युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on August 7th, 2011 दिवसहरुको भीडमा आज एउटा दिवस छ- अन्तर्राष्ट्रिय मित्रता दिवस अर्थात् फ्रेन्डसिप डे। अगस्त महिनाको पहिलो आइतबार मनाइने यो दिवसमा कार्ड बाँडिन्छ, फ्रेन्डसिप ब्यान्ड साटासाट गरिन्छ अनि आजभोलि त अनलाइन सन्देश लेखिन्छ। तर म सम्झँदैछु पुरानो एउटा मित्रताको माध्यम जतिबेला यस्तो फ्रेन्डसिप डेको खासै चलन थिएन।
ट्विटर र फेसबुकमा रम्ने पुस्तालाई च्याट त पुरानो लागिसक्यो। कम्प्युटरमा [...]
By Salokya, on April 23rd, 2011 बिहीबार रातिदेखि शुक्रबार दिनभर र राति अबेरसम्म पनि माइसंसार तपाईँको कम्प्युटरमा खुलेन। तपाईँको मात्र हैन विश्वका कुनै पनि कम्प्युटरमा माइसंसार खुलेको थिएन। माइसंसार मात्र हैन, चर्चित वेबसाइटहरु Foursquare, Quora, Reddit, BigDoor लगायत सयौँ साइटहरुमा समस्या आयो। यी साइटहरु बन्द हुनुको मुख्य कारण थियो- अमेजन कम्पनीको क्लाउड होस्टिङमा आएको समस्या। यसले अमेजनको प्रतिष्ठामा मात्र धक्का पुर्याएको [...]
By Salokya, on March 1st, 2011 यो सिजनको लोडसेडिङको सबैभन्दा बढी असर परेको महसूस मलाई यी शब्द लेख्दा भइरहेको छ। आज २४ घण्टाभन्दा बढी समयपछि माइसंसार चलाउँदैछु। सेड्युलै यस्तो छ कि राति अबेला बत्ती आउँछ, बिहान पनि ढिलासम्म बत्ती आउँछ। साँझको समयमा बत्ती आउने त हप्तामा एक-दुई दिन मात्रै। अस्ति शुक्रबार राति अबेला बत्ती आउँदा चार्ज गरेर छाड्छु भनेर ल्यापटपमा प्लग [...]
By Salokya, on April 30th, 2010 जुन कुरालाई रुचिका हिसाबले परीक्षण गरिएको थियो, त्यसलाई व्यवस्थित रुपमा व्यवसायिक हिसाबले गरेर नेपाली अनलाइनमा एउटा नयाँ प्रयोग त गरियो, तर त्यति सजिलो भने रहेनछ लाइभ वेबकास्ट र लाइभ ब्लगिङ। ज्ञानेन्द्रको शासनकालले ब्लगर बनाएका हामी दुई (उमेश श्रेष्ठ र उज्ज्वल आचार्य) र उतिबेलै परेवा डट कममार्फत् अनलाइन पत्रकारितामा होमिएका कृष्ण ढुंगानाले यस्तै अनुभव गर्यौँ। टिम [...]
By Salokya, on March 13th, 2010 विदाको दिन शनिबार। बिहान एउटा गन्तव्यविहीन यात्रामा निस्कन मन लाग्यो। केही पाए खिचिहाल्छु भन्ने सोचेर ब्यागभित्र क्यामेरा हुलेँ र लागेँ पश्चिमतिर लखरलखर हिँड्दै। हातमा गह्रुँगो ब्यागको भारी नबोके पनि कलंकी पुग्नेबित्तिकै ‘पोखरा हो?’, ‘चितवन हो?’, ‘कहाँसम्म दाइ’ भन्दै माइक्रो र बसका एजेन्टहरु हातै तान्न आइपुगे। कलंकीको बाटो हिँड्ने सबै थानकोट कट्ने उद्देश्यले हिँडेका हुन्छन् [...]
By Salokya, on February 4th, 2010 “हात्ती आयो, हात्ती आयो” यदि उखान हुँदो हो त यसपछि भनिन्थ्यो “फुस्सा” तर अहँ, आज त्यस्तो भन्ने बेला हैन। किनकि हामी थियौँ सौराहामा, हात्ती यात्राको लागि नेपालको योभन्दा राम्रो ठाउँ अरु कहाँ होला र। एकाबिहानै हात्ती आएको आवाजले हामी ब्युझिँयौँ। दुई दुई ठाउँमा जाममा फँसेको। यात्राको थकान। साथी नवीन विभाससित राति अबेर पुगेका थियौँ सौराहामा। [...]
By Salokya, on January 18th, 2010 बिहान आँखा खोलेदेखि राति अबेर सुत्नलाई आँखा चिम्म नगरेसम्म एकोहोरो कम्प्युटर स्क्रिनमा टोलाउनु पर्ने, हतारमा समाचार, ब्लग लेख्नुपर्ने एकनासे जीवनचर्या। दिक्क लाग्यो सँधै उही काम। त्यसैले हिँडे छोटो यात्राका लागि। चन्द्रमाले सूर्यलाई छेक्दा हुने ग्रहणका बेला ‘यात्रा नगर्नू है’ भनी भन्नेहरुलाई ‘यी त सब भन्ने कुरा न हुन्’ भन्दै साथी नवीन विभाससँग हिँडियो माघे संक्रान्तिका [...]
By Salokya, on November 21st, 2009 “मैले यत्रो दुःख गरेको कसैले देख्दैन,” न्युयोर्कबाट प्रमेयले च्याटमा टाइप गरेको मार्मिक शब्द। हुन पनि तीन रात नसुती नसुती उसले माइसंसारलाई पुरानै अवस्थामा ल्याउन मरिमेटी लाग्यो। भोलिपल्ट उठी काममा जान सकेन। “किताब हेरी हेरी मिलाउनु पर्छ नजानेको कुरा”, ऊ भन्दै गइरहेको थियो। उसले किबोर्डमा टाइप गरिरहेको ‘कि’हरु गलत ठाउँमा थिए। गुगल च्याटमा उसको अनुहार देखिन्न। [...]
|
|
Recent Comments