मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अझै रहस्यमय बन्दै प्रचण्ड दरबार

    -गोपाल बुढाथोकी-

    माई संसारका पाठक महोदय …………..!!

    गरीब– सर्वहारा जनताको मुक्तिका लागि भनेर सशस्त्र संघर्षको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्ड राजधानीको लाजिम्पाटस्थित अत्याधुनिक, विलासी र फराकिलो विशाल घरमा सरेको र त्यो घरको स्वामित्वका बारेमा फरकफरक भनाइ सार्वजनिक भएको विषयमा साँघु साप्ताहिकले अनुसन्धान गरी २०६८ माघ ९ गते प्रकाशित गरेको समाचार अन्तर्राष्ट्रियकरण भएको छ। लाखौंको संख्यामा [...]

    नेपालमा सिआइए शैलीको शक्तिशाली सिण्डिकेट

    -नरेन्द्रजंग पिटर-

    शीतयुद्धका माष्टरमाइण्ड मध्य एक फास्टर डलेसले पचासको दशकको सुरु मै भनेका थिए- “अमेरिकी विदेश नीतिको निर्माणमा मलाई भनियो भने म मुक्तसञ्चार नीति बनाउँछु, अर्थात् हित अनुसारको जनमत निर्माण गरेर प्रोक्सीवार छेडछु।” उनले भने जस्तै शाही कालमा राजा ज्ञानेन्द्रलाई “यदि मलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिए देशी तथा विदेशी मिडियालाई राम्रोसँग परिचालन गरेर सरकारको कदममा समर्थन [...]

    लेख्‍न चाहिँ नेपालीमा नि पाइने, सोध्न चाहिँ किन अंग्रेजीमा मात्रै पर्ने ?

    -राकेश श्रेष्ठ/ गोरखा-

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालका बीए तथा एमएका राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास, भूगोल आदि विषयहरुको पढाइ नेपालका अधिकांश सरकारी क्याम्पसमा नेपालीमा हुन्छ। पाठ्यपुस्तक पनि प्रायः नेपालीमै पाइन्छ। धेरै विद्यार्थीले नेपाली भाषामै जाँच दिन्छन् यद्यपि अंग्रेजी भाषामा पनि उत्तर लेख्न पाइन्छ। तर, अनौठो के छ भने ती विषयहरुका प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै बनाइएको हुन्छ [...]

    कतारको नेपाली दूतावास किन सबैको साझा हुन सकेन?

    -लक्ष्मण खतिवडा, दोहा-

    राजदुत सूर्यनाथ मिश्र आउनुअघि नै कतारमा आएर समस्यामा परेका नेपालीहरुको लागि स्थापना गर्न खोजिएको कल्याणकारी कोष कतारको कानुनअन्तर्गत वैध छैन भनी नेपाली समुदायको अभियानलाई दूतावासबाट नै विफल बनाइयो। दूतावासको सेल्टरमा रहेका पीडित नेपालीहरुलाई मैले प्रत्येक महिना एक सय रियाल दिने घोषणासहित जब म दूतावास गएको थिएँ,राजदुत मिश्रले मैले दिन्छु भनेको मासिक सय [...]

    ह्यापी माघी !

    [आज माघ १। माघे सङ्क्रान्ति देशका अधिकांश भागमा आ-आफ्नै किसिमले मनाइन्छ। यता काठमाडौँमा टाउकोमा तेल लगाएर, घ्यु, चाकु, तरुल खाएर यो पर्व मनाइन्छ। थारुहरु चाहिँ कसरी मनाउँछन्, आउनुस् थाहा पाउन पढौँ यो ब्लग]

    -मदनकुमार-

    हर साल आउँछ माघी, माघी आउँछ आफ्नै सुरमा

    खुसीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा

    हर साल आउँछ माघी, माघी आउँछ [...]

    किन हान्ने डाक्टरलाई थप्पड?

