मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जय जमल

    यो साता एकचोटी दर्किएर पानी वर्षियो आकाशबाट। अनि देखा पर्‍यो काठमाडौँको जमलमा फेरि पनि यस्तो दृश्य जसलाई निखिल तिमिल्सिनाले आफ्नो मोबाइलबाट माइसंसारका पाठकका लागि कैद गर्नुभएको छ-

    [...]

    कति निर्दयी कार चालक

    नवराज न्यौपाने

    काठमाडौँको वीर अस्पतालनजिकैको भोटाहिटी सब वे नजिकैको सडक पेटीमा हिँडिरहेका ६ जनालाई गएराति पौने १ बजे प्रतिष्ठित परिवारका सदस्यले कारले किचेर सामूहिक हत्या गरिदिएका छन्।

    निर्दयी कार चालकले किचेर मारेकाहरुमा भारत सितामणि घर भई हाल वाङ्गेमुढा बस्ने बर्ष २९ को मदन गुप्ता भारत कसवा नेन्सी घर भएको बर्ष ५० को धर्मराज सिन्हा भारत [...]

    प्रश्न पहिल्यै आउट हुने परीक्षा

    रामेश्वर घिमिरे सोमबार भएको व्यवस्थापक संकाय एमबीएस प्रथम वर्षको corporate financial management विषयको परीक्षा विवादमा परेको छ। पाठ्यक्रममा भन्दा फरक र कठीन प्रश्न सोधेको भन्दै सोमबार विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीहरुले उत्तरपुस्तिका च्यातेका थिए। यही विवादमा मिनभवन केन्द्रमा त परिक्षार्थी विद्यार्थीहरुमाथि हातपात समेत भयो। चार जना विद्यार्थी त घाइते नै भए।

    अझ विवाद त्यतिबेला भयो, जब [...]

    सिड्नीमा नेपाली पढ्ने अर्को कलेज बन्द

    सगुन अर्याल

    सिड्नीमा थुप्रै नेपालीहरु पढ्दै गरेको स्टर्लिङ कलेज आज मंगलबारदेखि बन्द भएको छ। कलेजमा “कम्युनिटी वेलफेयर” पढाइ हुने गरेको थियो। छिट्टै “पर्मानेन्ट रेसिडेन्सी” पाइने आशामा अहिले कम्युनिटी वेलफेयर पढ्ने नेपालीहरुको सङ्ख्या थुप्रै छ।

    उक्त कलेज बन्दको समाचारले सिड्नी बस्ने सबै नेपालीहरुलाई कुनै न कुनै तरिकाले पक्कै दु:ख पुर्‍याएको छ। किनकि प्राय: सबैको नजिकको मान्छे, [...]

    कसले दिने जवाफ ?

    अर्थमन्त्री सुरेन्द्र पाण्डेले असार २९ गते संसदमा प्रस्तुत गरेको बजेटमा ट्राफिक व्यवस्थापन कडा पारिने उल्लेख गरेपनि त्यो प्रतिबद्धता व्यवहारमा भने फिटिक्कै लागू भएको छैन। तस्विरमा हेर्नुस् न- पथलैया ट्राफिक प्रहरी कार्यालयकै अगाडि छतभरि यात्रु हालेर दौडिरहेको बस। यदि यो बस दुर्घटना भयो र त्यसका यात्रुहरुको मृत्यु भयो भने नेपाली जनताले कति दिन थप बन्दको [...]

    नेपालीले नै नेपालीको शोषण गर्छन् फिनल्यान्डमा

    नूतन साकार, हेल्सिन्की फिन्ल्यान्ड

    थुप्रै विद्यार्थीहरु अरबी, इण्डियन, बङ्गाली, तुर्किस लगायत कम्पनीहरुमा एकदमै कम तलबमा काम गर्न बाध्य छन्। अझ अचम्मको कुरा त नेपाली विद्यार्थीहरु विदेशी कम्पनी तथा नागरिकहरुबाट त ठगिए ठगिए, हेल्सिन्कीको रेस्टुरेन्ट क्षेत्रमा ठूलो हिस्सा ओगटेका नेपाली रेस्टुरण्टबाटै शोषणमा परिरहेका छन्। नेपाली विद्यार्थीहरुको बेरोजगारीको फाइदा उठाउन तँछाड मछाड गर्छन् नेपाली रेस्टुरन्टका मालिकहरु। एकदमै [...]

    कन्सलटेन्सीले मलाई यसरी दुःख दियो

    प्रेम भट्टराई/स्वीडेन

    हाल म Blekinge Institute of Technology (BTH) ,स्वीडेनमा अध्यनरत छु। म आफ्नो स्वीडेनको अनुभव र आफू कसरी कन्सल्टेन्सीको चक्करमा परेको भनी केही भन्न चाहन्छु र अब आउने नयाँ विद्यार्थी साथीहरुलाई सचेत गराउन र सुझाव दिन चाहन्छु। म Cross Country भन्ने कन्सल्टेन्सीबाट २००९ जनवरीमा स्वीडेन अध्ययनको लागि आएको हुँ। मसँग ७४ हजार लिए [...]

    साथीहरु, नझुक्किनुस् है नझुक्किनुस् !

    दीपक/पोल्यान्ड

    जुलाई ११ शुक्रबार प्रकाशित साप्ताहिक नामको पत्रिकाको एउटा विज्ञापनमा मेरो ध्यान तानियो। विज्ञापन स्ट्याण्डर्ड वर्ल्ड कन्सलटेन्सी ज्ञानेश्वरले निकालेको रहेछ। त्यहाँ भनिएको छ, पोल्यान्डमा इन्टर्नसिप प्रोग्राम अर्न्तगत काम र ट्रेनिंग गर्न सकिन्छ। काम गरिएवापत मासिक ८० हजार रुपैयाँ + ओटी + लजिङ फुडिङ निःशुल्क। अरु त अरु, कुनै योग्यता र उमेरको हद नभएको भनिएको रहेछ। [...]

    सुझाव मागेको, झन् अन्यौलमा पो परेँ

    रवि गुरुङ, पोखरा अंग्रेजी नजानी अमेरिका आउन हुन्छ कि हुँदैन भनेर मैले माइसंसारका पाठकहरुबाट सुझाव मागेको थिएँ कान्तिपुरमा छापिएको एउटा विज्ञापनको सन्दर्भ जोड्दै। काठमाडौँ मुख्य कार्यालय रहेको एउटा एजुकेसनल कन्सलटेन्सीले अमेरिकाको Virgina International University मा २, ३, ४ र ८ हप्ताका विभिन्न विषयमा सेमिनार, तालिम, वर्कसपमा सहभागी हुन इच्छुकहरुबाट आवेदन मागेको रहेछ। योग्यता तोकिएको छैन। [...]

    अंग्रेजी नजानी अम्रिका आउन हुन्छ ?

    रवि गुरुङ, पोखरा मेरो एक जना साथी छ। देशमा भन्दा विदेशमा गएर केही गरेर फर्कौँ भन्ने सोच छ उसको। एसएलसी पास छ। अंग्रेजी त्यति बोल्न आउँदैन। आजको कान्तिपुर दैनिकमा छापिएको एउटा विज्ञापन हेरेपछि ऊ अमेरिका जाने सपना देख्‍न थालेको छ। विज्ञापन रहेछ काठमाडौँ मुख्य कार्यालय रहेको एउटा एजुकेसनल कन्सलटेन्सीको। अमेरिकाको Virgina International University मा २, [...]

    eXTReMe Tracker