मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शान्ति प्रकिया र संविधान निर्माणमात्र होइन भट्टराईको प्राथमिकता

    -दीपक भट्टराई-

    सभासदहरुको टोलीको नेतृत्व गर्दै गत वर्ष भारतीय राज्य बिहार पुगेका बाबुराम भट्टराईले त्यहाँका मुख्यमन्त्री नितिश कुमारलाई बिहारको उन्नतिको रहस्य बारेमा सोधेका थिए। टोलीमा सँगै गएका काँग्रेस नेता गगन थापाका अनुसार पाँच मिनेट लामो भट्टराईको प्रश्नको उत्तरमा मुख्यमन्त्री नितिश कुमारले प्रगतिको कारणमा तीन शब्द मात्र भने- ‘रुल अफ ल’ अथवा कानुनी शासन।

    आर्थिक वृद्धिदर [...]

    राज्यले हामीलाई के दिएको छ ?

    दीपक भट्टराई/कलियुगका कुरा

    बिबिसी वर्ल्ड सर्भिस ट्रष्टको रेडियो र टेलिभिजन कार्यक्रम साझा सवाल रेकर्डिङका लागि विभिन्न ठाउँमा जाँदा दुखीजन हुन् कि सुखीजन धेरैको मुखबाट बोलिने एउटा वाक्य यही हो ‘राज्यले हामीलाई के दिएको छ ?’

    केही समय अगाडि भरतपुर कृषि क्याम्पसमा कृषि सम्बन्धि वहस भइरहेका बेला त्यहाँका डिनले भने राज्यले हामीलाई के दिएको छ। उनलाई [...]

    रवीन्द्र मिश्र अब फिल्म कलाकार

    बिबिसी नेपाली सेवाका प्रमुख पत्रकार रविन्द्र मिश्र अब कलाकार पनि बन्ने भएका छन्। त्यो पनि नेपाली ठूलो पर्दाको फिल्म ‘हाइवे’ मा। राजधानीको १९०५ रेष्टुराँमा शुक्रबार एक कार्यक्रमका बीच हाइवे फिल्म बनाउने घोषणा गरिएको थियो। फिल्मका अन्य कलाकारहरुमा महेश शाक्य (कर्मा), विनय श्रेष्ठ, सौगात मल्ल, ऋचा शर्मा सहितका छन्। हाइवेमा पत्रकार मिश्र एक डाक्टरको भूमिकामा देखिदै‌छन्।फिल्म [...]

    शरण आएपछि…..

    एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गत वर्ष प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि भारतीय पत्रिका ‘हिन्दु’ मा दिएको अन्तरवार्तामा राजिनामा पहिले भारत सरकारको विशेष दूतसँग कुरा गर्न चाहेको तर नपाएको गुनासो व्यक्त गरेका थिए। अब प्रचण्डको त्यो मनसुवा पुरा हुने भएको छ। तीन-तीन पटकको चुनावमा पनि प्रधानमन्त्री छान्न नसकेपछि ‘भारतीय प्रधानमन्त्रीका विशेष दूत हुँ’ भन्दै त्यहाँका [...]

    आत्महत्या नगर्नुस् है प्लिज

    आदरणीय सभासद ज्यूहरु

    कृपया आत्महत्याको प्रयास नगर्नुहोला। नयाँ प्रधानमन्त्री को बन्छ भन्ने अड्कलबाजीमा व्यस्त रहेका बेला हामीले नेकपा मालेकी सभासद शारदा नेपालीले गरेको आत्महत्याको प्रयासमा खासै ध्यान पुर्याउन सकेनौं। तर पनि तपाइहरुलाई पुरै वेवास्ता गरेको भने होइन। केही टेलिभिजन र दैनिक पत्रिकाहरूले सभासद नेपालीको आत्महत्याको प्रयासलाई समाचार बनाएका पनि हुन्। त्यत्ति हो उहाँको मनोदशाको विश्लेषण [...]

