मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कर्फ्यु र निषेधाज्ञा हटाइयो, मोबाइल सुचारु

    अपडेट@9pm NST: मोबाइल सेटमा टावर देखाउँदैमा मोबाइल खुल्यो भनेर मख्ख परेको त के खाएर हुनु नि, मेरो प्रिपेड त अझै खुलेको छैन रहेछ। पोस्टपेडमात्रै खुलेको रहेछ। अब प्रिपेड खोल्न नानाथरिका नाटक गर्ने हुन् कि खुरुक्क खोल्ने हुन्, त्यो भने कथित “विष्णुका अवतार”लाई नै थाहा होला।

    अपडेट@8pm NST: दूरसञ्चारको मोबाइल फोन सुचारु भएको छ। निजी [...]

    काठमाडौंमा अकल्पनीय तनाव

    (EXCLUSIVE Video Footage inside) २०६२ माघ ८, शनिबार अपडेटः सात दलले माघ १३ गते नेपाल बन्दको अ‍ौपचारिक घोषणा गरेका छन्। आज कर्फ्यु एक घण्टा घटाएर राति १० बजेदेखि गरिएको छ। हिजोको शान्तिपूर्ण प्रदर्शनदेखि डराएर कर्फ्यु लगाउने निरंकुश सरकारले आज जनताको शक्ति देखिरहेको छ। काठमाडौं अकल्पनीय रुपमा तनावग्रस्त छ- विशेष गरी सात दलले सभा गर्ने भनेको [...]

    शाही सरकारद्वारा भोलि दिनभर कर्फ्यु घोषणा

    २०६२ माघ ६, बिहीबार @ 915 pm NST भर्खरै नेपाल टेलिभिजनमा दिइएको सूचना अनुसार माघ ७ गते बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु घोषणा गरेर निरंकुश सरकारले शान्तिपूर्ण सभालाई बिथोल्न चरम कायरता प्रदर्शन गरेको छ। अब भोलि शुक्रबारको दिन रक्तपात चाहिँ नहोस्, यही कामना गर्नुपर्छ। कर्फ्यु चक्रपथभित्र घोषणा गरिएको हो। यसैबीच अपुष्ट समाचार अनुसार [...]

    राजधानीमा बिहानैदेखि प्रदर्शन

    चोकचोक र गल्लीगल्लीमा शाही नेपाली सेना र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका बीच राजधानीमा बिहीबार बिहानैदेखि प्रदर्शनहरु भइरहेका छन । विभिन्न चोक, गल्लीहरु र क्याम्पसहरुमा प्रदर्शन जारी रहेको छ । सुरक्षाकर्मीको आँखा छल्दै प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ ।

    Comments 2006-1-19 @ 7:01:47 am [ Edit - Delete - Unapprove ] ( chit***1@gmail.com नेताहरुलाई घरवाटै [...]

    कम्तीमा दुई सय नेता पक्राउ

    २०६२ माघ ६ बिहीबार सरकारले बिहीबार बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता एवं नागरिक अधिकारकर्मीहरुलाई व्यापक घरपकड गरेको छ । राजनीतिक दलका केन्द्रीय नेतालगायत दर्ुइ सय भन्दा बढीलाई गिरफ्तार गरिसकिएको बुझिएको छ । पक्राउ परेकाहरुलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोक, २ नम्बर सशस्त्र प्रहरी गण महाराजगंज र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा राखिएको छ । एमाले नेता [...]

    पडकास्टः दर्जनौं नेता तथा कार्यकर्ता गिरफ्तार

    २०६२ माघ ६ गते बिहीबार निरंकुश सरकारले दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ। एमाले महासचिव माधव नेपालको घरमा बिहान खानतलासी गरिएको छ। शीर्ष नेताहरुलाई पक्राउ, नजरबन्द गरिएको छैन। मानवअधिकारवादी नेता कृष्ण पहाडी, नागरिक आन्दोलनका अगुवा डा देवेन्द्र राज पाण्डे, श्याम श्रेष्ठ गिरफ्तार छन्। यो पडकास्टमा केही शीर्ष नेताहरुको प्रतिक्रिया सुन्न सक्नुहुनेछ। यसलाई सुन्न यहाँ [...]

    शाही सरकारको आतंकको पराकाष्ठा, टेलिफोन, मोबाइल बन्द

    २०६२ माघ ६, बिहीबार शाही सरकारको आतंकले पराकाष्ठा नाघेको छ। टेलिफोन र मोबाइल फोनको सम्पर्क आज बिहानदेखि विच्छेद गरिएको छ। नेपालमा अधिकांशले डायल अपबाट इन्टरनेट चलाउने हुनाले इन्टरनेट पनि बन्द भएको जस्तो भएको छ।

    (अपडेट बिहान सवा ८): टेलिफोन चल्न थालेको छ तर मोबाइल भने अझै बन्द नै छ। एनटीसी र मेरो मोबाइल दुवै [...]

    चक्रपथभित्र शान्तिपूर्ण जुलुस, सभामा समेत रोक

    अधिकाशं नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

    कर्फ्युको घेराभित्रबाट पहिलो पडकास्टः सुन्नलाई यहाँ क्लिक गर्नुस्। यसमा काठमाडौं र ललितपुरको चक्रपथ क्षेत्रभित्र कुनै पनि किसिमका धर्ना, जुलुस, सभा गर्न नपाइने भनी नेपाल टेलिभिजनबाट प्रसारित सूचना पनि सुन्न सकिन्छ।

    २०६२ माघ ३ सोमबार (820 pm NST) काठमाडौं र ललितपुरको चक्रपथभित्रका क्षेत्रमा भोलिदेखि अर्को सूचना जारी नभएसम्म शान्तिपूर्ण सभा र [...]

    माअ‍ोवादीद्वारा थानकोटमा आक्रमण

    २०६२ माघ १, शनिबार अपडेट (1251 am NST) भित्र भिडियो अपलोड गरिएको छ। थानकोटमा ११ र दधिकोटमा ३ प्रहरीको मृत्यु भएको भनिएको छ। माअ‍ोवादीको आधिकारिक साइटले कृष्णसेन अनलाइनले भने दधिकोटमा १० प्रहरीको मृत्यु भएको दावी गरेको छ। दुवै द्वन्द्वरत पक्ष प्रोपागण्डामा व्यस्त छन्। त्यसैले स्वतन्त्र पुष्टि नभएसम्म उनीहरुको दावीको अर्थ रहँदैन।

    अपडेट (930pm NST) थानकोटमा [...]

    माअ‍ोवादीले एक महिना युध्दविराम बढाए

    २०६२ मंसिर १७ माअ‍ोवादीहरुले एक महिनाका लागि युध्दविराम अवधि बढाएका छन्। प्रचण्डको विज्ञप्ति हेर्न भित्र आउनुहोला।

    प्रेस वक्तव्य

    नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षाप्रति उच्च्ा सम्मान र गहिरो जिम्मेवारीबोधका साथ अग्रगामी राजनैतिक निकासका लागि वातावरण सहज तुल्याउने उद्देश्यसहित हाम्रो पार्टर्ीी गरेको तीन महिने युद्धविरामको अवधि आज पूरा ह“ुंदैछ । राष्ट्रिय र अन्तर्रर्ााट्रय स्तरबाट [...]

    eXTReMe Tracker