युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on June 10th, 2010
काठमाडौँको बसुन्धारामा मंगलबार बिहान एउटा कारमा सकेट बम र पेट्रोलको ग्यालन मिसाएर विस्फोट गराइएको थियो। चार जना व्यक्ति घटनामा घाइते भए। बम विस्फोटको लगत्तै खासै नाम नसुनिएको स्वतन्त्र नेपाल दलले यसको जिम्मा लिँदै इमेल वक्तव्य पठाएको थियो। केही दिनअघि माइसंसारमा कसले पड्कायो काठमाडौँमा आज बम शीर्षकमा लेखिएको ब्लगमा सो इमेलका बारेमा बताएको थिएँ। [...]
By move1, on March 31st, 2009
भन्छन्-अब ब्यालेट बक्सबाट सत्ता लिन्छु
सिंगापुरको ‘द न्यु पेपर’ पत्रिकामा पारस आज लगातार तेस्रो दिन पनि छाएका छन्। सिंगापुरस्थित माइसंसारका पाठक उमेश खनालको सौजन्यमा प्राप्त आजको अङ्क हेर्दा उनले नेपाल फर्किएर नयाँ राजनीतिक पार्टी खोल्ने योजना सार्वजनिक गरेका रहेछन्। उनी भन्छन्, “नेपाल फर्कने नै मेरो योजना छ। नेपाललाई मेरो आवश्यकता छ। अपराध र हिंसा चुलिएको [...]
By move2, on February 4th, 2009
नेपाल प्रहरीले आज दिउँसो गरेको पत्रकार सम्मेलनका क्रममा वितरण गरिएका टेलिफोन संवादका अंशहरु निकै गम्भीर खालका छन्। अधिकांश संवाद रणवीर सेनाका उपत्यका इञ्चार्ज रामशुभक महतो (प्रदीप) र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाका छन्। कुनै संवादमा रणवीर सेनाका सैन्य कमान्डर मनोज महतोको पनि सहभागिता छ।
एउटा संवादमा ऋषि धमलाले यसो भन्छन्,
“क्षति गराउनै पर्छ, पैसा जसरी पनि असुल्नै [...]
By move2, on February 4th, 2009
नेपाल प्रहरीले अघि दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरी ऋषि धमला लगायतका व्यक्तिहरु गम्भीर अपराधमा संलग्न रहेको बताएको छ। अभियुक्तहरु अरु जस्तो खुकुरी हान्ने, हत्या गर्ने जस्ता अपराधमा नभई ज्यादै संवेदनशील प्रकृतिको घटनामा संलग्न भएको हुनाले त्यसै अनुरुप लिइदिन प्रहरीले आग्रह गरे। प्रहरीले अनुसन्धान जारी रहेकोले अहिले नै सार्वजनिक गर्न नसकिएको र केही दिनपछि [...]
By move2, on January 19th, 2009
एउटा त्यस्तो ठाउँ,
जहाँ अहिले २४ सै घण्टा उज्यालो हुन्छ, रात कहिले पर्दैन
जुन ठाउँ कसैको स्वामित्वमा छैन, न इतिहासमा कसैको उपनिवेश थियो
जुन ठाउँमा स्थायी बासिन्दाहरु नै छैनन्
जहाँ हिउँबाहेक अरु देख्न सकिँदैन
पृथ्वीको सुदूर दक्षिणमा रहेको सातौँ महादेश अन्टार्कटिकामा सगरमाथाको देश नेपालबाट पुगेका एक नेपाली अनुसन्धानकर्ता विश्वनाथ अधिकारी आफ्नो रोमाञ्चक अनुभव सुनाउँदै छन्, विशेष रुपमा माइसंसारका पाठकहरुका लागि। [...]
By move3, on November 10th, 2008
एउटा त्यस्तो यात्रा
जुन जीवन कै अन्तिम पनि हुनसक्थ्यो
जोखिम-बम, गोली र अपहरणको
त्रास-
मृत्युको
सहारा-
एउटा नक्कली इराकी परिचयपत्र “जिन्सिया”को
अनि भेष लाटोको
By move3, on October 20th, 2008
गएको साउन मसान्तमा सिराहा जिल्लामा एउटा यस्तो घटना भयो, जसले सबैलाई अचम्ममा पारिदियो। सँगसँगै अधिकांशलाई चिन्तित पनि बनाइदियो। साउन २९ गतेको साँझ सिराहाको जिल्ला कारागारबाट ५४ जना कैदी भागे। भाग्नेहरुमा अधिकांश सशस्त्र समूहका विद्रोहीहरु तथा हत्या, लुटपाट, बलात्कार जस्ता मुद्दामा थुनिएकाहरु थिए। यति ठूलो संख्यामा कैदीहरु जेल ब्रेक गरेर भाग्नु नेपालको इतिहासमा नै पहिलो घटना [...]
By move3, on October 9th, 2008
By move4, on September 28th, 2008
उत्तम बाबु श्रेष्ठ/ न्युयोर्क, अमेरिका
न्युयोर्कको 43rd St मा हिँड्दै प्रधानमन्त्री: स्थानीय समय अनुसार आज बेलुकी छ बजे अमेरिका तथा क्यानडामा बस्ने विभिन्न पेशाका नेपालीहरु बीच अन्तर्क्रिया कार्यक्रम उहाँ बस्ने होटलको करिव सात मिनेटको पैदल दुरीमा राखिएको थियो। कार्यक्रम स्थलमा हाम्रो अनुमान विपरीत उहाँ हिडेर आउनु भएको थियो।
By move5, on June 7th, 2008
नारायणहिटी दरबारको सम्पति खोजबिन गर्न गठित आयोगले बहुमूल्य हीराजवाहरात जडिएको श्रीपेचका बारेमा भने केही पत्ता लगाउन सकेको छैन। गोविन्द प्रसाद कुसुमको अध्यक्षताको आयोगले श्रीपेचको अत्तोपत्तो नभएको प्रतिवेदन संभवतः भोलि सरकारलाई बुझाउनेछ। थप जानकारी आजको काठमाडौँ पोस्टमा छ।
के त्यो श्रीपेच ज्ञानेन्द्रले सुटुक्क लन्डन पुर्याएर बेचिसकेका हुन् ? भर्खरै लन्डनमा एउटा श्रीपेच ९० हजार पाउन्डमा लिलामी भएको [...]
|
Connect with Facebook
|
Recent Comments