युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on November 27th, 2005 २०६२ मंसिर १२, आइतबार अपडेट ३ हिरासतमा रहेका पत्रकारहरुलाई तुरुन्त रिहा गर्नु पर्ने माग राख्दै मंसिरको जाडोमा मध्यरातमा सयभन्दा बढी पत्रकार र मानवअधिकारवादीहरुको समूहले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका छन्। हिरासतमा रहेका पत्रकारहरुलाई भेट्न दिइएको छैन। त्यहाँ कुनै नेताहरु भने हालसम्म देखिएका छैनन् रे। (1130pm) अपडेट २ पक्राउमा परेका पाँच जनामध्ये एक जना पत्रकार [...]
By Salokya, on October 18th, 2005 चुनाव हारेका भ्रष्टाचारी गोविन्दराज जोशी पनि केन्द्रीय सदस्यमा मनोनीत २०६२ कात्तिक १, मंगलबार नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना अनन्य भक्त तथा आफ्नै नातेदार सुशील कोइरालालाई उपसभापति मनोनीत गर्नुभएको रहेछ। आज उहाँले विधान अनुसार १८ केन्द्रीय समिति सदस्य पनि मनोनीत गर्नुभएको छ। मनोनीत सदस्यहरुको सूची हेर्दै जाँदा भ्रष्टाचारीका रुपमा बदनाम गोविन्दराज जोशीको पनि नाम देखियो। [...]
By Salokya, on October 11th, 2005 २०६२ असोज २५, मंगलबार
राजाले अर्को वर्ष अर्थात् २०६३ सालभित्र प्रतिनिधि सभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई आदेश दिएका छन्। विजया दशमीको उपलक्ष्यमा राजाबाट देशवासीका नाममा जारी भएको सन्देशमा उक्त कुरा उल्लेख छ। सन्देशमा अधिराज्यभरिका नगरपालिकाहरूको निर्वाचन सम्पन्न भएपछि स्वभावतः सिर्जना हुने उपयुक्त अवस्थालाई सुदृढ गरी २०६३ सालभित्र प्रतिनिधिसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई निर्देशन दिएको उल्लेख [...]
By Salokya, on October 9th, 2005 २०६२ असोज २३ आइतबार दशैंको मौका छोपेर दलहरुले बहिस्कार गर्ने भन्दाभन्दै पनि निर्वाचन आयोगले आज नगरपालिका निर्वाचनको मिति घोषणा गरेको छ। नगरपालिकाको निर्वाचनका लागि मतदान यही माघ २६ गते हुने निर्वाचन आयोगले जनाएको छ। क्यालेन्डर पल्टाएर हेर्दा बुधबार, फेब्रुअरी ८ तारिखमा पर्ने रहेछ त्यो दिन। निर्वाचन कार्यक्रम भने माघ १३ गतेदेखि नै सुरु हुने रहेछ। [...]
By Salokya, on September 28th, 2005 २०६२ असोज १२ बुधबार राजा र राजाका मन्त्रीहरुले देशमा विदेशी चलखेल बढेको आरोप लगाइरहेका बेला नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐक्यवध्दता जनाउन आज काठमाडौं आएका भारतीय नेताहरुलाई सहायक मन्त्री निक्षशमशेर राणाको देशभक्त संघ नेपाल नामको मण्डलेहरुको जमातले ढुंगामुढा र कालो झण्डा देखाएको खबर छ। ढुंगामुढाबाट खासै क्षति भने भएन। भारतीय नेताहरु आएपछि देशमा वैदेशिक हस्तक्षेपको विषयमा लामै [...]
By Salokya, on September 4th, 2005 २०६२ भदौ २० सोमबार @ 1224 NST संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि राजा न्युयोर्क नजाने भएका छन्। तर यो समाचारलाई आधिकारिक रुपमा पुष्टि भने गरिएको छैन। (Update 4 pm NST: पुष्टि भइसक्यो, थप जानकारी का लागि यहाँ जानुस्)त्यसो त राजा जाने भनेर पनि घोषणा भएको थिएन। यद्यपि पछिल्ला घटनाक्रमलाई हेर्दा राजा अमेरिका नजाने कुरामा [...]
By Salokya, on September 3rd, 2005 २०६२ भदौ १८ शनिबार @ 12:45 NST नेकपा माओवादीले आज शनिवार भदौ १८ गतेदेखि तीन महिनासम्म एकतर्फी युद्धविरामको घोषणा गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले आज एक वत्तव्य प्रकाशित गर्दै आफ्नो तफबाट एकतर्फी युद्धविरामको घोषणा गरेका हुन्। वक्तव्यको पूर्ण पाठका लागि भित्र आउनुस्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) Communist Party of Nepal (Maoist) केन्द्रीय समिति Central [...]
By Salokya, on September 1st, 2005 २०६२ भदौ १६, बिहीबार@ 715 pm NST नेपाली काँग्रेसको हाल जारी ११ अौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला अत्यधिक बहुमतका साथ विजयी हुनुभएको छ। प्राप्त समाचार अनुसार कोइरालाले १२१५ मत प्राप्त गरेका छन् भने गणतन्त्रवादी नेताका रुपमा परिचय बनाएका नरहरी आचार्यले १६५ मत मात्र प्राप्त गरेका छन्। कोइरालाको विजय सुनिश्चित नै भए पनि नरहरी आचार्यले ५०० को [...]
By Salokya, on August 29th, 2005 ….तर गिरिजाले निर्णय उल्ट्याउन सक्ने
२०६२ भदौ १३ सोमबार नेपाली काँग्रेसको हाल जारी केन्द्रीय कमिटीको बैठकले अहिले केही बेरअघि आफ्नो विधानबाट संवैधानिक राजतन्त्र शब्दलाई हटाउने अौपचारिक निर्णय गरेको छ। नेपालको राजनीतिमा काँग्रेसको यो निर्णयलाई निकै महत्त्वका साथ हेरिएको छ। काँग्रस स्थापना कालदेखि नै संवैधानिक राजतन्त्रको पक्षपाती रहँदै आएको थियो। प्रथम जननिर्वाचित वीपी कोइरालाको सरकारलाई राजा [...]
By Salokya, on August 21st, 2005 २०६२ भदौ ६ सोमबार राजा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको वस्तुस्थिति बुझ्न आज त्यसतर्फ सवारी हुने तयारी गरिरहँदा माअोवादीहरुले पश्चिमको बुटवलमा एम्बुस विस्फोट गराई चार प्रहरी र एक सर्वसाधारणको ज्यान लिएका छन्। घटना मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसनजिकै भएको र उनीहरु क्याम्पसमा हुन लागेको बीबीएसको परीक्षाको सुरक्षाका लागि त्यतातर्फ गएको बताइएको छ। उनीहरु सबै बुटवलस्थित इलाका [...]
|
|
Recent Comments