मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नयाँ दिल्लीमा गणतन्त्रको पक्षमा प्रदर्शन हुने

    नेपालमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा भारतको राजधानी नयाँ दिल्लीमा एक महिनापछि फेब्रुअरी १२ मा विशाल प्रदर्शन हुने भएको छ। तर, भारतका प्रवासी नेपालीहरुको विभिन्न संगठनबीच मतभिन्नता रहेकोले सबै मिलेर संयुक्त प्रदर्शन गर्न लागेका भने हैन रहेछन्। दुःखलाग्दो कुरा !

    मेरो ईमेलमा प्राप्त भएको नेपाली जनअधिकार सुरक्षा समिति, भारतका अध्यक्ष लक्ष्मण पन्तले जारी गरेको प्रेस विज्ञप्ति पढ्न [...]

    सुगरिका लागिन् सान्यातर्फ

    फिलिपिन्सबाट रित्तो हात मिस नेपाल फर्स्ट रनर अप शभोना फर्केको केही दिनपछि मिस नेपाल सुगरिका केसी सान्या, चीनतर्फ लागेकी छिन्- मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न। सान्या लाग्नुअघि मंगलबार सुगरिकाले प्रेससँग भेटघाट गरेकी थिइन्। हाम्री मिस नेपालको आधिकारिक उमेर १९ वर्षमात्रै हो। मिस वर्ल्डको आधिकारिक साइटमा पनि त्यही लेखिएको छ। अब अरुले हामीलाई कति फटाहा भन्ने [...]

    नाम चाहियो रे !

    २०६२ कात्तिक ९, बुधबार नाममा के छ र ? भनी सेक्सपियरले जति नै फलाके पनि मान्छेलाई नाम नभई हुन्न क्या रे। नामको महत्त्व त ठूलो पो छ त। मान्छेलाई मात्र हैन सबैथोकलाई नामको आवश्यकता हुन्छ। पार्टीलाई त नामको आवश्यकता हुने नै भयो। दरबारनिकट भनेर चिनिने तर हालका दिनमा दरबारकै सरकारको चर्को विरोध गर्दै हिँड्ने अनि [...]

    सिरीमा सिरी नि माइला

    २०६२ असोज ३० आइतबार पाँच दिन विदा बसेर आज पहिलो दिन अफिस पुगेँ। दसैंको ह्याङअ‍ोभर अझै सकिएको छैन काठमाडौंमा। अझै पनि बाटो सुनसान नै देखिन्छ। यसपालिको दसैं यत्तिकै बित्यो। दिनभर र राति अबेरसम्म कम्प्युटरमा टाँस्सिएर बस्दा आँखा नै कमजोर भएको जस्तो अनुभव भएकोले कम्प्युटरमा बस्न अलि कम गर्नुपर्ने महसूस गरिरहेको छु। विगत केही दिनदेखि पडकास्टिङका [...]

    ‘मेरो सं‍सार’ले सरकारको साइट हल्लायो

    २०६२ असोज २१ शुक्रबार मेरो संसार सरकारी अधिकारीहरुको नजरमा पनि परेको छ भन्ने सुनेको मात्र थिएँ। तर आज प्रत्यक्ष प्रमाण देखियो। मंगलबार मैले राजाको निर्माण हुँदैछ भनी एउटा ब्लग लेखेको थिएँ। त्यसमा मैले राजाको व्यक्तिगत विवरण अपडेट गर्न ढिलाइ भइरहेको विषयमा कुरा उठाएको थिएँ। मेरो संसारले उठाएको कुरा तत्काल सम्बन्धित पक्षकहाँ पुगेछ र हिजो बिहीबार [...]

    समाचारभित्र लुकेका समाचार

    २०६२ असोज २१ शुक्रबार

    आज सरकारी समाचार एजेन्सी राससका केही समाचार देख्दा जनताले यस्तो महसूस गरे-

    समाचारः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह पश्चिमान्चल विकास क्षेत्रको वस्तुस्थिति बुझिबक्सने सिलसिलामा बिहीबार पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्रबाट बुटवल बसपार्क अगाडि रहेको लुम्बिनी अन्चल प्रशासन कार्यालयसम्म करिब ६ [...]

    शुभकामना…. विजया दशमीको कि दशैंको ?

    २०६२ असोज १९ बुधबार अहिले नेपालीहरुमा शुभकामना दिने लहर चलेको छ। नेपालीहरुको महान चाड दशैं मंगलबार घटस्थापनापछि अ‍ौपचारिक रुपमा सुरु भइसकेको छ। वातावरण दशैंमय हुन थालिसकेको छ। त्यसैले शुभकामना आदानप्रदानको क्रम पनि बढेको छ। तर, मैले एसएमएस, फोन र इमेलबाट पाएका ९० प्रतिशत शुभकामनामा विजयादशमीको शुभकामना दिइएको हुन्छ। हुनत शुभकामना भनेको दिनेको खुशी हो, यही [...]

    काठमाडौंकी पूर्णिमा मिस नेपाल हङकङ

    काठमाडौंकी १९ वर्षीया सुन्दरी पूर्णिमा गुरुङ (तस्वीरमा) हङकङमा आयोजित मिस नेपाल हङकङ उपाधि जित्न सफल भएकी छिन्। आइतबार राति अबेरसम्म भएको मिस नेपाल हङकङ २००५ मा धरानकी दीपा विश्वकर्मा फस्ट रनरअप र काठमाडौंकी अर्की सुन्दरी सुनिता थापाले भने क्रमशः फस्ट र सेकेण्ड रनर अपको उपाधि जितिन्। जम्मा दश सुन्दरीले भाग लिएको यो प्रतियोगितामा कसैले [...]

    ह्यापी बर्थ डे !

    एक वर्षमा देखिएको अन्तरः युवराज्ञी हिमानी ३० अ‍ौं वर्ष प्रवेशको उपलक्ष्यमा राजदरबारबाट जारी आधिकारिक तस्वीर (बायाँ) र पोहोर जारी गरिएको तस्वीर ( दायाँ)।

    संयोग भन्ने कि के भन्ने, सडकमा तारो बन्दै आएको छ विपक्षीहरुबाट राजा र राजपरिवारका सदस्यहरु तर युवराज्ञी हिमानीका विषयमा हालसम्म कुनै त्यस्तो नकारात्मक टिप्पणी सुनिएको मलाई थाहा छैन। यसरी हेर्दा राजपरिवारका [...]

    राजाको ललितपुर भ्रमणमा यस्तो पनि भयो…

    २०६२ असोज ७ शुक्रबार राजाको हिजोको ललितपुर भ्रमणका क्रममा देखिएका केही रमाइला केही नरमाइला कुराहरुलाई यस ब्लगमा समेट्ने कोशिश मैले गरेको छु। – बिहानैदेखि भ्रमणका कारण ललितपुर ठप्प थियो। सुरक्षा कडा थियो अनि सवारी साधन चलाउने अनुमति थिएन।

    - भ्रमणमा सुरक्षा व्यवस्था मिलाउन कि किन हो, उपत्यकाका अधिकांश स्थानमा ल्यान्डलाइन टेलिफोनमा डायल टोनसमेत नआउने [...]

    eXTReMe Tracker