मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पात झर्दाको रमाइलो

    उत्तर अमेरिका पतझडको कारणले पनि मनमोहक छ। यहाँको न्यु इंगल्यान्ड क्षेत्रका उत्तर पुर्वी पाँच राज्यहरुमा त पतझडको मौसममा हजारौँ पर्यटक ओइरिन्छन्। राताम्य र पहेँलपुर जंगल हेर्न अमेरिकाका मात्र होइन, युरोप र जापानसम्मका पर्यटक आउँछन्। आउनुस् हेरौँ, विमल नेपालले माइसंसारका लागि खिचेका केही फोटो हेरौँ।

    [...]

    नेपालका खलासी (फोटो कथा)

    -शिखर भट्टराई-

    लक्ष्मणसिंह खड्का आफूलाई नेपालको खलासीका रुपमा चिनाउँछन्, तर धेरैले उनलाई मानवतुलका रुपमा लिन्छन्। “मान्छेहरु अक्सर मलाई बहुला ठान्छन्,” खड्का प्रष्ट पार्छन्। उनी भने आफूलाई सामाजिक कार्यकर्ता मान्दछन्। उनी कहिले सडक सफा गरिरहेका हुन्छन्, कहिले बितेका राजाहरुको सालिकमा रङ्ग पोतिरहेका हुन्छन् र कहिले भने सडकको किनारामा बसेर समकालीन राजनीतिक अवस्थाकाबारेमा भाषण ठोकिरहेका हुन्छन्। [...]

    तिहारको अन्तिम दिन देखिएको काठमाडौँ

    तिहारको बेला काठमाडौँ उपत्यकाको दृश्य हेर्न सबैभन्दा सजिलो र नजिकको ठाउँ मलाई स्वयम्भूको डाँडा लाग्छ। हिजो तिहारको अन्तिम दिन। यस पटक लक्ष्मीपूजादेखि नै जान्छु भन्दाभन्दै विभिन्न कुरामा व्यस्त भएर जान पाइएन। त्यसैले अन्तिम दिन जसरी नि जान्छु भनी हिजो राति अबेला भइसके पनि गएँ र यी केही फोटोहरु खिचेको छु।

    [...]

    जीर्ण भइसकेछ रानीपोखरीको पुल

    रानीपोखरीको बीच भागमा रहेको महादेवको मन्दिर भाइटीकाको दिन मात्र खुल्छ। त्यसो त लोकतन्त्र आइसकेपछि रानीपोखरी छठको दिन पनि नखुल्ने हैन, तर मन्दिर खुल्ने भने यही एक दिनमात्र हो। खासमा दिदीबहिनी नहुनेहरुले यहाँको महादेवको दर्शन गरी टीका लगाउने चलन हो। तर घुमघामका लागि पनि मान्छेहरु त्यहाँ पुग्छन्। पोहोरपरारभन्दा यसपालि मन्दिरमा धेरै सुरक्षाकर्मी थिए र निकै [...]

    तिहार सूचक

    तिहार आएको सूचना दिने आफू वरपरका केही कुरालाई मैले यहाँ फोटोमार्फत् देखाउन खोजेको छु। धेरै कुरा छुटेका होलान्, तर मैले केही समयको अन्तरालमा आफू वरपर देखिएका दृश्यलाई यहाँ समेट्न खोजेको हुँ।

    [...]

    नयाँ वर्ष नेपाल संवत् ११३२ को शुभकामना

    देशको नाममा प्रचलनमा रहेको विश्व कै एकमात्र संवत्‌ नेपाल संवत् अनुसारको नयाँ वर्षको दिन काठमाडौँको बसन्तपुरमा ठूलो सांस्कृतिक र्‍याली निस्कने गर्छ। देशको नाममा एक सर्वसाधारण श‍ंखधर साख्वाले चलाएको यो संवत्‌ले तीन वर्ष अघि सरकारबाट राष्ट्रिय संवत्‌को मान्यता पाइसकेको छ। यो वर्षदेखि यसलाई सरकारी क्यालेन्डरमा पनि समावेश गर्ने निर्णय भइसकेको छ। सांस्कृतिक र्‍यालीका केही फोटो [...]

    तिहारको झिलिमिली

    तिहारको बेला स्वयम्भू र वरपर देखिएको झिलिमली। तिहारको झिलिमिलीका थप फोटोहरु हेर्न भित्र आउनुस्।

    [...]

    चित्रमा महाकवि

    सन्दर्भः आज देवकोटा जयन्ति, पहिलो पटक प्रकाशित मितिः Aug 17, 2009 केहीअघि नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाका चित्र प्रदर्शन गरिएको थियो। विभिन्न कलाकारले महाकवि देवकोटालाई आफ्नो क्यानभासमा उतारेका थिए। हेरौँ, केही चित्रका फोटोहरु।

    [...]

    यस्तो थियो सेनाको विमान खसेको ठाउँ

    कात्तिक १ गते राति बिरामी बोकेर नेपालगन्जबाट काठमाडौँ आउन भनेर उडेको नेपाली सेनाको एउटा विमान बाग्लुङ्ग जिल्लाको बोवाङ्ग, फागुनेधुरी लेकमा खसेर दुर्घटना भयो। यो दुर्घटनामा ज्यान गुमाउनेमा चालकद्धय सेनानी विशालसिंह राठौर एवं दिवाकर कार्की, सह–सेनानी डाक्टर रमिता पाठक, सिपाही केशवसिंह ऐरी, सिपाही मिलन गोतामे र सिपाही केशवसिंह ऐरीका दाजु नेपाल प्रहरीका जवान रघुवीर ऐरी [...]

    दशैँको प्रभाव !

    सामान्यतया दशैँको बेला काठमाडौँमा निकै खुकुलो महसूस हुन्छ। भीडभाड हुँदैन र बाटाहरु खुला हुन्छन्। सडकमा कम सवारी साधन गुड्छन्। तर यस पटक मैले अलि फरक अनुभव गरेको छु। पोहोरपरार भन्दा यस पटक महाअष्टमीको दिन आइपुग्दासम्म पहिले जस्तै सडक खाली खाली देखिएका छैनन्। पक्कै पनि भीड पहिलेको भन्दा घटेको छ, जाम हटेका छन्। तर मान्छे [...]

    eXTReMe Tracker