मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    प्रचण्ड महिमा

    खासमा लेख्‍नुको कुनै तुक देख्दिनँ र पनि यस पटक प्रचण्ड नयाँ नेपालको केही कहानी नलेखी रहन सकिन । क्रान्तिकारी पत्रकार संघको एकीकरणसम्ममा प्रचण्ड गर्जे, र भर्खर जनमेको शिशु गणतन्त्र मिडियाले मार्न खोज्दैछन्, संक्रमणकालका नकारात्मक तस्विर उजिल्याउने पत्रकारितालाई छि छि दुरदुर गरेर प्रचण्ड थाकेनन् , फेब्रुअरी मसान्तको मध्याह्नमा ।

    थुइक्क! साला नेपाली पत्रकारिता, उनकै वाणीलाई [...]

    अब सुरु हुनेछ 'राजा फर्काउ देश बचाउ' अभियान

    ‘नरहे बाँस, न बजे बाँसुरी’ भन्छन् बुढापाकाहरु । हुन पनि हो, बाँसै नरहे, बन्दैन बाँसुरी, नबनेपछि बाँसुरी, बजोस् कसरी ?

    नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भएपछिको परिवेशमा, खासगरी राजावादीहरुका हकमा यो लोकोक्ति ठ्याक्कै मेल खाँदो छ । किनकि रहेनन् राजा, रहेन राजसंस्था, अनि कसरी रहुन् त राजावादी ? सर्सर्ती नांगो आँखाले देखे भोगेको समकालीन [...]

    जे देखिन्छ आवरणमा त्यो भित्र छन् रहस्यहरु

    विश्वभरका हिन्दूहरुका आराध्यदेव भगवान पशुपतिनाथको पूजारी नियुक्ति विवादले यतिखेर सडक, सदन र सभासमारोहहरुमा मात्र होइन नयाँदिल्लीको पनि एजेण्डा बनेको छ। खासमा सतहमा देखिएको विवादमा अग्रपंक्तिमा देखिने राजभण्डारीहरु र अन्य भक्तालु तथा श्रद्धालुहरुमात्र होइनन् ती भित्र मूलभूत रहस्यहरु छन् जो निम्न छन्:

    १. विचित्र विडम्बनापूर्ण संयोगः धर्मलाई अफिम मान्ने माओवादी सुप्रिमो प्रचण्डले पशुपतिनाथको पुजारी नियुक्तिमा [...]

    नि:शब्द भएर के नै लेख्‍नु र

    उमेशजी, अफसोचको यो घडीमा लेख्‍नु त केही नै छैन। तपाईंमाथि आइलागेको प्राकृतिक बज्रपात तपाईंले कत्ति कठोरतापूर्वक सहिराख्‍नु भएको होला। धन्न, तपाईंले आफ्ना आँखामा आँसु लुकाउन सक्नुहुँदो रहेछ। आर्यघाटमा आफ्नै सामुन्ने आफ्ना पितालाई अन्तिम विदाइ गरिरहँदा पनि तपाईं अरुका अगाडि रुनु भएन। पक्कै मन त भक्कानो छोडेर रोइरहेको भए पनि आँसु देखाउनु भएन। बडो मुस्किलसँग तपाईंले [...]

    कठै लाक्षी प्रचण्डका छेरुवा दाउ

    सत्ता सहयात्री दल, विपक्षी र विदेशी केही तत्वको असहयोगका कारण छोटो समयमा लोकप्रिय काम गर्ने सरकारको चाहना पूरा हुन सकेन। यहि अवस्था रहे पुसभित्र सरकारबाट बाहिरिनेछौं। मंसिर २२, चितवन र धनगढी

    राजनीतिक पार्टी कर्मचारीतन्त्र र सुरक्षा निकाय लगायत सवैमा यथास्थिति र प्रतिगमनको स्थिति कायम रहे ‘एक्स्ट्रिम’ कदम चाल्नसमेत नडराउने सरकारको यो नेतृत्व हो। [...]

