युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on April 5th, 2011 विनोद चौधरी स्वामित्वको वाइवाइ उत्पादक कम्पनी सिजी फुडले १० करोड रुपैयाँको नक्कली भ्याट बील बनाएर राजस्व छलेको खुलासा भएको छ। यो कसुरमा कानुनअनुसार कारवाही भए विनोद चौधरी सरकारी कागज कीर्ते गरे सरह ठगी र जालसाझी मुद्दा तथा जेल सजाय समेतको भागिदार हुनेछन्। बिगोको २ सय प्रतिशत जरिवाना र अन्य हर्जनाहरु जोड्दा चौधरीले वाइवाइका लागि नक्कली [...]
By mysansar, on January 24th, 2011
छुटे देवीप्रसाद रेग्मी
एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हाने बापत देवीप्रसाद रेग्मीले एक हजार रुपैयाँ तिर्नु परेको छ। सुनसरी प्रमुख जिल्ला अधिकारीले तोकेको एक हजार रुपैयाँ धरौटीमा राखी रेग्मी केहीबेर अघि रिहा भएका छन्। उनलाई प्रशासनलाई एक महिने तारिकमा छाडेको हो। सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियलाले रेग्मीले आवेशमा आएर झापड हानेकोमा दुःख व्यक्त [...]
By mysansar, on January 24th, 2011
नेतालाई खुवाउन परिकार तयार पार्दै र्याडिसन कर्मचारी।
आजकाल नेताहरु दलको कार्यालयमा भेटेरै कुरै गर्दैनन्। दलका कार्यालयहरु फगत पार्टीका अमुक विषय छलफल गर्ने र कार्यकर्ताले आत्महत्या गर्ने थलो मात्रै बनेजस्तो पो देखिँदैछ। कहिले रिसोर्ट, कहिले पाँचतारे होटलभन्दा तलको त कुरै छैन बा। आज माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति सुशील कोइरालाबीच ठमेलको होटल बैशालीमा ‘लञ्च [...]
By स्याटेलाइट, on January 24th, 2011 सामान्य किसान देवीप्रसाद रेग्मीले एमाले अध्यक्ष झलनाथ खनाललाई हात उठाउनु जायज थियो या थियन भन्नेमा आ-आफ्नै तर्क होलान। घटनापछि यसबारेमा आममान्छेको चासो र प्रतिक्रिया ‘थप्पड कम भो’ भन्ने खालको भन्ने देखिएको छ। यस्तोलाग्छ नेपाली झलनाथहरुको झल्लुपनबाट आजित र आक्रोशित छन्। झलनाथको चिल्लो गालामा परेको थप्पड निरीह किसानले हानेको सामान्य थप्पडमात्र हैन। यो त झलनाथ प्रवृत्तिले [...]
By mysansar, on January 23rd, 2011 आफ्ने आँखा अगाडि झलनाथ खनाललाई चड्कन लागइदिएपछि रन्थनिएको एमालेको इटहरी नगरकमिटी यतिबेला खबर दिने मिडियालाई सत्तोसराप गर्दै पार्टी अध्यक्षको चाकडीमा समय दिन थालेको छ। झापड हानेको खबर प्राथमिकता साथ प्रकासन–प्रसारण गर्ने मिडियालाई वर्गदुस्मन भन्दै इटहरी एमालेका खनाल पक्षधरहरु झापडको तीर केपी ओली पक्षतिर तेर्साएर पार्टीगत लाभ लिने दौडमा छन्। शनिबार पत्रकार सम्मेलनै गरी नगरकमिटीका केही [...]
By mysansar, on January 21st, 2011
एमाले क्रान्ति रेग्मीलाई कडा कारवाहीको माग गर्दै इटहरीमा गरिएको चक्का जाम।
नेताको कार्यशैलीप्रति वाक्क भएर एमाले अध्यक्ष झलनाथ खनाललाई झाप्पड हान्ने देवीप्रसाद रेग्मीविरुद्ध सिंगै एमाले उत्रिएको छ। एमालेका दुई भातृ संगठन युवा संघ र अनेरास्ववियूले शुक्रबार इटहरीमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले सडकमा टायर बाली चक्का जाम समेत गरेका छन्। प्रधानमन्त्रीको दल [...]
By mysansar, on January 17th, 2011 माओवादी अध्यक्ष प्रचण्डको निसाना बाहिरका दुस्मनभन्दा पार्टीभित्रका ‘दुस्मन’हरुतर्फ बढी भए जस्तो देखिन थालेको छ। पालुङ्टार विस्तारित बैठकमा पेश गरेको फरक मत तल्लो स्तरसम्म लगेर छलफल गर्ने सहमतिमाथि झेली गर्दै प्रचण्डले बाबुराम भट्टराईलाई राजधानीको भृकुटीमण्डपमा भएको प्रशिक्षणमा बोल्न नदिएपछि उनले प्रशिक्षण कार्यक्रम बहिष्कार गरेका छन्।
Tweet [...]
By Salokya, on October 30th, 2009 प्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना माहिला भाइ विनोद उपाध्याय नेपाललाई हङकङका लागि महावाणिज्यदूत बनाएछन्। हिजोको मन्त्रिपरिषद्को बैठकले त्यसलाई पारित पनि गरेछ। तर आफ्ना भाइलाई त्यसरी नियुक्ति गरेको थाहा नहोस् भनेर सरकारी प्रवक्ता शंकर पोखरेललाई विनोद पान्डे नियुक्त भएको भनेर थर फेरेर भन्न लाएछन्। पत्रकारहरु पनि के कम र, चाल पाइहाले। अनि आजको पत्रिकामा प्रधानमन्त्रीका भाइलाई वाणिज्यदूत [...]
By move_salokya, on October 28th, 2009 यो दनदनी बलेको आगो माओवादीले गर्ने भनेको आन्दोलनको तयारी हैन। अरु कुनै राजनीतिक पार्टीले पनि यसो गरेका हैनन्। यो हिंसा मच्चाएका हुन् इटहरीका स्थानीय बासिन्दाले। उनीहरुको माग के भन्नुभएको ? अरु केही हैन, उनीहरुकै सहरमा बन्नुपर्यो रे क्षेत्रीय रंगशाला। यही हो माग। र यही माग पूरा नभएसम्म उनीहरुले बुधबारदेखि अनिश्चितकालीन हड्ताल आह्वान गरेका छन्। [...]
By move_salokya, on October 28th, 2009 माओवादीले आन्दोलनका कार्यक्रमले मुठभेड निम्तिएला भनेर शंका गर्नु परेन। किनभने मुठभेड त सुरु भइसक्यो। मात्राको कमि न हो। हिजो आन्दोलनका कार्यक्रम घोषणा हुँदै गर्दा नारायणगढमा माओवादी र काँग्रेसका कार्यकर्ताहरुबीच मुठभेड भयो। आजको पत्रपत्रिकामा आएका समाचार अनुसार माओवादी कार्यकर्ताहरुले शेरबहादुर देउवा र गगन थापालाई खोजी खोजी आक्रमणको प्रयास गरे। नेतालाई त केही भएन, केही कार्यकर्ताहरु घाइते [...]
|
|
Recent Comments