मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    "इट जस्ट ह्यापन्ड.."

    -दीपक भट्टराई- बेलायत भ्रमणबाट फर्केको एक साता नहुँदै, दोस्रो जनआन्दोलन दबाउन पद र शक्तिको दुरुपयोग गरेको अभियोगमा कारवाही गर्नुपर्ने रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट प्रधानसेनापति रुक्माङ्गत कटवाल अष्ट्रेलिया जानका लागि शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गर्दै थिए। सैनिक श्रोतले पहिले नै भनेको थियो, खिच्न आउन पर्दैन है पत्रकारहरुलाई अनुमति छैन। तर, मलाई कहिलेकाँही जहाँ [...]

    सेनाको निम्तो, पत्रकार महासंघलाई होइन पत्रकार संघलाई

    -दीपक भट्टराई- लामो नै त नभनी हालुँ, तर केही समयको अन्तरालपछि नेपाली सेनाले आज फेरि केही पत्रकारलाई रात्रिकालीन सोमरससहितको भोजनका लागि निम्त्यायो। पछिल्लोपट नेपाली सेनाले एभरेस्ट होटलको टाकुरामा दिएको भोजन (९ महिना अगाडि, उति बेलाको ब्लग) पछि अस्ति नयाँ वर्षको उपलक्ष्यमा पनि सेनाले रात्रिकालीन जाँड पार्टी दिएको थियो।

    तर त्यो सामूहिक भोजनमा पत्रकारमात्र भन्दा पनि [...]

    मलामी जानुपर्ने बेला पनि केको सलामी ज्ञानेन्द्रलाई?

    [निलम्बित ज्ञानेन्द्रलाई सेनाले लोकतन्त्र दिवसको दिन सलामी दिएको कुराको थुप्रै विरोध भएको छ। सलामी दिएको दृश्यसहितको समाचार कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो र समाचार बनाएका थिए मेरो संसारमा पनि ब्लग लेख्ने केटिभीका संवाददाता दीपक भट्टराईले। त्यो दिनको बारेमा उनले लेखेको विशेष ब्लग यहाँ राखेको छु। संभव भएसम्म केही घण्टामा दृश्य पनि राख्ने प्रयास गर्नेछु- मेरो [...]

    गौर घटना दोहोरिन सक्छ

    -दीपक भट्टराई-

    कान्तिपुर दैनिकको शुक्रवारको संस्करणमा गौर घटनामा सरकार मौन रहेको समाचार आउनासाथ एक मित्रले भनेका थिए, अब सरकारले एउटा आयोग बनाउँछ। नभन्दै, लोकतान्त्रिक सरकारले सत्य तथ्य बुझ्न भन्दै चार सदस्यीय आयोग पनि बनायो, यस अगाडि लहानमा मधेसी जनअधिकार फोरमका कार्यकर्ता मारिँदा होस् कि नेपालगंजमा भएको साम्प्रदायिक वितण्डा, दुबै पटक सरकारले यस्तै आयोग बनाएको थियो।

    [...]

    हिन्दु अधिराज्य र हिन्दु सम्राटका लागि आन्दोलन

    -दीपक भट्टराई/काठमाडौँ-

    बाबाहरुको धुनीसँगै महाशिवरात्रीको पर्व पनि सकियो । विगतमा राजाको तर्फबाट जोगीहरुलाई दिइदैं गरेको बागम्बर (बाघको छाला) र चिताम्बर (चितुवाको छाला) यसपटकदेखि जोगीहरुलाई नदिने भएपछि अब उनीहरु सरकारले दिने केही भेटी लिएर काठमाडौं छोड्नेछन् । तर, शिवरात्रीकै अवसर पारेर आजदेखि नै हिन्दु अधिराज्यको माग राखेर राजधानीमा प्रदर्शन गर्ने तयारी विश्व हिन्दु महासंघले गरिरहेको छ [...]

    डन दीपक मनाङ्गे भन्छन्-"लोकतन्त्रका कारण छुटेँ"

    -दीपक भट्टराई/काठमाडौँ-

    हिन्दी सिनेमामा ‘ग्याङस्टर’ र ‘डन’ हेर्ने बानी परेका धेरैलाई लाग्दो हो, कम्तिमा नेपालमा यस्तो छैन। तपाईँको त्यस्तो सोचाई पूर्णतः गलत नहोला तर धेरै हदसम्म साँचो पनि छैन। काठमाडौंमा पनि संगठित रुपमा नै ‘ग्याङस्टर’हरु छन् र तिनले ठेक्कापट्टा, रात्रिकालिन रेष्टुँरा र डिस्कोथेक मात्र होइन, राजनीतिमा समेत राम्रो पहुँच राखेका छन्।

    ज्यान मार्ने उद्योग गरेको [...]

    "समाचारवाचकको अगाडि बन्दूक ताकेर सेना बसे.."

    [शाही 'कू' को सराद्धे गर्ने यो ब्लग कान्तिपुर टेलिभिजनका समाचार संयोजक दीपक भट्टराईले त्यो दिन आफूले भोगेका विषयलाई समेटेर तयार पार्नुभएको हो]

    -दीपक भट्टराई/काठमाडौँ-

    माघ १८ गते साँझ नै एउटा समाचार तयार पारेको थिएँ, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उनका विश्वासपात्रहरु समेतलाई कुनै जानकारी नदिई राजाले सुरक्षा अंगका प्रमुखहरुसँग लामो छलफल गरेका छन्। दरबार [...]

    के राजा चुप छन् ?

    -दीपक भट्टराई-

    प्रधानमन्त्री कोइराला र उपप्रधानमन्त्री ओलीका वाणी (महान) लाई उमेशले बडा गज्जबको स्पेश दिएछ। उमेशको ब्लगलाई पाठकले चिरफार गर्नुभएकै छ। अझ त्यसमा केही थप्न मन लागेर मात्र।

    उमेशले शनिवार साँझ त्यो ब्लग लेख्दै गर्दा म एउटा प्रेस वक्तव्य पढ्दै थिएँ। प्रेस वक्तव्य भन्दा अघि वक्तव्य जारी गर्ने व्यक्तिका केही नाम पढौं, विघटित राजपरिषदका सभापति [...]

    'माइला'को कविताले पायो राष्ट्रिय गानको मान

    -दीपक भट्टराई-

    सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।

    प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल

    ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।

    बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

    कुनै ठूलो परिवर्तन भएन भने “श्रीमान् [...]

    राजाको कारवाही जिम्मा केपी ओलीलाई

    ‘बडे राजा’लाई कारबाही गर्ने जिम्मा ‘छोटे राजा’लाई ?

    ब्लगमा मनोज गजुरेलको व्यङ्ग्य पढ्दै थिएँ, जनआन्दोलनका दमनकारीमाथि कारबाहीको सिफारिस गर्न गठित कृष्णजंग रायमाझी र राजा ज्ञानेन्द्रबीचको वार्तालाप। त्यतिबेलै एउटा समाचार सुन्न पाइयो, सरकारले रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन बारे गृहकार्य गर्न एक उच्चस्तरीय समिति बनाएको छ। यतिसम्म ठीकै थियो, तर समितिका संयोजक चाँहि उप प्रधानमन्त्री केपी [...]

    eXTReMe Tracker