    चीर शान्ति पाओस् बुबाको आत्माले

    -दीपक भट्टराई-

    किरियापुत्री बसिरहेको घरमा जानु आफैमा असजिलो लाग्ने काम हो। त्यसमाथि वेदनाले हत्तपत्त नछुने र छोयो भने छोड्दै नछोड्ने म जस्तालाई, त्यस्तो घरमा गएपछि कसरी प्रस्तुत हुने भन्ने कुराले असाध्यै पिरोल्छ। साधारण लोकचार नजान्ने हुँदा म त्यस्ता स्थानमा कि बोल्ने शब्द नै पाउँदिन, कि असाध्यै धेरै बोलेर किरियापुत्रीलाई नै दिक्क बनाउँछु।

    पुराना सहपाठी, सहकर्मी [...]

    संविधान सभाको निर्वाचन हुन्छ, निर्वाचन हुन्न

    -दीपक भट्टराई-

    पत्रकार भनेर चिनेका जति सबैले (पत्रकार इतरका) आजभोलि भेट हुनासाथ मेरो र परिवारको सञ्चो विसञ्चो भन्दा पनि संविधान सभाको चुनाव चैतमा होला त भनेर सोध्न थालेका छन्। भविष्यद्रष्टा भइदिएको भए त आफूले पनि ठ्याक्कै जवाफ दिन हुन्थ्यो। आजभोलि, खोई, हुनु त पर्ने हो तर नेताहरुले के गर्छन् भनेर फुत्किनु भन्दा अरु उपाय छैन। [...]

    हरियो पासपोर्टले दिएको हैरानी

    -दीपक भट्टराई/युरोप-

    पहिलो पटक युरोप यात्रामा निस्कनका लागि भिसा पाउन त्यति सजिलो थिएन। तर, भिसा नै नपाएर बूढा विदेशमा, बूढी नेपालमा बसेका धेरै नेपाली झैँ आत्तिनु भने परेन। बिना कुनै कार्यक्रम र कुनै संस्थाको स्पोन्सर नभए पनि जर्मन एम्बेसीले आठ-दस वटा कागज हेरेपछि हरियो नेपाली पासपोर्टमा छाप हानिदिएको थियो, पाँच हजार दुई सय रुपैयाँ शुल्क [...]

    युरोपबाट नमस्ते !

    -दीपक भट्टराई/पेरिस- युरोप यात्रामा निस्केको ठ्याक्कै एक सातामा बल्ल आज लेख्ने मौका जुर्‍यो। युरोप यात्रामा निस्कनु पहिले नै हामीले ब्लग लेख्न सहज होस् भन्ने सोचेरै नेपाल मै एउटा ल्यापटप खोजेका थियौँ। तर भने जस्तो पैसामा भनेजस्तो ल्यापटप पाइएन। युरोप आएपछि नेपाली फन्ट डाउनलोड गरेर कम्प्युटरमा लेख्ने दर्जनौँ पटकको प्रयास असफल भएपछि यो सामाग्री स्क्यानिङ गरेर [...]

    विद्रोह र सम्पत्ति

    -दीपक भट्टराई- “तपाईँ ठीक दुई बजे कालिमाटी चोकको महेन्द्र शालिकनिर उभिनुहोला, त्यहाँबाट तपाईँलाई हाम्रा एक साथीले टिप्नेछन्, कसैलाई पनि खबर नगरी आउनुहोला।” तोडफोडपछि कपडाले छोपेर राखिएको महेन्द्र शालिकनिर साउने शनिबारको मध्य घाममा उभिएर प्रत्येक मानिसको अनुहार चिहाइरहन असजिलो लागेको भए पनि समाचारका खातिर, घरीघरी मोबाइलमा समय हेर्दै उभिइरहेको थिएँ। माओवादीले भूमिगत राजनीति छोडेपछि एक डेढ [...]

    eXTReMe Tracker