मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मतदान व्यक्ति, विचार कि पेशालाई?

    खासमा म चाहिं हलो जोत्नको पीरले मास्टरी र मास्टरीको दिग्दारीले पत्रकारितामा होमिएको हुँ। भात खानैका लागि पत्रकारिता होइन कम्तीमा मेरा हकमा। तर कलमजीवीको रुपमा करिब दशकपछि नेपाल पत्रकार महासंघको २३ औ महाधिवेशनमा नेता पत्रकारलाई पुनः एक पटक मतदान गर्नुछ। महासंघको गोलचक्करबाट टाढिएँ भन्दा भन्दै एउटा बाध्यात्मक परिवेशले महासंघको यस महाधिवेशनमा मतदाता बनिरहँदा मेरो मत [...]

    साला भारतले भन्दैमा ‘डेथ पेनाल्टी’?

    ‘पुर्नजीवन पाइयो, थ्याङ्स फर गड्स मिराकल। टेलिभिजनले नै यो हालत बनायो। टिभी बन्द गर्नु हुँदैन। अप्ठ्यारोका बीच पनि राम्रोसँग चलाउनु होला।’ नर्भिक अस्पतालबाट ढाडमा लागेको गोली झिकेर डिस्चार्ज हुँदै गर्दा नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीले भने। साँच्चै अविश्वसनीय पुर्नजीवन पाएका अन्सारीलाई ‘वेष्ट अफ लक’ भन्नु शिवाय म निरुत्तर थिएँ।

    गत फागुन २६ गते [...]

    पारसलाई हत्कडी लगाए रक्तपात मच्चिन सक्छ

    आफ्नी छोरीको जन्म दिन मनाइरहेका पूर्व युवराज पारसले शनिबार मध्यरातमा चितवनको एक होटलमा हवाई फायर गरेर साँच्चै गल्ती गरे। तर ठीक गरे– आफूले आफू र आफ्नो देशविरुद्ध बोलेको क्रोध सहन नसकेको कुरा विज्ञप्तिमार्फत स्वीकार गरेर। कम्तीमा हवाई फायरिङ्ग गल्ती थियो भन्ने स्वीकारोक्ति तत्कालै सार्वजनिक गरे। तनावमा रहेका उनले सरकारी छानविन आयोगलाई सघाए। आफ्नै पहलमा [...]

    सरकारविहीन देशका अनागरिकको व्यथा

    प्रतिसिलिन्डर ७५ रुपैयाँ भाउ बढ्यो खाना पकाउने ग्यासमा। प्रति लिटर रु. ३ का दरले मट्टितेल, डिजेल र पेट्रोलमा भाउ बढ्यो। साप्ताहिक ३९ घण्टे लोडसेडिङ त आम विद्युत उपभोक्ताको कष्टकर दैनिक बनिरहेकै छ। खोलानालामा पानीको वहाव घट्दै जाँदा लोडसेडिङको भार बढ्ने कुरामा लगभग सबै मानसिक रुपमा तयार नै छौं।

    नेपाली जनताले सरकारविहीन करिव आधा वर्षको [...]

    जब ‘ठहर’, ‘सदर’ हुन्छ भने..

    ‘कान्तिपुर काण्ड अदालतमा थापा थुनामा’ माइसंसारको हेडलाइनपछि यस प्रकरणमा केही त लेखौँ भन्ने लाग्यो। अझ पत्रकार र प्रभावशाली मिडिया हाउस संलग्न भएको केस भएर हुन सक्छ, यो प्रकरणका समाचारहरु पत्रपत्रिकाले छापेका छैनन्- यो कमेन्टले नलेखिरहन मन मानेन।

    हो, विकास थापा थुनामा जाने गरी अदालतले दिएको फैसलाले माइसंसारले उठाएका अनगिन्ति प्रश्नहरुको उत्तर दिएको छैन। हाम्रो [...]

    अग्निपरीक्षा प्रचण्ड कै

    उसो त नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो कालखण्डमा सर्वाधिक चर्चित नायक हुन पुष्पकमल दाहाल प्रचण्ड। गरिब देश नेपालमा १० वर्षे सशस्त्र जनयुद्ध हाँकेर अन्ततः शान्ति राजनीतिमा फर्केपछि प्रचण्ड विश्वकै लागि चासोका नायक बने। १० वर्षे जनयुद्धलाई शान्ति राजनीति हुँदै संविधानसभा निर्वाचन २०६४ मार्फत आफ्नो पार्टी एकीकृत नेकपा माओवादीलाई संविधानसभाको ठूलो दलका रुपमा स्थापित गरेपछि विश्वभरकै [...]

    अब के होला त?

    एकीकृत नेकपा माओवादीले वैसाख १९ देखिको ६ दिने आमहड्ताल फिर्ता लिएपछि निस्सासिएको देशले जीवन पायो। यसले मुठभेडको संघारमै पुगेको देश मुठभेड, प्रतिकार र तिनका नाममा हुने हिंसा प्रतिहिंसाबाट जोगिएको छ।

    माओवादी किन पनि हट्यो? १. देशभरका कार्यकर्तालाई आन्दोलनमा टिकाइ राख्न नसकेर।

    २. प्रतिकारका नाममा कांग्रेस एमालेका भातृसंगठनलले गरेको प्रत्याक्रमनको सामना गर्न नसकेर

    ३. जिम्मेवार [...]

    राजीनामा देऊः मुठभेड रोक

    -सूर्य खड्का-

    (आदरणीय माइसंसारका पाठकवृन्द, मलाई माफ गर्नुहोला म माओवादी भाको छैन, हैन। तर वर्तमान सत्ता राजनीतिलाई हेर्दा बैसाख १९ पछि मुलुक मुठभेडमा जाने देख्दैछु तसर्थ कम्तिमा माकुने सरकारको राजीनामाका पक्षमा लेख्दैछु, माओवादीसँग तमाम मत भिन्नता हुँदाहुँदै पनि।)

    सत्ता गठवन्धनका २२ दलको साझा निष्कर्ष हो – प्रमुख विपक्षी एकिकृत नेकपा माओवादीको सडक दवावकै कारण प्रधानमन्त्री [...]

    अलबिदा जमीम सर

    जमिम शाह

    समआदरणीय जमीम सर। नमस्कारको अभिवादन चढाउने बेला, अलबिदा भन्नु, लेख्नुपर्दा असाध्यै पीडाबोध भइरहेको छ। तर हामी लेखिरहनेछौ सर तपाईको हत्याको बदला लिन निरन्तर।

    सिंगो देश यतिबेला तपाईमाथिको दिनदहाडैको गोली प्रहारको कायरतापूर्ण हत्याको निन्दा भर्त्सना गरिरहेको छ।

    सर, तपाईको अस्वभाविक हत्याले दुःखेको छ सिंगो देश, सिंगो नेपाली मिडिया र आम नागरिक जीवनको मन मस्तिष्क।

    [...]

    १४ गते संविधान जारी नभए के हुन्छ?

    ‘२०६७ जेठ १४ गते संविधान जारी नभए के हुन्छ?’ राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री माधवकुमार नेपाललाई सोधेको यो प्रश्न समकालीन नेपाली राजनीतिको यथार्थ हो। जन–जनका मनमस्तिष्कहरु अनिर्णित छन्। कारण, आज जे–जे भइरहेको छ, नहुनुपर्ने मात्र भइरहेको छ र भोलि के हुन्छ, भोलि केही नभएसम्म थाहै नहुने अवस्था छ। राजनीतिक गतिरोधको अन्त्यहीन शृंखला राजनीतिक दुर्घटनालाई [...]

    eXTReMe Tracker