेछ। तर अन्तिम स्कोर पत्याउनै नसकिने निस्कियो। ० का विरुद्ध ४! कसैले पनि यस्तो स्कोर होला भनेर अनुमान गरेका थिएनन् होला। म्याराडोनाका फ्यान रहेका धेरै स‍‌ख्यामा नेपालीहरु अर्जेन्टिनाका समर्थक छन्। उनीहरु यसपालि जसरी पनि अर्जेन्टिना जित्छन् भन्ने अति [...]

    जापानको पीडादायी विदाइ

    आँसु झार्दै जापानी समर्थक। एसियाको एक मात्र आशाको रुपमा रहेको जापानको विश्वकप यात्रा पीडादायी रुपमा अन्त्य भएको छ। ९० मिनेटको निर्धारित समय र थपिएको ३० मिनेटमा पनि गोल हुन नसके पछि भएको पेनाल्टी सुट आउटमा जापानलाई भाग्यले साथ दिएन। पेनाल्टीमा दुवै गोलकिपरले एउटा पनि बल रोक्न सकेनन्। तर जापानका कोमानोले हानेको बल माथिल्लो बारमा [...]

    रिप्ले देखाउनु चैँ गल्ती रे

    अर्जेन्टिनाको अफसाइड गोलः यसरी रिप्ले देखाउनु गल्ती हो रे फिफाका अनुसार। यस पटकको विश्वकपमा रेफ्रीका निर्णयहरु एकपछि अर्को गर्दै विवादमा पर्दै प्रविधिको उपयोग गर्न दबाब बढिरहेका बेला फुटबलको सर्वोच्च संस्था फिफाका प्रवक्ताले भने रिप्ले देखाउनु गल्ती भएको बताएर जग हँसाए। अर्जेन्टिना र मेक्सिकोबीच भएको प्रिक्वार्टर फाइनल खेलमा अर्जेन्टिनाका कार्लोस टेभेजले गरेको पहिलो गोल खेल [...]

    eXTReMe Tracker