मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पद्मरत्न तुलाधर माअ‍ोवादी कमान्डर ?

    २०६२ असोज २ आइतबार भारतीय सञ्चारमाध्यमहरुले नेपालको विषयमा समाचार बनाउँदा कति हचुवाका भरमा बनाउँछन् भन्ने कुरा धेरै पटक देखिसकेको छ र भर्खरैको घटनाले त्यसलाई थप पुष्टि गर्ने काम गरेको छ। भयो के भने जी न्युजले बिहीबार र शुक्रबार गरी लगातार दुई दिनसम्म विहारको चुनावसम्बन्धी एउटा रिपोर्टमा नेपालका माअ‍ोवादीका कमान्डर प्रचण्ड भन्दै पद्मरत्न तुलाधरको तस्वीर देखायो। [...]

    कोफी अन्नानलाई मण्डलेहरुको ज्ञापन पत्र

    २०६२ भदौ ३० बिहीबार सात दलले संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानलाई वर्तमान सरकारका प्रतिनिधिलाई मान्यता नदिन ज्ञापन पत्र पठाएपछि तिल्मिलाएका मण्डलेहरुले आफ्नोतर्फबाट पनि एउटा ज्ञापन पत्र उहाँलाई पठाएको कुरा सरकारी समाचार एजेन्सी राससले आजको बुलेटिनमा दिएको छ। भन्नचाहिँ नेपालका १८ राजनीतिक दल भनेर भनिएको छ तर नाम पढ्नुभयो भने चाहिँ हाँसो उठ्न सक्छ। राससका अनुसार [...]

    अहिले नै गणतन्त्रको नारा लगाइहाल्नु उचित हुँदैनः काँग्रेस

    २०६२ भदौ ९ बिहीबार नेपाली काँग्रेसको ११ अ‍ौं महाधिवेशन सुरु हुन अब ६ दिनमात्र बाँकी छ। यसक्रममा पार्टीबीच नयाँ नीति र कार्यक्रमका बारेमा बहस सुरु भएको छ। विधान संशोधनका लागि विधान संशोधन समितिका बैठकहरु पनि भइरहेका छन्। यसै सन्दर्भमा काँग्रेसभित्रका कुरा बुझ्न सजिलो होस् भन्ने अभिप्रायका साथ विधान संशोधन समितिमा महासमिति सदस्य लोकेश ढकालले प्रस्तुत [...]

    मूल्यवृध्दिको आन्दोलन चर्कियो

    २०६२ भदौ ५ आइतबार पेट्रोलियम पदार्थको मूल्यवृध्दिको विरोधमा अमृत साइन्स क्याम्पस र शंकरदेव क्याम्पस बाहिर भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा ३० विद्यार्थी घाइते भएका छन्। प्रहरीतर्फ पनि आधा दर्जन जति घाइते भएका छन्। विद्यार्थीले टायर र पुत्ला जलाएका थिए। प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घाइते विद्यार्थीमध्ये ५ को अवस्था चिन्ताजनक भएको बताइएको [...]

    यसरी मनाइयो गाइजात्रा

    २०६२ भदौ ४ शनिबार गाइजात्रामा मैले राखेका गाइजात्रे समाचारलाई धेरैले साँच्चिकै समाचार ठानेछन्। हुन पनि यस्तो हुने अनुमान धेरैले गरेका थिए। तर मैले समाचार गाइजात्रे होलान् भनी चाल पाउन् भनी मास्टहेड उल्टो राखेको थिएँ र समाचार सूत्र पनि त्राजाइगा भनेर उल्लेख गरेको थिएँ। त्राजाइगा अर्थात् उल्टोबाट गाइजात्रा। एक मित्रले राजाबाट त्यस्तो घोषणा भएकोले विरोधस्वरुप लोगो [...]

    पशुपतिमा विस्फोटका कारण आतंक

    २०६२ साउन ३० आइतबार पशुपतिमा आज एकाएक विस्फोट हुँदा आतंक मच्चियो। सुरुमा त के भयो भनी धेरैले थाहा पनि पाएनन्। भागाभाग भयो, तनावग्रस्त भयो पूरै क्षेत्र। पछि थाहा भयो, कालिकोटमा माअ‍ोवादी आक्रमणमा मारिएका धनबहादुर नामका एक सैनिकको दाहसंस्कार हुँदै गर्दा चितामा नै शव पड्किएको रहेछ। यसरी विस्फोट भएपछि आफन्त, मलामी र त्यहाँ उपस्थित अरुहरुमा भागदौड [...]

    विदेश पुगेको नेपाली धरोहर

    नेपाली कलाकृतिका यी अनुपम नमूना हाल विदेशी म्युजियमको शोभा बढाउन प्रयोग भइरहेका छन्। नेपालका ठूलै प्रभावशाली व्यक्तित्त्वहरु शामेल रहेको यो मूर्तिचोरी धन्दाले कति अमूल्य कृतिहरु विदेश पुर्‍यायो, त्यसको कुनै लेखाजोखा नै छैन। आजभोलि त आन्दोलन गर्ने नेताहरुले पनि मञ्चबाट मूर्तिचोर को? भनी हाकाहाकी प्रश्न सोध्न थालेका छन् र त्यसो गर्दा दर्शकहरुले पनि नामै किट्न थालेका [...]

    भारतीय हतियारका कारण सेनाले क्षति भोग्नुपरेको

    २०६२ साउन २८ शुक्रबार कुरा सुरु गर्नु भन्दा पहिले केही भनाई जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु

    “माअ‍ोवादीविरुध्दको कारबाहीमा शाही नेपाली सेना प्रभावकारी हुन सकेको छैन। माअ‍ोवादीलाई तुरुन्तै नियन्त्रणमा लिन नसकिए त्यो दुर्भाग्यपूर्ण हुनसक्छ” भारतीय रक्षामन्त्री प्रणव मुखर्जी, शनिबार “भारतले उपलब्ध गराएको इन्सास हतियार छिट्टै तातेका कारण नै सैनिकहरुले बेस क्याम्प छाड्नु पर्ने स्थिति आएको हो” [...]

    इन्टरनेटमा नेपाली यौन भिडियो

    इन्टरनेटमा आजभोलि एउटा यौन भिडियोलाई नेपाली नाम दिएर खुबसित प्रचार गर्ने काम भइरहेको छ। अहिले विशेषतः भारतमा मोबाइलबाट आदानप्रदान हुने भिडियो अर्थात् एमएमएसको बाढी नै आएको छ। यसै क्रममा यो एमएमएसलाई नेपाली भिडियो भन्दै प्रचार भइरहेको छ। (भित्रका लिंक र तस्वीर वयस्कहरुले मात्र हेर्ने किसिमको भएकोले तपाईँलाई सुरु मै सचेत गराइन्छ) नेपालका मोबाइलमा भिडियो आदानप्रदान [...]

    गगन थापाको समर्थनमा जुलुस

    २०६२ साउन २७ बिहीबार सरकारले राज्यविरुध्दको अभियोग लगाउन हिरासतमा राखिरहेका नेपाल विद्यार्थी संगठनका पूर्व महामन्त्री गगन थापाको रिहाइको माग गर्दै आज अपराह्न साढे ३ बजे नयाँ बानेश्वरबाट मोटरसाइकल र्‍याली निकालियो। थापाले हिरासतबाटै नेविसंघको आसन्न महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारीको घोषणा गरिसकेका छन्। तस्वीरः उमेश थप तस्वीर

    [...]

    eXTReMe Tracker