मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    छिमेकीसँग दिवाभोज !

    हाम्रा सबै नेताहरु र केही घण्टाका लागि नेपालको औपचारिक भ्रमणमा आएको चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिवाभोज खाँदाको फोटो। मुख्य तीन दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक विजयकुमार [...]

    ल्होसार आशिमला !

    बसन्तपुरबाट टुँडिखेलसम्म भएको र्‍यालीमा सहभागी। फोटो सौजन्यः रोयटर्स गुरुङहरुको नयाँ वर्ष तमु ल्होसार शुक्रबार मनाइयो। ०६२/६३ को लोकतान्त्रिक आन्दोलनपछि गुरुङहरुले काठमाडौँको खुलामञ्चमा भव्य रुपमा ल्होसार मनाउँदै आएका छन्। बूढाबूढीहरु मात्र हैन, भर्खरका गुरुङ केटाकेटीहरुसमेत परम्परागत पहिरनमा सजिएर टुँडिखेल आउँछन्। आफ्नोपन र आफ्नो संस्कृतिप्रतिको यो सचेतना साँच्चिकै गर्वलायक हुन्छ। आफ्नै गुरुङ दाजुभाइ दिदीबहिनीको संस्कृति र [...]

    क्या गज्जबको देखिएको आकाश !

    शुक्रबार दिनभर काठमाडौँको आकाशमा बादल गज्जबको देखिएको थियो। नीलो आकाशमा छरपस्टिएका बादल। कपासका टुक्रा झैँ। यस्तो आकाश देखिएका बेला गज्जब गज्जबका फोटो खिच्‍न सकिन्थ्यो होला। मैले भने आफ्नै छतबाट सामान्य केही फोटो र एउटा समयान्तर भिडियोमात्रै खिच्न भ्याएँ। फोटोमा तपाईँ बादलको स्थिर आकार मात्रै देख्‍न सक्नुहुन्छ। झट्ट हेर्दा त्यही नै बादलको आकार जस्तो लाग्छ। तर [...]

    कूटनीतिक शिष्टाचार

    भारतीय राजदूत जयन्त प्रसाद हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईसँग उपरखुट्टी लगाएर जुत्ता देखाउँदै (बायाँ) अमेरिकी राजदूत स्कट एच डेलिसी बुधबार एक कार्यक्रम सुरु हुनुअघि हाम्रा अर्थमन्त्री वर्षमान पुनलाई धाप मार्दै (दायाँ)

    हाम्रा देशमा रहने विदेशी कूटनीतिज्ञहरुले आफ्नो देशबाट यस्तै शिष्टाचार सिकेर आएका होलान् त? कि उनीहरुको परम्परै यस्तै हो। चासो लागेर यसो खोजेको, यस्तो भेट्टाएँ- [...]

    यस्तो देखियो आजको चन्द्र ग्रहण

    यो वर्षको अन्तिम खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण आज भयो। साँझ साढे ६ बजे सुरु भएको ग्रहण १० बजिसकेपछि बल्ल पूरै हट्यो। चन्द्रग्रहण सुरु हुँदा म जावलाखेलमा एउटा कन्सर्टमा थिएँ। कन्सर्टको स्टेजमा ध्यान नदिई आकाशतिर लेन्स तेर्स्याएर त्यहीँबाट खिचेका केही फोटोहरु।

    Tweet [...]

    अमेरिका पुगेका नेपाली देवीदेवता

    मान्छेहरु मात्र हैन, देवीदेवताहरु पनि अमेरिका पुगेका छन्। सुन्दा अचम्म लाग्न सक्छ। तर कुरा साँचो हो। नेपाली प्राचीन कलाका रुपमा रहेका देवीदेवताका मूर्तिहरु अमेरिकाको संग्रहालयमा सजिएका छन्। नेपालमा हुँदा आर्थिक पत्रकारिता गर्ने विमल नेपाल हाल अमेरिकाको बोस्टनमा फोटोग्राफी गर्छन्। हेरौँ अमेरिकाको संग्रहालयमा सजिएका नेपाली देवीदेवताका फोटो विमल नेपालको क्यामेराबाट-

    Tweet [...]

    ‘लालमाईको पोइ’को ससुराली अनुभव

    काठमाडौँमा र अनलाइनमा मेरो जस्तो परिचय भए पनि गएको साता ससुराली गाउँ रामेछापको दोरम्बामा जाँदा त्यसले काम दिएन। त्यहाँ मलाई ‘लालमाईको पोइ’ भनेर चिन्ने धेरै थिए। एउटा बिल्कुल फरक परिचय। जीवन साथीको नाम फरक भए पनि गाउँमा लामाले जुराएको त्यही नाम पो प्रचलित रहेछ। अनि त्यही नामसित जोडेर बल्ल मलाई चिन्दा रहेछन्। रमाइलो लाग्यो। [...]

    मिस अर्थमा नेपाल सुन्दरी

    फेरि एक पटक विश्व स्तरको सुन्दरी प्रतियोगिता र त्यसमा नेपाली सहभागिताको कुरा। यस पटक मिस अर्थ २०११ हुन लागेको छ डिसेम्बर ३ मा मनिलामा। त्यसो त थाइल्यान्डमा हुनुपर्ने थियो यो प्रतियोगिता। तर त्यहाँ बाढीले तहसनहस बनाएपछि मनिलामा हुन लागेको हो। यसमा नेपालको प्रतिनिधित्व मिस नेपालमा फर्स्ट रनर अप भएकी अनुपमा अउरा गुरुङले गर्दैछिन्।

    [...]

    ह्यापी बाला चतुर्दशी

    आज बाला चतुर्दशीको दिन सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने धार्मिक [...]

    पात झर्दाको रमाइलो

    उत्तर अमेरिका पतझडको कारणले पनि मनमोहक छ। यहाँको न्यु इंगल्यान्ड क्षेत्रका उत्तर पुर्वी पाँच राज्यहरुमा त पतझडको मौसममा हजारौँ पर्यटक ओइरिन्छन्। राताम्य र पहेँलपुर जंगल हेर्न अमेरिकाका मात्र होइन, युरोप र जापानसम्मका पर्यटक आउँछन्। आउनुस् हेरौँ, विमल नेपालले माइसंसारका लागि खिचेका केही फोटो हेरौँ।

    Tweet [...]

    eXTReMe Tracker