युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move_salokya, on October 28th, 2009 यो दनदनी बलेको आगो माओवादीले गर्ने भनेको आन्दोलनको तयारी हैन। अरु कुनै राजनीतिक पार्टीले पनि यसो गरेका हैनन्। यो हिंसा मच्चाएका हुन् इटहरीका स्थानीय बासिन्दाले। उनीहरुको माग के भन्नुभएको ? अरु केही हैन, उनीहरुकै सहरमा बन्नुपर्यो रे क्षेत्रीय रंगशाला। यही हो माग। र यही माग पूरा नभएसम्म उनीहरुले बुधबारदेखि अनिश्चितकालीन हड्ताल आह्वान गरेका छन्। [...]
By move_salokya, on October 28th, 2009 माओवादीले आन्दोलनका कार्यक्रमले मुठभेड निम्तिएला भनेर शंका गर्नु परेन। किनभने मुठभेड त सुरु भइसक्यो। मात्राको कमि न हो। हिजो आन्दोलनका कार्यक्रम घोषणा हुँदै गर्दा नारायणगढमा माओवादी र काँग्रेसका कार्यकर्ताहरुबीच मुठभेड भयो। आजको पत्रपत्रिकामा आएका समाचार अनुसार माओवादी कार्यकर्ताहरुले शेरबहादुर देउवा र गगन थापालाई खोजी खोजी आक्रमणको प्रयास गरे। नेतालाई त केही भएन, केही कार्यकर्ताहरु घाइते [...]
By move_salokya, on October 28th, 2009 यो फोटो त तपाईँले धेरै पटक धेरै ठाउँमा देख्नुभएको होला। हजुर, यो काठमाडौँमा रहेको विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू स्तुप हो। तर अहिले स्वयम्भू यस्तो छैन। आउनुस्, हामी तपाईँलाई देखाउँदै छौँ, तपाईँले अहिलेसम्म नदेख्नुभएको स्वयम्भूको रुप। हेर्न भित्र आउनुस्।
[...]
By new_admin, on October 27th, 2009 नेताहरुको बोलीको भर हुन्न भनेको अहिले खुबसँग देखियो। जनता झुक्याउन उनीहरुले बारम्बार कहिले दशैँपछि त कहिले तिहारपछि र कहिले छठपछि सहमति हुन्छ भने। के खाएर हुनु सहमति ? आ-आफ्नो अडानमा मेरो गोरुको बाह्रै टका गरिबसेकाहरुले अन्ततः देशलाई मुठभेडको राजनीतितर्फ नै उन्मुख नै गराएका छन्। आज माओवादीले घोषणा गरेको आन्दोलनका कार्यक्रमले त्यस्तै देखाएको छ। भन्नलाई त [...]
By move_salokya, on October 27th, 2009 संविधान बनाउन गएका सभासदहरुले नै कानुन पालना गरेनन् भने के गर्ने ? यस्तै भएको छ अहिले। भ्रष्टाचार निवारण ऐन अनुसार बुझाउन जरुरी भएको विवरण नबुझाई सम्पति लुकाउनेहरुमा चर्चित नेता गगन थापा पनि परेका छन्। उनी मात्र हो र, त्यसरी नबुझाउनेहरुको नामावलीमा ठूल्ठूला नेताहरु पनि छन् जस्तै काँग्रेसका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, एमालेका अध्यक्ष झलनाथ खनाल। [...]
By move_salokya, on October 27th, 2009 -बालकृष्ण दाहाल-
त्यस गठबन्धनले राष्ट्रपति यादवलाई संविधान सभा भंग गरी राष्ट्रपतिमार्फत् सैनिक शासन लगाउन दबाब दिइरहेको छ। त्यसैको तयारीस्वरुप लबिङ गर्ने काम सुरु भएको छ। नेपाल मजदूर किसान पार्टीका नारायणमान बिजुक्छेले राष्ट्रपति शासनको विकल्प छैन भन्नु लबिङ सुरु भएको भन्ने ठोकुवा गर्न गाह्रो छैन। अरु बढी लबिङहरु बिस्तरै योजना अनुसार बाहिर आउँछन्। यो संसद अनि [...]
By move_salokya, on October 26th, 2009 प्रदीप तिमल्सिना, सिडनी-
काठमाडौँ- नेपालको राजधानी। तर अस्ट्रेलियामा मैले देखेको काठमाडौँले भने यो परिचय बोकेको थिएन। आउनुस् म तपाईँलाई सुनाउँदैछु काठमाडौँको यो अर्को परिचय।
[...]
By move_salokya, on October 26th, 2009 ल है दशैँतिहारको उपलक्ष्यमा इन्द्रचोक क्लबले बेचेको चिठ्ठामा २२० सीसीको पल्सर मोटरसाइकल उपहार त गिरिजाप्रसाद कोइरालालाई पो परेछ। गिरिजाप्रसाद कोइराला त क्या लक्की नाम पो रहेछ।
[...]
By move_salokya, on October 25th, 2009 पशुपतिनाथ मन्दिरका दुई पुजारी (भण्डारी)हरू रातभर राजधानीका डान्स रेस्टुरेन्टमा झुम्ने गरेको आरोप लगाउँदै पशुपतिमा नयाँ पुजारी नियुक्ति संयुक्त संघर्ष समितिले हिजो पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा दुई पुजारी सानुबाबु भण्डारी र जितेन्द्र राजभण्डारी एक युवतीसित रेस्टुँरामा बसेको देखिन्छ। संघर्ष समितिले यो फोटो पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने एक भक्तले उनीहरुलाई चिनेर डान्स रेस्टुरेन्टमा [...]
By कृष्ण ढुंगाना, on October 25th, 2009 -स्याटेलाइट
सहरमा बोर्डिङ स्कूलका गगनचुम्बी बिल्डिङहरु छन्। तिनको मासिक ‘फि’ गरिब विद्यार्थीका अविभावकले थेग्न सक्ने छैन। महँगो ‘फि’ र बाहिरी तडकभडकका स्कूल पठाउन ‘टाइ’ मिलाइदिने अभिभावक पनि सन्ततिको नैतिक आचरणप्रति ढुक्क छैनन्। सबै अभिभावक चाहन्छन् सन्तान विवेकी बनुन्, नैतिकवान बनुन्। एक तहका अभिभावक छोराछोरीको औंलो समातेर लाइब्रेरी र चिल्ड्रेन पार्क पुग्लान् तर काठमाडौं एउटा [...]
|
|
Recent Comments