युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move9, on August 29th, 2007 -सूर्य खड्का-
आज अनायास किन बेचैनी बढिरहेछ ? ए, रातको एक बजिसकेछ । तैपनि निद्रा किन पर्दैन ? हिजोमात्रै रक्षाबन्धन पनि बाँधेकै हुँ । ए, बिहान हुनै लाग्यो नि । अब त शहर भर गाईजात्रा हेर्न पाइने होला । तर हेर्ने पनि कसरी र खै सडकमा निस्किसक्नु छैन । जताजतै मुर्दावाद मात्रै घन्किरहेको सुन्छु देख्छु [...]
By move14, on August 16th, 2006 गाइजात्रा विशेष गाइजात्राका व्यङ्ग्य र प्यारोडीहरु अझै पनि केही बाँकी थिए। तर बेनी तिर लागिएकाले समय मै अपडेट हुन सकेन। आज अर्थात् साउन ३१ गते बुधबार हामी काठमाडौं फर्किएका छौं। त्यहाँबाट ल्याएका अडियो, भिडियो, फोटो र जानकारीहरु अपडेट गर्ने नै छु। तर थाकेको हुनाले आजलाई भने त्यही प्यारोडी। यो कमल गाउँलेले गाएको “कलकत्ते काइँयो..” को [...]
By move14, on August 12th, 2006 गाइजात्रा विशेष गाइजात्रे सप्ताहको कोसेलीका रुपमा यो एउटा अर्को प्यारोडी “जनतालाई दबाउने शासकको चलखेल रोकियो” सुन्न भित्र आउनु होला। त्यसो त चलखेल कहाँ रोकिएको छ र ? तर पनि प्यारोडी गाउनेले यसरी नै गाइदिए।
Tweet
By move14, on August 12th, 2006 गाइजात्रा विशेष गाइजात्रा प्यारोडी प्रस्तुत गर्ने क्रममा यो अर्को प्यारोडी यहाँ प्रस्तुत गरेको छु। ए बा, नगर पीर सुर्ता…बोलको यो गीतले कसलाई व्यङ्ग्य गरेको हो तपाईँ आफै बुझ्नुस्। कसैलाई फुर्सद भए कमेन्टमा गीतका बोलहरु पनि टिपेर राखिदिनुहोला है त। प्यारोडी सुन्न भित्र आउनु होला।
Tweet [...]
By move14, on August 11th, 2006 गाइजात्रा विशेष सप्ताहव्यापी रुपमा मनाइने गाइजात्रा व्यङ्ग्यका क्रममा एउटा अर्को प्यारोडी यहाँ राखेको छु। “चोली राम्रो पाल्पाली ढाकाको..” को लयमा गाइएको छ- खत्तम हजुर, जसले जे गरे नि छैन उजुर। सुन्नलाई भित्र आउनुस्।
Tweet
By move14, on August 10th, 2006 गाइजात्रा विशेष गाइजात्रा अहिले ‘गे जात्रा’ मा परिणत गराइँदैछ। विगत केही वर्षदेखि गाइजात्राको दिन पारेर नेपालका गेहरुले जुलुस निकाल्दै आएका छन्, जुन यो वर्ष पनि जारी रह्यो। पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रता पाइने एक मात्र दिनका रुपमा रहेको पत्रपत्रिकाका गाइजात्रे विशेषाङ्क केही वर्षदेखि अश्लील कुरा छाप्ने दिन बनेको छ। गाइजात्रा व्यङ्ग्य गर्ने दिनका रुपमा पनि रहेको [...]
By Salokya, on August 19th, 2005 आज साँझ ५ बजे शाही घोषणा
२०६२ भदौ ४ शनिबार श्री ५ बाट नेपाल अधिराज्यको संविधान धारा १२७ बमोजिम राजनीतिक दलहरुमाथि ५ वर्षका लागि प्रतिबन्धको घोषणा गरिबक्सेको छ। यस सम्बन्धमा आज साँझ ५ बजेको साइटमा रेडियो र टेलिभिजनबाट देशवासीका नाममा विशेष शाही सम्बोधन बक्स हुने बताइएको छ। दरबारनिकट मेरा मित्र त्राजाइगाले जनाएअनुसार श्री ५ बाट [...]
By Salokya, on August 19th, 2005 २०६२ भदौ ४ शनिबार
राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने सुँइको पाउनेबित्तिकै नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला गृहनगर विराटनगरस्थित आफ्नो निवासबाटै बेपत्ता हुनुभएको छ। आज बिहान ६ बजे नै कोइरालानिवास घेर्न गएका सेनाहरुद्वारा अहिले उनको व्यापक खोजी भइरहेको छ र आत्मसमर्पण गर्न विराटनगरवासीको कानै टट्टिने गरी माइकिङ भइरहेको छ। बाँकी
आज हाम्रो कार्यालयमा ठाउँको फ्याक्स [...]
By Salokya, on August 19th, 2005 २०६२ भदौ ४ शनिबार राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाई नयाँ मोडेलको व्यवस्था लागू गराउने सुँइको पाएपछि हिजो मध्यरातबाट सुरु भएको एमालेका नेताहरुको बैठकमा गम्भीर मतभेद निस्किएको र पार्टी विभाजित हुने स्थितिसम्म पुगेको बताइएको छ। महासचिव माधवकुमार नेपालले अब यो स्थितिमा टिक्ने र आफ्नो बाटो खुला गर्ने अर्को बाटो नभएको हुँदा शाही घोषणाको स्वागत गर्दै वक्तव्य [...]
|
|
Recent Comments