युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By उही कुमार लामा, on August 22nd, 2011 उही कुमार लामा, ५ भदौ २०६८
यतिबेला शेरबहादुर देउडा नाच्नलाइ होइन, प्रधानमन्त्री बन्नलाई दुइटै खुट्टा उचालेर बस्नुभएको छ। उहाँका दुइटै खुट्टा भूइँमा छैनन्। भन्नुको तात्पर्य शेरबहादुरका दुबै खुट्टा हावामा लट्किरहेका छन्। केही वर्षअघि ह्वाइटहाउसको ओभल रुममा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशसित हात मिलाउन पाएको उन्मादमा पनि शेरबहादुरका खुट्टा यसैगरी हावामा लट्किएका थिए। खुट्टाले भूइँ छाडेपछि [...]
By Nepali Charcheet Dhungel, on August 22nd, 2011 -चर्चित ढुङ्गेल-
ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।
१) भलाद्मी ज्वाइँ— भलाद्मी ज्वाइँ [...]
By Salokya, on August 15th, 2011 गाईजात्रा हिजै सकियो। तर मूल गाईजात्रामात्रै सकिएको हो। एक हप्तासम्म व्यङग्य सप्ताह मनाउने क्रम जारी छ। राजनीतिक गाईजात्रा पनि उस्तै। एक सातासम्म राष्ट्रिय सहमतिका लागि समय दिइएका कारण यो बीचमा उनीहरुले सहमतिको राग अलापेर हँसाउनु हँसाउने छन् हामीलाई। बरु आउनुस् हेरौँ गाईजात्रा कै केही व्यङ्ग्य।
गाईजात्राका अवसरमा सिस्नुपानी नेपाल, रेडियो अडियो एफएम र न्युज२४ [...]
By Salokya, on August 15th, 2011 प्रधानमन्त्री झलनाथ खनालले २८ गते राजीनामा दिन्छु भने पनि गाईजात्राको शुभ अवसरमा २९ गते राति राजीनामा दिए। गाईजात्राको दिन राजीनामा दिने उनी नेपालका ३४ जना प्रधानमन्त्री मध्ये पहिलो हुन्। अब आउँदा वर्षहरुमा गाईजात्रा आउँदा यही दिन उहिलेका एक जना झलनाथ खनाल भन्ने प्रधानमन्त्रीले पनि राजीनामा दिएका थिए भन्ने सँधै याद रहनेछ।
प्रधानमन्त्रीले राजीनामा दिए [...]
By Nepali Charcheet Dhungel, on August 2nd, 2011 -चर्चित ढुङ्गेल- विश्वका कुनाकुनामा बसेर टपरा र दुनामा खाने नेपालीको संख्यामा दिन दुगुना र रात चौगुना बढेर गएकाले कसैले यो गैर आवासीय नेपालीको हिरो हुने सोच बनाएको हो र नेपालका खोँचखोँचबाट आएका सोझासिधा तपाईँहामीजस्ता साधु नेपालीलाई काबुमा पारेर केटाकेटीमा अलि ठूलाहरुले हावुको डर देखाएजस्तै गरी डस्ने, उपल्लो कोटीको नेपाली भएँ भनेर स्वनामधन्य हुने र रजगज्ज [...]
By mysansar, on June 14th, 2011 राजेश राई
भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि।
आमा – के कुरा ?
केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै भाषा पनि लेखाउनु पर्ने।
आमा – किन त्यसले के फरक पार्छ र ?
[...]
By मनोज गजुरेल, on June 5th, 2011 जेठ १४ गते मध्यरातमा म्याद सकिने भए पनि भोलिपल्ट बिहान ४ बजे पाँच बूँदे सहमति गरेर तीन महिना संविधान सभाको म्याद थपियो। थपिएको यो अवधिमा उनीहरुले जे जे गर्ने भनेका हुन्, त्यो त्यो नगर्नलाई एउटा क्यालेन्डर बनेको छ। हेर्नुस्, क्यालेन्डर अनुसार के-के गर्नुपर्ने रहेछ त ?
* जेठ १५ गतेदेखि पाँचबुँदे सहमतीलाई आफु अनुकुल [...]
By Nepali Charcheet Dhungel, on May 10th, 2011 ‘घर’ भन्नाले ओत लाग्ने वा बास बस्ने ठाऊँ भन्ने बुझिन्छ । अथवा ब्यक्ति वा समूहको स्थायी वा अस्थायी थाँतथलोमा ठड्याइएको आवास, निवास, कोठी, झुपडी, झुप्रो, कुटी, कटेरो, महल, दरवार आदिलाई घर भनिन्छ । जहाँ पनि र जैले पनि कसैसँग परिचय गर्नुपर्यो भने नामपछि प्वाक्कै सोधिन्छ– ‘तपाईँको घर कहाँ पर्यो ?’ यस-उसले घरको महत्व कति छ [...]
By Nepali Charcheet Dhungel, on April 20th, 2011 प्रिय च्याँखु, माया र सम्झना !
यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ। आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला। श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरुका कृपाले सबैको कल्याण होस् भनी कामना गर्दछु।
तिमीले रेडियोमा सुनेका र पत्रपत्रिकामा पढेका घटना झुठा हुन्। तिम्रो भ्रुण नै नबसेको बच्चा र [...]
By mysansar, on April 3rd, 2011 -लेखनाथ गौतम/टेक्सास, अमेरिका-
थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने [...]
|
|
Recent Comments