मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

    “तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !” “यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई समथरमा बसेर कुटोकोदालो गर्दै सनातनको बिडो थामेका।” “तर तपाईँ पनि आजभोलि म जस्तै आधुनिक हुनुभएको छ। [...]

    यू टर्न

    - दीपक जडित-

    साउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका भाटाले हवाइयन शैलीमा बनाइएका चिटिक्क परेका केही एकतल्ले घरहरु छन्। हेर्दा सामान्य कुनै [...]

    शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    F.decorate(_ge(‘photo_notes’), F._photo_notes).notes_go_go_go(746846872, ‘http://farm2.static.flickr.com/1338/746846872_a9e2fead39_t.jpg’, ’3.1444′); यस पटक फोटोभन्दा पनि विषयमा केन्द्रित रहनुहोला। भोलि अन्तर्राष्ट्रिय नारी दिवस रहेको हुनाले यो साताको प्रतियोगितात्मक कविताहरु महिलाप्रति समर्पित गर्नुहोला। कृपया कविता बाहेकको कमेन्ट यसमा नगरिदिनुहोला। कविताको शीर्षक राख्‍न पनि नछुटाउनु होला।

    [...]

    शनिबार साहित्य: यस पटकका विजेता राज

    शनिबार साहित्य अन्तर्गत दुई साताअघिको एक किशोरीले शारीरिक व्यायाम गर्दै गरेको फोटोमा लेखिएका कविताहरु मध्ये हाम्रा विभिन्न देशमा रहेका निर्णायकहरुले राजको ‘मेरो पुकार’ शीर्षकको कवितालाई उत्कृष्ट ठहर्‍याएका छन्। विजेताको कविता निकट भविष्यमा प्रकाशन हुने कविता संग्रहमा प्रकाशन गरिने हुनाले judges@mysansar.com मा सम्पर्क राख्‍नुहोला। विजेतालाई बधाई तथा सहभागी सबैलाई धन्यवाद। उत्कृष्ट कविता सुन्न भित्र आउनुहोला।

    [...]

    शनिबार साहित्यः प्रेम कवितामा सुफी उत्कृष्ट

    सूचनाः लोडसेडिङका कारण ‘शनिबार साहित्य’ आइतबार राख्‍नु परेकोमा विद्युत प्राधिकरणलाई हैन माइसंसारलाई लाज लागेको छ।

    दुई साताअघि भ्यालेन्टाइन्स डेको दिन राखिएको प्रेमसम्बन्धी कविताको प्रतियोगितामा हाम्रा विभिन्न देशमा रहेका निर्णायकहरुले सुफीको कवितालाई उत्कृष्ट ठहर्‍याएका छन्। विजेताले judegs@mysansar.com मा सम्पर्क राख्‍नुहोला। शनिबार साहित्यमा उत्कृष्ट ठहरिएका कविताहरु कविको तस्वीरसहित निकट भविष्यमा प्रकाशन हुने पुस्तकमा राखिनेछ। सहभागी सबैलाई [...]

    यमी

    -कञ्चन लिम्बु-

    “त्यसो भए तिमी जाने नै भयौ..” मैले अघिजस्तै आफ्नो कुरालाइ दोहोर्‍याएँ । मलाई ज्यादै नरमाइलो लागिरहेको थियो। पहिलेको कुराहरु सम्झिँदै गएँ । मन अमिलो भयो। “तिमी अबुझ जस्तो नबन न प्लिज । तिमीसँग छुट्न मलाई कति गाह्रो भएको छ । ममा के बितिरहेको होला महशुस गर न…मेरो यो बाध्यता हो । [...]

    शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    यो साताका लागि चुनौतिका रुपमा फोटो- कृपया कविताबाहेक अरु कमेन्ट यसमा नगरिदिनुहोला। कविताका साथमा शीर्षक पनि लेख्‍न नछुटाउनु होला।

    मेरो अनलाइन साथी

    -सुमिता शर्मा-

    हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन जस्तो कहिले नलाग्ने।

    जाडोको आगमन सँगसँगै स्वीडेनमा दिन पनि तीब्र गतिमा छोट्टिँदै गयो। कलेज सकाएर [...]

    शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    यो साताका लागि चुनौतिका रुपमा फोटो- कृपया कविता बाहेक अन्य कमेन्ट यसमा नगरिदिनु होला।

    अन्तरे

    -लुना-

    सैलुङ्ग डाँडाको काखमा यौवना विधवाको झाँक्रो झैँ फिजिएको छ मदनकुडारी गाउँ। प्राकृतिक रुपमा सुन्दर छ मदनकुडारी गाउँ तर त्यो सौन्दर्यको उपभोग गर्नेहरु कम छन् त्यो गाउँमा। त्यसैले कोरीबाटी चिटिक्क नपरेकी उजाड विधवा झैँ देखिन्छ मदनकुडारी गाउँ।

    ~~~~

    मुलुकमा राजनीतिक परिवर्तन शुरु हुन थालेदेखि र ठाउँ-ठाउँमा गृहयुद्ध भएदेखि त्यस गाउँका धेरै युवायुवती गाउँ छोडेर [...]

    eXTReMe Tracker