युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on July 29th, 2011 -कल्पना भट्टराई-
उनी १६ वर्षकी भइन्। अहिले कक्षा १० मा पढ्छिन्। आजभोलि उनको न पढाइमा ध्यान जान्छ न त घरायसी काममा नै रुचि छ। न खाने मन नै छ न त निदाउने। प्रायजसो कसैसँग नबोली झोक्रिएर मात्र बस्छिन्। नवलपरासी जिल्ला रामनगरकी पूजा अधिकारी (परिवर्तित नाम) को आनीबानी आजभोलि यस्तै बदलिएको छ।
‘किन झोक्रिएर बसेकी? [...]
By Salokya, on July 14th, 2011 देशलाई बजेट बाँड्न लागेका अर्थमन्त्री भरतमोहन अधिकारीले छोरीका लागि बाँडेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनैको मन्त्रालयअन्तर्गत स्थापना हुन लागेको सम्पत्ति शुद्धीकरण विभागको पहिलो सिकार आफैँ बन्ने भएका छन्। अर्थ मन्त्रालय राजस्व अनुसन्धान विभागअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण इकाइ यो शुक्रबार राजपत्रमा सूचना जारी भएपछि अर्को साता विभागमा परिणत हुँदैछ।
संयोग पनि कस्तो भने अब बन्ने [...]
By mysansar, on July 3rd, 2011 -काशीराम शर्मा-
वर्षायामको उर्लदो भेल, त्यसैमा पनि भेरी नदी पार गरेर पाँच किलोमिटर हिँड्दै विद्यालय जानुपर्ने बाध्यता त छँदैछ। अनि बारम्बार हुने शैक्षिक बन्द र हड्ताल जस्ता विवशता पनि भोग्दैछन्, सल्यानको देवस्थल गाविसको वडा नं.–१ नाम्राका विद्यार्थीहरू।
घर एउटा जिल्लामा, पढाइका लागि जानुपर्ने अर्को जिल्लामा, यो नियति वर्षौदेखि भोग्दै आएका विद्यार्थीको जीवनमा कत्तिको जोखिम [...]
By mysansar, on June 28th, 2011 -रामप्रसाद पुडासैनी-
उपत्यकामा घर भएका विभिन्न हाउजिङ कम्पनी र उद्योग सञ्चालक समेत संविधान सभा सदस्यवापत् संसद सचिवालयमा लाइन लागेर मासिक छ हजार रुपैयाँ घर भाडा बुझ्दै आएका छन्। विनोद चौधरी विभिन्न उद्योगको अलावा माउन्ट भ्यु रेसिडेन्स र काठमाडौँ रेसिडेन्स नामक हाउजिङ कम्पनीका मालिक हुन्। आफ्नो घरमात्र नभई घर बनाएर अरुलाई बिक्री गर्ने काम गर्दै [...]
By mysansar, on April 5th, 2011 -शर्मिला ठकुरी-
चावहिलस्थित एक कम्पनीलाई कर्मचारीको आवश्यकता’, कान्तिपुर दैनिकमा यस्तो विज्ञापन देखेर जागिरको खोजीमा रहेका सिन्धुपाल्चोकका हरि रोक्का तुरुन्त विज्ञापनमा दिएको नम्बरमा फोन गरी त्यहाँ पुगे।
त्यहाँ पुग्दा कार्यालयको कुनै साइन बोर्ड राखिएको थिएन, सानो कोठामा अफिस खोलेर बसेका व्यक्तिले पहिला रु १०० तिरेर फारम भर्नुपर्छ भनेपछि उनले त्यसै गरे।
उनले आफूलाई कहिले [...]
By mysansar, on March 30th, 2011 नक्कली भ्याट विल प्रकरणमा विनोद चौधरीका कान्छा भाइ अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टल र गोल्छा समूह, शंकर ग्रुप, विशाल ग्रुप माथि पनि छानविन भैरहेको थियो। नक्कली भ्याट विल प्रकरणको छानविन तथा कारवाही रोक्नका लागि मारवाडी समुदायसँग एउटा मात्र विकल्प थियो, खनाललाई अर्थमन्त्रालयबाट हटाउने। त्यसका लागि उनीहरुलाई एमालेको अर्थमन्त्री चाहिएको थियो, त्यो पनि भरतमोहन अधिकारी। मारवाडी समुदायलाई [...]
By mysansar, on March 30th, 2011 [उदाहरणीय जीवन शैलिका व्यक्तित्वहरुको अनुभव संगालेर एन्टेना फाउन्डेसनले बनाउने कार्यक्रम 'मेरो जिन्दगी, मेरो विश्वास' मा केही अघि अर्थ सचिव रामेश्वर खनालले आफ्नो अनुभव सुनाएका थिए। सान्दर्भिक देखिएकोले उनको यो अनुभव त्यहाँ बाट साभार गरिएको हो]
एसएलसीपछि मलाई काठमाडौं आएर आई.एस्सी. पढ्ने चाहना थियो । तर, जीवनमा सबै सोचे जस्तो कहाँ हुँदोरहेछ र ! म तानसेनमै [...]
By mysansar, on March 30th, 2011 ओम थापा-
सतहमा विनोद चौधरी प्रष्ट छविमा देखिन्छन् तर उद्योगपति तथा व्यापारीका रुपमा विनोद चौधरीको ट्रयाक रेकर्ड राम्रो छैन। पछिल्लो समयमा समेत चौधरीका थुप्रै मुद्दाहरु अर्थमन्त्रालय र राष्ट्र बैंकसँग ‘फेसअफ’मा छन्। यी मुद्दामा अर्थसचिव रामेश्वर खनाल एउटा अवरोध थिए। जसलाई पन्छाउन एमालेको आशिर्वादमा सभासद बनेका विनोद चौधरीले लामो समयदेखि प्रयास गर्दै आएका थिए। यसपटक [...]
By mysansar, on March 29th, 2011 -सौरभ-
नेपालमा धर्मनिरपेक्षताको निम्ति भेटिकन (इसाई धर्मगुरु पोपको राष्ट्र) को वकिल बनेको नर्वेमा धर्म परिवर्तन सन् १००० मा सुरु भयो र ११५० मा त्यो कार्य सकियो । फलस्वरूप अहिले ७९ प्रतिशत इभाञ्जेलिकल लुथेरन (इसाईका दुई हांगा- रोमन क्याथोलिक र प्रोटेस्टेन्ट मध्ये प्रोटेस्टेन्ट अन्तर्गत पर्ने एक किसिम)हरू त्यहाँ छन् । त्यहाँका इशाईहरूले प्रायः आफ्ना गिर्जाघर पुराना [...]
By उत्तमबाबु श्रेष्ठ, on February 4th, 2011 हिजो भएको प्रधानमन्त्रीको चुनावको अन्तिम समयमा माओवादीको नाटकिय तर अपेक्षाकृत बाम फन्कोले झलनाथ खनाल नेपालका नयाँ प्रधानमन्त्री बन्न सफल भए । कटवाल प्रकरणमा झलनाथ खनालबाट पाएको धोकाको कारण प्रधानमन्त्रीबाट राजीनामा दिन वाध्य भएका प्रचण्डले उक्त धोकाको वदला उनको भाषामा ‘त्याग’ गर्न पुगे । यद्यपी उनले गरॆको भनिएको ‘त्याग’ वाध्यात्मक स्थितीमा गरिएको समर्थन थियो । आफ्ना [...]
|
|
Recent Comments