युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on January 27th, 2012 धरहरामा आज अचम्मको प्रदर्शन भयो। खै कसरी हो, गार्डहरुबाट लुकाएर ५/६ जना मान्छेको एक समूह सुटुक्क माथि चढ्यो। अनि एउटा विशाल ब्यानर बरन्डाबाट खसाल्यो।
अति भएपछि खति हुन्छ। सरकारले बनाएको नयाँ नियमले जनतालाई साह्रै अप्ठेरो भएपछि यस्तो खालको विरोध प्रदर्शन हुनु स्वभाविक हो। यो २० वर्षअघिको नेपाल हैन, यस्तो जङ्गली नियम लागू गराउन पाइँदैन [...]
By Charcheet Dhungel, on January 2nd, 2012 प्रिय च्याँखुरी! माया र सम्झना।
म आधा सन्चो र आधा विसन्चो छु। तिमीलगायत काठमाण्डौ खाल्डोवाशी नेपालीहरु पुरै सन्चो छौ भन्ने आशा लिएको छु।
सर्वप्रथम यो मोवाइल र इन्टरनेटको जमानामा हजुरबाजे पाराले हातले चिठी लेख्नु पर्दा दुखी छु। अख्तियारले वाग्लेलाई जेलमा जाक्दा अरु वाग्लेकै जस्तो कृति गर्नेहरुलाई पिर परे जस्तै मलाई पनि चिठी लेख्नुपर्दा त्यस्तै [...]
By mysansar, on November 19th, 2011 -चिरञ्जीवी पौडेल-
डाक्डर साहेब नमस्कार!
(प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो कार्यकक्षमा शान्ति प्रक्रियाको रोडम्याप बनाउँदै थिए, एक मधेसी महिलाको आवाजले झस्के)
प्रधानमन्त्रीः (महिलातिर फर्किदै)! तपाईंलाई मैले चिनिन नि?
महिलाः कस्तो नचिनेको हुजुर! अस्ति भर्खर किरिया खुवाएको होइन?
प्रधानमन्त्रीः के भन्नुभएको? मैले तपाईंलाई कहिले किरिया खुवाएँ?
(महिलाको पछाडि रहेका पिएले उनलाई सिकाउँछन्, किरीया होइन, सपथ भन्नुस [...]
By mysansar, on October 26th, 2011 सिस्नुपानी नेपाल (हास्यव्यंग्य संदन) समसामयिक बिषयलाई फरक प्रसंग र शैलीमा प्रस्तुत गर्ने संस्था हो। मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षी, टंक आचार्य सहितका श्रष्टा संलग्न सिस्नुपानी नेपालले प्रत्येक वर्ष व्यङ्ग्यात्मक देउसी खेल्दै आएको छ। कान्तिपुर टिभीको कार्यक्रम सरोकारमा मंगलबार यो देउसी प्रसारण भएको थियो। संस्थाका उपाध्यक्ष्य मनोज गजुरेलले देउसीको स्क्रिप्ट हामीलाई उपलब्ध गराएका छन्, आउनुस् [...]
By मनोज गजुरेल, on October 21st, 2011 ‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No Reading Nepali’ नै ‘NRN’ हो– जो बिदेश जानासाथ नेपाली ‘बिर्सिएको’ अभिनय गर्दछन्! केहीलाई लाग्दो हो– Now, Rocking [...]
By mysansar, on September 17th, 2011 वाणिज्य विभागले गुँदपाक भण्डारमा छापा मारेपछि आजभोलि सहर बजारमा जताततै गुँदपाककै चर्चा छ। त्यस्तै चर्चालाई व्यङ्ग्यको रुप दिएका छन् चिरञ्जीवी पौडेलले-
बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो
कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
अस्पतालको सैय्याबाट उनले भनिन्, ‘यो भन्दा त [...]
By मनोज गजुरेल, on September 4th, 2011 ‘पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापादेखि, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र झलनाथ खनालसम्मले करोडौं पर्ने प्राडो र पजेरो चढिरहेका छन्।
तर भट्टराईजीले जाबो सोह्र लाखको गाडीमा चढेर हिंसात्मक संकेत दिएका छन्।
महंगा गाडी डाँडाकाँडामा गुड्न नसक्ने भएकाले माओवादी फेरी जंगल फर्किनकालागि ‘मुस्ताङ्’जस्तो सस्तो र सजिलो गाडी लिएको हो भन्ने हाम्रो आशंका छ।
[...]
By उही कुमार लामा, on August 22nd, 2011 उही कुमार लामा, ५ भदौ २०६८
यतिबेला शेरबहादुर देउडा नाच्नलाइ होइन, प्रधानमन्त्री बन्नलाई दुइटै खुट्टा उचालेर बस्नुभएको छ। उहाँका दुइटै खुट्टा भूइँमा छैनन्। भन्नुको तात्पर्य शेरबहादुरका दुबै खुट्टा हावामा लट्किरहेका छन्। केही वर्षअघि ह्वाइटहाउसको ओभल रुममा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशसित हात मिलाउन पाएको उन्मादमा पनि शेरबहादुरका खुट्टा यसैगरी हावामा लट्किएका थिए। खुट्टाले भूइँ छाडेपछि [...]
By Charcheet Dhungel, on August 22nd, 2011 -चर्चित ढुङ्गेल-
ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।
१) भलाद्मी ज्वाइँ— भलाद्मी ज्वाइँ [...]
By Salokya, on August 15th, 2011 गाईजात्रा हिजै सकियो। तर मूल गाईजात्रामात्रै सकिएको हो। एक हप्तासम्म व्यङग्य सप्ताह मनाउने क्रम जारी छ। राजनीतिक गाईजात्रा पनि उस्तै। एक सातासम्म राष्ट्रिय सहमतिका लागि समय दिइएका कारण यो बीचमा उनीहरुले सहमतिको राग अलापेर हँसाउनु हँसाउने छन् हामीलाई। बरु आउनुस् हेरौँ गाईजात्रा कै केही व्यङ्ग्य।
गाईजात्राका अवसरमा सिस्नुपानी नेपाल, रेडियो अडियो एफएम र न्युज२४ [...]
|
|
Recent Comments