    गिरिजा मनोवाद

    यी पंक्तिहरु लेखिँदासम्म कंग्रेस सभापति गिरिजाप्रसाद कोइराला शहिद गंगालाल ह्रदय रोग केन्द्रको आईसीयुमा उपचाररत छन र उनको स्वास्थ्यमा क्रमिक सुधार भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। हामी सबैको हार्दिक कामना छ, उनले स्वास्थ्य लाभ छिट्टै गरुन्। अस्पतालको शैय्यामा चौरासी नाघेका कोइराला के सोच्दै होलान् ? शायद यस्तो सोच्दै होलान् कि, मेरो कल्पना-

    ए, म त [...]

    व्यर्थ बिते सय दिन

    काठमाडौं सिनामंगलको एउटा व्यस्त पुल भत्किएको तीन महिना बढी भयो। खोलाको किनारबाट अनाधिकृतरुपमा बालुवा भिकिएपछि जग हल्लिएर पुल क्षतिग्रस्त भयो। त्यो पुल नहुँदा मानिसहरु या त तिलगंगा निस्कनु पर्छ या त शान्तिनगरतर्फ आउनु पर्छ। सरकारी निकायले त्यो पुल बनाएन, बरु भत्किएको ठाउँ मै वाल लगाएर बन्द गरिदियो। यही बीचमा गणतान्त्रिक नेपालको पहिलो निर्वाचित माओवादी [...]

    कठै, कालिदासका नयाँ अनुहारहरुको देश टुक्र्याउने कदम

    बूढापाकाहरु त भन्छन् ‘हलो काटेपछि मुङ्ग्रोको दुःख हुँदैन’। यो भनाई वास्तव मै यथार्थ हो। अहिले प्रचण्ड सरकारका संस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किराँती यही भनाईलाई चरितार्थ गर्दै नयाँ नेपाल निर्माणको नाममा देश टुक्राउने बहस प्रारम्भ गरिहरेका छन्। नेपाल सरकारको नेतृत्व गर्ने प्रचण्ड मन्त्रिमण्डलमा रहेर किराँतीले एउटा अवधारणा सार्वजनिक गरेका छन्। उदेकलाग्दो कुरा अवधारणा पत्रको [...]

    संविधान सभाको रोडम्याप र विखण्डनको खतरा

    क्या बात कमेरड रोहित !

    क्या बात कमरेड रोहित। ५९४ सभासद कुहिरोका काग बनिरहेका थिए। झण्डै ६ महिनासम्म रनभूल्लमा परेर बसेका सभासदलाई २०६७ जेठ १४ सम्म नयाँ संविधान निर्माणको प्रष्ट रुटिन त तयार गरिदिनुभएको छ। अरुको जिम्मामा यो काम परेको भए शायदै यो यति चाँडै पूरा हुन्थ्यो होला। तर तपाईँ कम बोलेरै पनि धेरै [...]

    प्रधानसेनापतिलाई खुल्ला पत्र

    श्री रुकमाङ्गत कटवालज्यू, प्रधानसेनापति, नेपाली सेना

    नेपाली राजनीतिको पछिल्लो परिवर्तनप्रति नेपाली सेनाले देखाएको प्रतिवद्धता र वर्तमान परिस्थितिमा राष्ट्रसंघीय मिसन अनमिनको निगरानीमा क्यान्टोनमेन्टमा रहेका उन्नाइस हजार बढी माओवादी लडाकूलाई सेनामा समायोजन गर्न भएको कोशिशमा केन्द्रित रहेर यो खुल्ला पत्र लेखिएको छ। प्रथमतः पछिल्ला दिनमा सेना समायोजन सम्वन्धी मुद्दामा तपाईँ किन मौन हुनुहुन्छ ? संविधान सभाको [...]

    eXTReMe Tracker