युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on January 23rd, 2012 यो भव्य घर माओवादी अध्यक्ष प्रचण्डको नयाँ निवासको हो। नयाँ बजारको डेरा साँघुरो भयो भन्दै उनी यो सुविधासम्पन्न घरमा सरेका हुन्। यो घर भाडामा लिएको र प्रति महिना एक लाखभन्दा बढी भाडा तिर्नुपर्ने भनी समाचार आएको थियो। प्रचण्डपुत्र प्रकाश दाहालले भने फेसबुकमार्फत् यो घर मासिक ६० हजार रुपैयाँ भाडामा लिएको दावी गरेका छन्। उनले [...]
By Salokya, on January 7th, 2012 [नेताहरुको जनता उल्लु बनाउने भाषण र दिक्कलाग्दा खबरहरुमात्र कति हेर्नु, आउनुस् अब माइसंसारमा केही फरक विषयमा पनि ब्लग गरौँ]
मान्छेको रुचि पनि अचम्मको हुन्छ। मरी लानु के छ र, अनि कति नै बाँच्नु छ र! आफ्नो इच्छा पूरा गरिहाल्नु पो पर्छ त। शायद् यस्तै सोचेर होला सान फ्रान्सिस्कोका कियन लामले एक दिन अचानक छँदाखाँदाको जागिर [...]
By mysansar, on December 15th, 2011 देशको स्थिति उही हो, हातमुख जोर्न विदेशमा भए पनि काम गर्न जानै पर्यो। तर परिवारका एक सदस्य विदेशमा जाँदा त्यसले निकै सामाजिक समस्या ल्याउँदो रहेछ। लोग्ने विदेशमा रहेका स्वास्नीहरु बिग्रिएको भन्ने आरोप र उदाहरण निकै दिइन्छ। तर यसको अर्को पाटो पनि छ, जसको कमै चर्चा हुन्छ। लोग्ने विदेशमा भएका महिलाले आफन्त र समाजबाट भोग्नुपरेका मानसिक [...]
By mysansar, on November 26th, 2011 माथिको फोटो हेर्नुस्- यो सम्पन्न देशका गरिबलाई गरिब देशका सम्पन्न नागरिकले दिएको ‘भिख’को फोटो हो। एमाले भ्रातृ संगठन युवा संघ (युथ फोर्सका नामले बढी प्रचलित) का अध्यक्ष महेश बस्नेत हुन् ‘भिख’ दिँदै गरेका। विकसित देश पोर्तुगलको सडकमा सुतिरहेका एक ‘गरिब’लाई दान दिँदै गरेको यो फोटो फेसबुकमा अरुणदेव जोशीले राखेका हुन्। कहाँ सँधै विदेशीले नेपालीलाई [...]
By mysansar, on November 16th, 2011 नक्कली भ्याट बिल प्रकरणमा संलग्न उद्योगपति-व्यापारीलाई के गिरफ्तारीको डरले सताउन थालेको छ ? अघिल्लो साता उद्योगपति-व्यापारीले अर्थ मन्त्रालयका हाकिमहरुसँग गरेको रमझमले यही कुराको संकेत गरेको छ।
नक्कली भ्याट बिल काण्डमा मुछिएका मारवाडी समुदायका ठूला हस्तीहरूले अघिल्लो साता अर्थका हाकिमहरुलाई भेटेका थिए। लाजिम्पाटस्थित स्काउट कम्पाउन्डमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले व्यापार गर्ने टोयोटाको [...]
By mysansar, on November 11th, 2011 हुर्राहुर्रीका लागि किसानहरू आ-आफ्ना गाई-भैंसीलाई जीउमा रातो रङको धर्को हालेर गाउँदेखि टाढा खुला चउरमा ल्याउँछन्। गाउँमा चुमान (पूजा) गरेर अपरान्ह चार बजेको साइतमा बाजागाजासाथ चउरमा ल्याइने डुम समुदायको सुँगुरको पाठोलाई डोरीले बाँधेर गाई-भैंसीको सिङमा फ्यालिन्छ। घाइते सुँगुर र आत्तिएका गाई-भैंसीका बथान एकैसाथ दौडन थाल्छन् गाई-भैंसीले कुल्चेर थप घाइते सुँगुरलाई रमितेहरू लाठीले हिर्काउँछन्। यति गर्दागर्दै बेहोस [...]
By mysansar, on September 8th, 2011 • घ्याङफेदीमा कल्पना नै गर्न नसकिने एउटा सामाजिक समस्या सिर्जना भएको छ। सयभन्दा बढी पुरुषले महिलाको अभावमा विवाह गर्न पाएका छैनन्। जसमा १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष छन्। सिसिपुका ५२ वर्षीय सेलबोन तामाङले विवाह गर्ने रहर पालेको पनि ३० वर्ष नाघिसकेको छ। छिमेकी गाविसहरूमा विवाहका लागि कुरा चलाए तापनि विवाह गर्न केटी नै [...]
By mysansar, on August 17th, 2011 भीम गौतम
उनीहरूले श्रीमान्लाई कसरी तह लगाउने भनेर रातोदिन छलफल गरे। कहिले श्रीमान्लाई थर्काउने र कहिले फकाउने प्रयास पनि गरे। तर पनि पुरुषहरूले श्रीमती कुट्न छोड्नन्। त्यसपछि भने महिलाले सामूहिक सोच बनाए, श्रीमान्लाई त्यागेर अन्त हिँड्नुभन्दा श्रीमान्लाई कुलतबाट हटाउनका लागि अभियान सुरु गर्नु नै बेस।
Tweet [...]
By mysansar, on July 29th, 2011 -कल्पना भट्टराई-
उनी १६ वर्षकी भइन्। अहिले कक्षा १० मा पढ्छिन्। आजभोलि उनको न पढाइमा ध्यान जान्छ न त घरायसी काममा नै रुचि छ। न खाने मन नै छ न त निदाउने। प्रायजसो कसैसँग नबोली झोक्रिएर मात्र बस्छिन्। नवलपरासी जिल्ला रामनगरकी पूजा अधिकारी (परिवर्तित नाम) को आनीबानी आजभोलि यस्तै बदलिएको छ।
‘किन झोक्रिएर बसेकी? [...]
By Salokya, on July 14th, 2011 देशलाई बजेट बाँड्न लागेका अर्थमन्त्री भरतमोहन अधिकारीले छोरीका लागि बाँडेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनैको मन्त्रालयअन्तर्गत स्थापना हुन लागेको सम्पत्ति शुद्धीकरण विभागको पहिलो सिकार आफैँ बन्ने भएका छन्। अर्थ मन्त्रालय राजस्व अनुसन्धान विभागअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण इकाइ यो शुक्रबार राजपत्रमा सूचना जारी भएपछि अर्को साता विभागमा परिणत हुँदैछ।
संयोग पनि कस्तो भने अब बन्ने [...]
|
|
Recent Comments