युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on January 20th, 2011 एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीमा एकजनाले झापड हानेका छन्। एमालेकै पूर्व पार्टी कार्यकर्ता रहेका देवीप्रसाद रेग्मीले खनाललाई झापड हानेका हुन्। झापड हान्ने रेग्मीले नेताले देश बिगारेकाले आफूमा आक्रोस बढेको र आवेगमा आएर खनाललाई झापड हानेको स्पष्टोक्ति दिएका छन्।
Tweet [...]
By mysansar, on January 3rd, 2011 कान्तिपुर दैनिककी सहकर्मी मैना धिताललाई अश्लील इमेल गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएका पत्रकार विकास थापालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश ताहिर अली अन्सारी र प्रकाश वस्तीको संयुक्त इजलासले थापालाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। समान अभियोगका मुद्दामा अन्यलाई धरौटीमा रिहा गर्ने निर्णय दिए [...]
By Salokya, on April 26th, 2010 माओवादीले आइतबारदेखि अनिश्चितकालीन हड्तालको घोषणा गरेको छ। शनिबार मे दिवसमा राजधानीकेन्द्रित प्रदर्शनको भोलिपल्टदेखि अनिश्चितकालीन हड्तालको घोषणा प्रचण्डले पत्रकार सम्मेलनमा गरेका हुन्। माओवादीको रणनीति मे दिवसका दिन लाखौँ प्रदर्शनकारी राजधानीमा उतार्ने र सडकमा बसेर ब्याङ्ककमा भइरहेको शैलिमा सबकुरा ठप्प पार्ने भन्ने चर्चा भइरहेको थियो। नभन्दै माओवादीले अनिश्चितकालीन हड्ताल कै घोषणा गरेर यसै गर्न लागेको देखाएको छ। [...]
By Salokya, on February 7th, 2010 विशेष सुरक्षा नीति अपनाएको गफ दिँदै आउने सरकारको शान्ति सुरक्षालाई ठाडै चुनौति दिँदै दिनदहाडै एउटा व्यस्त ठाउँमा गोली हानी जमिम शाहको आज अपराह्न हत्या गरिएको छ। अपराह्नको तीन बज्न पाँच मिनेट बाँकी थियो। याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर पानीपोखरीस्थित घरमा जाँदै थिए जमिम शाह। ना १ च २१५१ नम्बरको कारमा थिए उनी [...]
By Salokya, on January 28th, 2010 पद निस्क्रिय भई चुप बसेका परमानन्द झालाई हिन्दीमा शपथ खुवाउन बाटो खोल्न अहिले राति बसेको संसदको बैठकले अन्तरिम संविधानको सातौँ संशोधन दुई तिहाई बहुमतले पारित गरेको छ। अरु विषयमा मरेकाटे पनि सहमति गर्न नसकेका देशका ठूला तीन दल परमानन्दलाई कुर्सीमा बसाउन भने अचम्मैसित एकै ठाउँमा उभिए। सबभन्दा पहिला उपराष्ट्रपतिको पद क्रियाशील गराउनु पर्छ भन्ने माओवादीको [...]
By Salokya, on December 22nd, 2009 नयाँ बानेश्वरमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले नागरिक सर्वोच्चता अब दिल्लीमा पुगेको हुनाले अब दिल्लीसित वार्ता हुने स्थिति आएको बताएका छन्। उनले भने, हामी दिल्लीसित वार्ता गर्न तयार छौँ। तेस्रो चरणको आन्दोलनको समापनसँगै चौथो चरणको उद्घाटन गर्ने भन्दै उनले काँग्रेस एमाले नेतासित कुरा हुँदा शान्तिपूर्ण आन्दोलनलाई गम्भीरतापूर्वक लिएको नदेखेकोले ज्ञानेन्द्रको पालामा प्रतिगमन आधा सच्चियो भनेर [...]
By Salokya, on December 21st, 2009 • बन्दबाट दिक्क भएकाहरुले अलिकति भए पनि राहत पाउने भएका छन्। बाबुराम भट्टराईले वक्तव्य निकाल्दै भोलि मध्याह्न १२ बजेसम्म मात्र बन्द हुने र त्यसपछि देशभर जुलुस निकाली आमसभा गरी तेस्रो चरणको आन्दोलन सम्पन्न हुने बताएका छन्। आजको वक्तव्यमा सबै ठाउँमा शान्तिपूर्ण रुपमा आन्दोलन सकिएको उल्लेख छ। दोस्रो दिनको आन्दोलनः कहाँ के भयो? • भोलि नयाँ [...]
By move2, on February 24th, 2009 झलनाथ खनाल एमाले अध्यक्ष पदमा निर्वाचित भएका छन्। आफ्ना प्रतिद्वन्द्वी केपी ओलीलाई १ सय १७ मतले पराजित गर्दै कूल खसेको मत १७९३ मध्ये ९१३ मत ल्याएर खनाल एमालेको पहिलो प्रत्यक्ष रुपमा निर्वाचित अध्यक्ष बन्न सफल भएका हुन्। महासचिव पदमा पनि खनाल पक्ष कै ईश्वर पोखरेल २०२ मतको फराकिलो अन्तरका साथ विजयी भएका छन्। ओली [...]
By move2, on February 9th, 2009 अपडेटः शंकास्पदहरुलाई समात्ने बाहेक मंगलबार दिउँसोसम्म प्रहरीले कसले यो घटना गरायो, छेउटुप्पो पत्ता लगाउन सकेको छैन। न कुनै समूहले नै यसको जिम्मा लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव तथा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओबादीका पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतमाथि सोमबार साँझ साढे सात बजे लोडसेडिङको बेला कोटेश्वरमा अज्ञात समूहले गोली प्रहार गरेको [...]
By move2, on January 10th, 2009 अपडेटः माधव नेपाल अब संविधान सभा सदस्य बनिसकेका छन्। उनले आजै राति संविधान सभा सदस्यको शपथ समेत खाइसकेका छन्। ************************* संविधान सभाको निर्वाचनमा नरमाइलो हार खाएर के भो त, एमालेका पूर्व महासचिव माधवकुमार नेपाल अब संविधान सभा सदस्य बन्ने भएका छन्। हारेको नेता फेरि कसरी संविधान सभा सदस्य बन्लान् त भन्ठान्नुभएको ? सजिलो छ नि- [...]
|
|
Recent Comments