कुन समूहले गरेको भन्ने पनि थाहा नहुने गरी बढेको बन्दको शृङ्खलामा पिल्सिएको मैले आज बस चढेरै कार्यालयतिर हुँइकिने मौका पाएँ। हेर्नुस् बन्दको दिन बसको यात्रा कस्तो हुँदो रहेछ त भिडियो भित्र-
[...]
|
|||
|
यो बन्दले साह्रै दिक्क पारिसक्यो अब। महिनामा एक दिन बन्द भए पो धुलो धुँवा, कोलाहलबाट मुक्त भएकोमा उल्टै रमाइलो हुन्थ्यो। अब त दिनहुँजसो बन्द गर्न थाले बा। के पाउँछन् भनेर बन्द गर्या हुन् यिनीहरुले फेरि। त्यत्रो ठूलो पार्टी भनाउँदो माओवादीले ६-६ दिनसम्म बन्द गर्दा त एउटा माग पूरा भएन र लुरुक्क लाएर बन्द फिर्ता गर्नुपर्यो। [...] नेपाली काँग्रेसले देशभर गरिरहेको जागरण सभा अन्तर्गत शुक्रबार काठमाडौँमा केन्द्रीय सभा गर्दैछ। पोहोर संविधान सभाको म्याद बढाउने दिन नजिकिँदा माओवादी प्रतिपक्षमा थियो र उसले सडकबाटै आफ्नो मस्यौदा संविधान जारी गरेको थियो र विभिन्न सडक कार्यक्रम गरेको थियो। यसपटक प्रतिपक्षमा कांग्रेस छ। माओवादीले जस्तो सडकबाट संविधान जारी नगरे पनि देशभर आमसभा भने कांग्रेसले गरिरहेको छ। [...] एक हप्ताअगाडि ब्रायन आयडम्सले काठमाडौँको दशरथ रंगशालामा कन्सर्ट गर्दा हजारौँ दर्शकले मोबाइलको उज्यालोले स्वागत गरेको दृश्यले एकदमै मन छोएको रहेछ। हुन पनि त्यो दृश्य हेर्दा आकाश तल ओर्लिएको अनि ताराहरु चम्किरहेको झैँ देखिने रहेछ। ब्रायन आयडम्सले स्टेजबाट खिचेको त्यही रमाइलो दृश्य सार्वजनिक गरेका छन्। म विश्वलाई नेपाल देखाउन चाहन्छु भन्दै उनले दर्शकहरुलाई अनुरोध गरी [...] हिजो राति दशरथ रंगशालामा कन्सर्ट हेर्न गएका दर्शकहरुको मनमा ब्रायन त बस्यो नै, थप दुई ‘ब’को छाप पनि बस्यो- बानेश्वरकी वृन्दा। कन्सर्ट नहेर्नेहरुलाई लाग्न सक्छ- ब्रायनको कुरामा कहाँबाट आयो यो बानेश्वर र वृन्दा ? ती त्यस्ती युवती थिइन्, जसले स्टेजमा ब्रायनसँग गाएकी थिइन्। कन्सर्टको बीचतिर ब्रायनले दर्शकमध्ये एकलाई स्टेजमा बोलाई आफूसँग गाउन निम्ता दिएका [...] फेसवुकको च्याटमा साथी उमेशले जिस्क्याए यसपाली परार जस्तो देउसी भएन बोष्टनमा दुई वर्ष अघि मैले बोष्टनको देउसी भैलोको भिडियो यस व्लगमा राखेको थिए । उसलाई त्यो भिडियो निकै मन परेको रहेछ । विदेशमा वसेर पनि नेपाली संस्कृति जोगाएको भन्दै धेरैले त्यसमा कमेन्टहरु गर्नु भएको थियो । उसको आसय यसपाली पनि भिडियो भए राखम् है [...] कानुन अन्धो हुन्छ र प्रमाणहरुको अभावमा अपराधी पनि निर्दोष साबित हुनसक्छन्। यो सत्य हो। तर चार्ल्स शोभराज एक चलाख र निर्दयी हत्यारा हुन् भन्ने सत्य पनि दुनियाँले जानेको छ। शोभराजले हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सर्वोच्च अदालतले शुक्रबार सदर गरेको खबर सुन्दा धेरैले खुच्चिङ गरे। पाप एक दिन धुरीबाट कराउँछ भन्ने उखान [...] कलाकार मनोज गजुरेलले नेपालका थुप्रै चर्चित कमेडियनहरुलाई समेटेर एउटा म्युजिक भिडियो तयार पारेका छन्। नेपालका विभिन्न च्यानलमा केही हप्ता अघिदेखि नै प्रसारण हुन थालेको यस सिर्जनाको संगीत संयोजन विनोद थापा,निर्देशन राजेश थापा मगर र रचना तथा स्वर स्वयं मनोज गजुरेलको रहेको छ। कलाकार गजुरेलले आज (वैशाख २९) आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो म्युजिक भिडियो [...] हरेक दिन माओवादीले काठमाडौँका विभिन्न स्थानमा सभा गर्ने गर्छ। दोस्रो दिन सुन्धारामा गरिएको सभामा बाबुराम भट्टराई प्रमुख वक्ता रहेछन्। सुन्धाराको चौबाटो चारै बाटोमा प्रदर्शनकारी बसेका थिए। कार्यक्रमको सुरुमा अन्तर्राष्ट्रिय गीत भन्दै गाउने रहेछन्। सहभागी सबै पनि मुठी उठाउँदा रहेछन्। आकाशेपुलबाट खिचेको भिडियो र केही फोटो हेर्न भित्र आउनुस्। [...] |
|||
|
Copyright © 2012 Mysansar - Most Rights Reserved. |
|||
Recent Comments