    -डा. बद्री चापागाइँ-

    चिकित्सक कुटिनु कुनै नौलो समाचार रहेन अब नेपालमा। तर पनि हिजोको एउटा घटनाले भने चिकित्सकहरु कति सुरक्षित छन् र उनीहरु कति दबाबमा काम गरिरहेका छन् भन्ने कुरामा चाहिं सोच्न बाध्य तुल्याएको छ।

    प्रसङ्ग इटहरीको हो। हिजोका केही दैनिक पत्रिकामा भङ्गेरे अक्षरमा एउटा चिकित्सकले थप्पड खाएको समाचार निकै महत्वका साथ प्रकाशित गरिएको थियो। [...]

    किन चाहियो हाम्रो मोबाइल र इमेल उनीहरुलाई?

    -रविन्द्र आचार्य/थाइल्यान्ड -

    केही वर्ष भयो सूचना-प्रविधि सम्बन्धी सामाग्री मुख्यतः (कम्प्युटर, प्रिन्टर, पेन ड्राइभ, क्यामेरा इत्यादि) एकै ठाउँमा बेच्न र देखाउन सुरु भएको। पहिला एउटा गैरसरकारी संस्था क्यानले आयोजना गर्ने भएकोले ‘क्यान इन्फोटेक’ नामले यो प्रचलित थियो। विगत केही वर्षदेखि व्यापारीहरुको संस्थाले पनि आईसीटी एक्स्पो आयोजना गर्न थालेको छ। केही नयाँ सामान तर छुटको [...]

    के थियो गुम्बाको बन्द ढोकाभित्र?

    -लुना/बेल्जियम-

    बेल्जियन नागरिक तिबों पहिलो पटक नेपाल घुम्न आए। आउनुअघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धी। यहाँको अनुपम प्राकृतिक सौन्दर्य, फरक किसिमका आ- आफ्नै सांस्कृतिक गरिमा आदिको बारेमा जे जति उसले सुनेको थियो, त्यसलाई प्रत्यक्ष अनुभव गर्न पाउँदा खुशीले हिमाल छोइरहेको थियो। ‘क्लिक! क्लिक! क्लिक! क्लिक! ‘ देखे जति दृश्यलाई ऊ क्यामेरामा [...]

    के हो ‘प्रतिष्ठा’ भनेको ?

    मलाई एकजना साथीले अमेरिकामा भने, अमेरिका आएपछि त नेपालमा बिहे गर्नका लागि केटीहरु दशैँमा खसी–बोका छानेजस्तो छानी-छानी ल्याउन पाइन्छ। अब आफै बुझ्नुस्, प्रतिष्ठा आचरणमा होइन, को कुन देशमा छसँग गासिएको रहेछ।

    एकजना आत्मीय मित्रले मलाई फेसबुकमा भने- ‘अब त तपाईँको इज्जत (प्रतिष्ठा) बढ्ने भयो। किनकि तपाईँ अमेरिकामा हुनुहुन्छ। मैले प्रतिप्रश्न गरेँ- ‘के अमेरिका आउँदैमा हामी [...]

    ‘अल्को–लक’ सिस्टम र चेतना प्रयोगको अधिकार

    –घिमिरे युवराज-

    डेनमार्कभित्रका ५ सय टापुमध्येको एउटा हो जट्ल्याण्ड। यही टापुभित्रको एउटा सहर सिल्केवर्गमा गत वर्ष नाट्य प्रशिक्षक भएर पुगेको थिएँ म। डेनमार्कको एक हाइ स्कुलका विद्यार्थीहरु नयाँ अवधारणामा काम गर्न खोजिरहेका थिए। क्रिस्चियानिटी मुख्य विषय पढिरहेका सिल्केवर्ग हाइस्कुलका यी विद्यार्थीहरु रुढी भइसकेका सामाजिक नियमलाई कसरी भत्काउने भन्ने गहन विमर्शमा थिए। कोपनहेगनमा ‘हामी धर्म मान्दैनौ’ [...]

    eXTReMe Tracker