मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    एन्टी भाइरस किन्नै पर्छ र, सित्तैमा पनि पाइन्छ त

    अहिले काठमाडौँमा क्यान इन्फोटेक भइरहेको छ, केही अघि आइसीटी एक्सपो भएको थियो। यस्ता प्रदर्शनीहरुमा पेन ड्राइभ र एन्टी भाइरस प्रोग्रामहरु जति केही पनि बिक्दैन। क्यान इन्फोटेक काठमाडौँ बाहिर पनि हुने गर्छन्। त्यहाँ पनि एन्टी भाइरसहरुको बजार नै धेरै हुन्छ। सागर इन्फोसिसले कास्परस्की सस्तो मूल्यमा ल्याएर एन्टी भाइरसको बजार नेपाल पनि हुनसक्छ है भन्ने देखाएको थियो। [...]

    सीएनएन नेपालीमा, माइसंसार स्पेनिसमा

    गुगलको अनुवादकमा नेपाली भाषा थपिँदै-

    तपाईँ पनि कहिलेकाहीँ सोच्नुहुन्छ होला, बुझ्न गाह्रो अङ्ग्रेजी लेख ठ्याक्क नेपाली भाषामा आफै अनुवाद भइदिने भए कति सजिलो हुन्थ्यो ! गुगलको http://translate.google.com/ मा गएर अङ्ग्रेजीको पूरै साइटलाई हिन्दीमा अनुवाद गरेर हेर्न मिल्छ। हिन्दीमात्र हैन उर्दु, तमिल, कन्नाडा, गुजराती जस्ता भारतीय भाषासहित विश्वका ६३ भाषालाई एकआपसमा अनुवाद गरी पढ्न सकिन्छ। [...]

    फेसबुकले के यस्तो गरायो…

    सुविधा थपेपछि फेसबुक अझ सजिलो भएको छ

    गुगल प्लसबाट कडा चुनौतिको सामना गरेको फेसबुकले आफ्नो सेवा परिमार्जन गर्दै थप सुविधा राखेको छ। गुगल प्लसको विशेषताका रुपमा रहेका अधिकांश सुविधा अब फेसबुकमा नै उपलब्ध हुने भएको छ। गुगल प्लसले यसको जवाफ कसरी दिने हो, त्यो हेर्न बाँकी छ। यहाँ भने हामी लागौँ नयाँ सुविधाका बारेमा बुझ्न।

    [...]

    फेसबुक कि गुगल+ ?

    माइसंसारले हिजोदेखि एउटा सानो परिवर्तन गरेको तपाईँहरुले याद गर्नुभयो कि भएन ? हरेक ब्लग पोस्टको मुनि फेसबुक लाइक गर्ने बटन हुन्थ्यो यसअघि, अहिले त्यसमा +1 र ट्विटर पनि देख्‍नुहुन्छ। +1 गुगलको फेसबुक जस्तो सोसल नेटवर्किङ साइट गुगल+ को राम्रो लाग्यो भन्ने दर्शाउने माध्यम हो।

    फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पतिले गुगलका संस्थापकद्वय ल्यारी पेज र सेर्गेइ [...]

    होसियार, यसरी लुटिनु होला है !

    इमेल तपाईँहरु पक्कै चलाउनु हुन्छ होला। तर अलिकति ध्यान पुर्‍याउनु भएन भने तपाईँको इमेलको पासवर्ड तपाईँले थाहै नपाइकन चोरेर त्यसमा रहेका तपाईँका सामाग्री लुटिन सक्छन्। त्यतिमात्र हैन, अफ्रिकाको कुन चाहिँ सहरमा ‘अलपत्र परेँ, पैसा पठाउनुस् न’ भन्दै पैसा मागेको इमेल तपाईँको इमेलबाट तपाईँका साथीहरुलाई जान सक्छ। यसरी पासवर्ड चोर्नेहरु निकै चलाख हुन्छन्, तपाईँले चलाउँदै आएको [...]

