युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on February 4th, 2012 -जनकराज भट्ट-
“कसको हो ?” “कहाँबाट आयो ?” “कोसँग डेटिङ थियो ?”
एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले झन् जटिल ‘केस’ बनाइदिएको थियो।
पहिले त उसले हाँसेरै उडाउन खोज्यो। त्यसपछि रिसाएर [...]
By mysansar, on January 28th, 2012 -दीपक जडित-
‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।
म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई गर्भ बोकाउनै नहुने’ अथवा ‘मैले उसलाई गर्भवति बनाउनै नहुने’ । तर……… मैले त्यसैगरी [...]
By mysansar, on January 21st, 2012 -बिजेता, फिन्ल्यान्ड-
‘को हो र त्यो बच्चा?’
‘ए, त्यो मेरो एकजना साथीको छोरा हो।’
‘नेपालीको?’
‘होइन, आमा फिनिस हो, तर बाबु कतातिरको बिदेशी हो।’
‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै।’
‘कालो कपाल त हामी एसियनहरुको मात्रै होइन, अरुको पनि हुन्छ नि। मेक्सिकन, ब्राजिलियन अरु पनि थुप्रै देशहरु छन् जहाँका मान्छेहरुको कपाल कालो [...]
By mysansar, on January 7th, 2012 -सुधीर ख्वबि-
आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ।
कहिलेकाहीं उसलाई सहरको डेराको जीवनदेखि वाक्कदिक्क नलागेको पनि होइन। तर के गर्ने गाउँमा भएको खेतीपातीले वर्ष दिनको भोकलाई माथ गर्न पर्याप्त छैन [...]
By mysansar, on December 31st, 2011 -विश्वम्भर चन्चल-
एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ।
के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन तिमीमा सामर्थ्य छ भने म तिमीसँग सुत्न राजी छु।
उनको यस भनाईमा [...]
By mysansar, on December 24th, 2011 [पत्रकार किशोर नेपालको तेस्रो उपन्यास 'सहरको कथा' एक साताअघि बजारमा आएको छ। सहरको अराजकता झल्काउने यो उपन्यासलाई सहरका प्रतिष्ठित पब्लिकेसन हाउसले छाप्न अस्वीकार गरेका थिए। आखिर के छ यो उपन्यासमा ? शनिबार साहित्यमा आज प्रस्तुत छ यही उपन्यासबाट केही अंश-]
-किशोर नेपाल-
कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमचिम [...]
By mysansar, on December 17th, 2011 – प्रदीप गौतम “अंकित”-
“Hi! I’m Shaurav, Good to see You.” “Me, Juna! Good to see You too.” “जुना …..नेपाली हो?” “हो नि! अनि आफू पनि नेपाली हो?” “ओ, हो। ल नेपाली-नेपाली परेछ नि! फेस हेरेर त छुट्ट्याउनै नसकिने भो ….. ” “त्यही त हेर न”
२ वर्षदेखि अमेरिकाको एउटा युनिभर्सिटीमा पढिराखेको २३ वर्षे [...]
By mysansar, on December 10th, 2011 -शुषमा मानन्धर- निमासँगको मेरो परिचय त्यति पुरानो थिएन र पनि हामी छोटो समयमै धेरै नजिक भएका थियौँ। उसको सौम्य व्यवहार र सबैसँग घुलमिल हुन सक्ने बानीदेखि म साह्रै प्रभावित थिएँ। घरमा आउँदा मसँग भन्दा पनि बढी आमासँग नै उसको कुरा मिल्थ्यो। आमा पनि निमालाई मन पराउनु हुन्थ्यो।
निकै दिनदेखि निमाले आफ्नो घरमा खानको लागि [...]
By mysansar, on December 3rd, 2011 -प्रदीप गौतम “अंकित”-
“My boss has organized a party at the restaurant, so I will be little late ok?” यति भनेर अप्सराले टेक्स्ट पठाई आफ्नो लोग्ने सुबोधलाई । असहज अनुहार बोकेरै भएपनि “ओके” मात्रै लेखेर पठायो सुबोधले । आज शनिबार सुबोधको छ दिने गोरु जोताइपछीको बिस्राम गर्ने दिन। एकै छिनमा एउटा कल आयो [...]
By mysansar, on November 26th, 2011 -शुषमा मानन्धर-
“तँ कत्ति भाग्यमानी छस्। काठमाण्डौमा घर, प्रशस्त सम्पति, कमाउ लोग्ने र दुई आँखा जस्ता छोराछोरी। के को पीर छ तँलाई।”
तृष्णाका अधिकांश साथीहरु उसलाई यसै भन्छन्। हुन पनि हेर्नेहरुका आँखामा, उसमा कुनै पीरै छैन। खानलाउन पुग्दैन भन्नु छैन। ठूलो परिवारको किचलो र झन्झट पनि व्यहोर्नु छैन। काठमाण्डौको मुटुभित्र चार तल्ले घरमा [...]
|
|
Recent Comments