युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move4, on August 31st, 2008 माओवादी नेतृत्वको सरकारले नेपालमा अर्को एउटा कीर्तिमान पनि बनाउने भएको छ। माओवादीले हिसिला यमिलाई पनि नयाँ मन्त्री बन्नेहरुको सूचिमा राखेपछि श्रीमान् र श्रीमति एउटै मन्त्रिपरिषद्मा मन्त्रीको यो नौलो कीर्तिमान बन्न लागेको हो। यस्तो संयोग विश्वमा नै विरलै हुने गर्छ। यमिका पति बाबुराम भट्टराई यसअघि नै यस मन्त्रिपरिषद्मा मन्त्री छन्।
छ पार्टीका २४ सदस्यीय मन्त्रिमण्डल बनेपछि [...]
By move4, on August 23rd, 2008 प्रधानमन्त्री पुष्पकमल दाहालले भर्खरै मात्र देशवासीको नाममा सम्वोधन गर्नुभएको छ। प्रधानमन्त्रीले बाहिरी औपनीवेशवाद र सामन्तबादबाट देश उन्मुक्त गराउन जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा शहीद भएकालाई श्रद्धाञ्जली अर्पण गरेर सम्वोधन सुरु गर्नुभएको थियो। लोकतन्त्रलाई मुठि्ठर हुनेखानेका लागि नभई बहुसंख्यक जनताको लागि बनाइने बताउँदै प्रचण्डले लोकतन्त्रलाई दिगो बनाउन गाउँका कुना कप्चाका निमुखा र गरीबलाई पनि लोकतन्त्रको [...]
By move4, on August 17th, 2008 राजधानीको गौरिघाटस्थित उप राष्ट्रपति परमानन्द झाको निवासमा राति साढे सात बजे वम विष्फोट गराइएको छ। घर पछाडिबाठ फालिएको सकेटवम विष्फोटमा परी नेपाली सेनाका श्रीप्रसाद र्सर्वुजा घाइते भएका छन्। घाइते सैनिकलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको भए पनि खतराबाट बाहिर रहेको बताइएको छ।
[...]
By move4, on August 8th, 2008 चार दलको बैठक अहिले भर्खर सकिएको छ। राष्ट्रपतिले माओवादीलाई सहमति जुटाएर सरकार बनाउन सात दिने म्याद दिएकोमा त्यसभित्र सहमति जुट्न सकेको थिएन। त्यसपछि फेरि तीन दिनको म्याद थपिएको थियो। त्यो म्याद पनि आज सकियो। आज पनि सहमति जुट्न नसकेकोले बहुमतबाट प्रधानमन्त्री चुनिने भएको छ।
आज राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि सहमति जुटाउन चार दल काँग्रेस, [...]
By move4, on July 27th, 2008 राष्ट्रपति रामवरण यादवले अहिले साँझ ६ बजेदेखि राष्ट्रलाई सम्बोधन गर्दैछन्। राष्ट्रपतिले पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका हुन्। आफ्नो ८ मिनेट लामो सम्बोधनमा राष्ट्रपतिले राष्ट्रिय अखण्डताप्रति प्रतिवद्धता व्यक्त गरेका छन्। नेपाल रहेमात्र नेपाली रहने र नेपाली रहे मात्र लोकतन्त्र रहने राष्ट्रपतिले बताए। राष्ट्रिय सार्वभौमिकता र अखण्डतालाई कायम राख्नुपर्ने पनि उनको भनाई थियो। सबै नेपालीको जय [...]
By move5, on July 17th, 2008 रामराम ! सचिव पनि रामैराम: राष्ट्रपतिमा रामैराम नामका उम्मेदवार भए जस्तै राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका लागि खटाइएका सचिवहरुको नाम पनि रामैराम रहेका छन्। राष्ट्रपतिको कार्यालयका लागि डा. रामहरि अर्याल र उपराष्ट्रपतिको कार्यालयका लागि रामचन्द्रमान सिंह खटाउने निर्णय सामान्य प्रशासन मन्त्रालयले गरेको छ।
आज राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हो।
[...]
By move5, on July 9th, 2008 १२ दिनको अवरोधपछि आज बल्ल संविधान सभाको बैठक सुचारु भएको छ। लाइभ अपडेट- अपडेट (राति ११:११) मधेसी सभासदहरुले बहिस्कार गरेको अन्तरिम संविधान २०६३ को पाँचौँ संशोधन प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव ध्वनिमत अनुसार बहुमतले पास भएको घोषणा संविधान सभाको अध्यक्षता गरिरहेका केबी गुरुङले गरेका छन्। यस प्रस्तावको टुंगो आगामी बैठकमा लगाइनेछ। यो बैठकमा प्रस्ताव टेबलमात्र [...]
By move5, on June 25th, 2008 अस्ति गणतन्त्र घोषणा हुने दिन जेठ १५ गते नै हुनुपर्ने मन्त्रिपरिषदबाट मनोनीत हुन बाँकी २६ जनाको भागवण्डाको कुरा आज बल्ल मिलेको छ। भागवण्डामा भएको सहमति अनुसार माअोवादीले सबैभन्दा बढी नौ सिट पाउनेछ। काँग्रेस र एमालेले पाँच- पाँच सिट पाउने छन्। फोरमले २ सिट पाउनेछ भने बाँकी रहेका दलहरु तमलोपा, नेमकिपा, माले, सदभावना र जनमोर्चाले एक [...]
By move5, on June 5th, 2008 माअोवादीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफ्नो हुनुपर्ने पूर्व अडानमध्ये राष्ट्रपतिको अडान छाडेको छ। सरकारमा जाने कि नजाने सम्बन्धमा माअोवादीको केन्द्रीय सचिवालयको आज बिहानदेखि बसेको बैठकले शर्तसहित राष्ट्रपतिको अडान छाड्ने निर्णय गरेको हो। राष्ट्रपति नागरिक समाजको तर्फबाट हुनुपर्ने माअोवादीले अडान राखेको छ।
अर्थात् को त ? कृष्ण पहाडी ? डा. देवेन्द्रराज पाण्डे ? पद्यरत्न तुलाधर [...]
By move5, on June 2nd, 2008 भूतपूर्व राजा ज्ञानेन्द्रले नै संविधान सभाको निर्देशन स्वीकार गरेर नागरिक बन्छु भनिसकेका बेला केही मण्डलेहरुको जमातले भने गणतन्त्र घोषणा असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा आज रिट दर्ता गरेका छन्।
उनीहरुको तर्क रहेको छ- संविधान सभा नै अपूर्ण छ। त्यसैले पहिलो बैठक बसेको नै असंवैधानिक छ। यस्तो असंवैधानिक संविधान सभाको पहिलो बैठकले गरेको निर्णय संवैधानिक हुन [...]
|
|
Recent Comments