    फेसबुकको सानो फन्ट कस्तो लाग्यो?

    फेसबुक अब सामाजिक सञ्जालको एउटा सामान्य साइट जस्तो मात्र रहेन। विश्वभर यसले प्रभाव पारिरहेकै थियो, नेपाल जस्तो देशमा समेत यसले ठूलै प्रभाव पारिसकेको छ। फेसबुकसम्बन्धी तथ्याङ्क राख्‍ने फेसबेकर्सका अनुसार ६ लाख २८ हजार २ सय २० जना नेपालीले फेसबुकमा खाता खोलेका छन्। यसको तथ्याङ्क मान्ने हो भने इन्टरनेट पहुँच भएका सबै नेपालीको फेसबुकमा खाता छ। [...]

    नयाँ वर्ष २००९ को सौगात

    -ब्यास, अमेरिकाबाट

    मेरो संसारका पाठकहरूका लागि सौगात ल्याएको छुँ । सौगात पनि कस्तो भने दिनेलार्इ पनि पैसा नपर्ने लिनेलार्इ नी पैसा नपर्ने (लिनेलार्इ पैसा परे कसले पो लेला ?)। फेरि यो आर्थिक मंदीमा कसले पैसा खर्चोस् । अमेरिकाले आफूसंगै सबै देशहरूलार्इ ओरालो लगार्इ हाल्यो । खै, ओबामा अंकलले केहि गर्ला कि? अँ त, सौगातको कुरा [...]

    इन्टरनेट मै पाइने भयो शब्दकोशको सुविधा

    नेपाली भाषाको कुनै शब्दको अर्थ थाहा भएन ? कसलाई सोधौँ भइरहेको छ ? कुनै नेपाली शब्दलाई अंग्रेजीमा के भनिन्छ थाहा भएन ? वा कुनै अंग्रेजी शब्दको नेपाली अर्थ थाहा भएन ? शब्दकोशको ठेली पल्टाउन अल्छी लाग्छ ? त्यसो भए तपाईँको लागि इन्टरनेटमा एउटा सजिलो उपाय भेटिएको छ।

    लग गर्नुस् नेपाल प्रज्ञा प्रतिष्ठानले बनाएको अनलाइन प्रज्ञा [...]

    नेपालीमा कमेन्ट लेख्ने सजिलो उपाय

    ‘मेरो संसार’ मा रोमन लिपिमा कमेन्ट लेख्नेहरु अझै छन्। रहरले नभएर बाध्यताले उनीहरुले त्यसो गरिरहेका हुनसक्छन्। तर रोमनमा लेखिएका कमेन्टहरुको आकर्षण कम हुन्छ। कमैले मात्र त्यस्ता कमेन्टहरु पढ्छन्। त्यसो त रोमनमा टाइप गरेर युनिकोड नेपालीमा परिणत गर्ने साइटहरु बनिसकेका छन्। युनिकोड नेपाली एउटा त्यस्तै साइट हो। प्रीति फन्टमा टाइप गरेर त्यसलाई युनिकोडमा परिणत गर्ने साइट [...]

    हाम्रा वेबसाइटहरु किन यस्ता ?

    -संकल्प पोख्रेल/चितवन- नेपालको सबैभन्दा ठूलो शैक्षिक संस्था, जहाँबाट बौद्धिक व्यक्तित्वहरु उत्पादन हुन्छन्, त्यो शैक्षिक संस्थाको वेवसाइट भने केटाकेटीले पुतली खेलेको जस्तो छ। विद्यार्थीहरूले आफ्नो नतिजा प्रकाशित भएको हेर्न खोज्यो भने कहिल्यै सहज तरिकाबाट हेर्न पाउने स्थितिको वेबसाइट बनाउन त्रिभुवन विश्वविद्यालयले सकेको छैन। यसको प्रमाण मैले तस्विरमा प्रस्तुत गरेको छु।

    Tweet [...]

    eXTReMe Tracker