मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पुस्तकालय निर्माणमा निम्ता छ है

    नेताका दाउपेच र राजनीतिक खेललाई बिर्सेर एकछिन ठण्डा दिमागले सोच्नोस् त….। कसैलाई गालीगलौज नगरी समाज र देशका लागि सानो राम्रो काम गर्न सकिन्छ कि ? हामी सोच्छौं केही फरक तरिकाले। त्यसैले बनाउँदैछौ गाउँका स्कूलमा पुस्तकालय। एउटा यस्तो काम जसले सम्मनुत पुस्ता जन्माउन सक्छ। एउटा यस्तो काम जसले विद्यालयहरुमा प्रत्यक्ष परिवर्तन ल्याउन सक्छ। र ग्रामीण जीवनशैली [...]

    तपाइँको सहयोगमा संखुवासभामा पुस्तकालय

    पुस्तकका साथ लाइब्रेरियन शान्ति कटवाल

    खाँदबारी (संखुवासभा) पुगेको साँझ होटल आरतिमा भेटिएका सरकारी अधिकृत टेककुमार रेग्मीलाई लागेको रहेछ हिरोइन र सिनेमाका कुरा गर्ने यी फिल्म सुटिङका लागि आएका हुन् कि क्या हो ! ‘खाँदबारी-१२ स्थित वागेश्वरी उच्चमाविमा पुस्तकालय बनाउन कम्प्युटर, प्रिन्टर र पुस्तक लिएर आएका’, वास्तविकता अवगत गराएको सरकारी हाकिम छक्क ! अलि सम्हालिए [...]

    पिकनिकमा पुस्तकालयलाई सहयोग

    खाँदबारी, संखुवासभास्थित बागेश्वरी उच्च माविमा पुस्तकालय स्थापनाको हामी सर्वसाधारणले थालेको अभियानका अपडेटहरु हामी यहाँ निरन्तर गरिरहने छौँ। सुओमी नेपाल सेउरा, सुअमालाइनेन नेपालीलाइनेन युह्डिस्तुसको साथमा एनआरएन-फिन्ल्यान्डद्वारा हेल्सिन्कीको सेउरासारीमा शनिबार आयोजित नेपाली पिकनिक कार्यक्रममा पुस्तकालयका निम्ति १०० युरो सहयोग रकम उठेको छ। करिब ६० को संख्यामा उपस्थित भएकाहरुसँग “तपाईंको एक युरो, नेपालको एउटा पुस्तक हुनसक्छ” भनेर कम्तिमा [...]

    कर्णालीको छाति दुख्दा काठमाण्डू दुख्दैन

    -कृष्ण ढुंगाना-

    तपाइँको मन छ भने आँखा रसाउनेछन्। माया गर्न जान्नुहुन्छ भने करुणा भाव उद्वेलित हुनेछ। हो ‘कर्णाली दख्खिन बग्दोछ’ एउटा नाटक हो तर त्यसले मानवीय समवेदना छोएको छ। तपाइँ त्यसका पात्र चिन्न सक्नुहुन्छ। संस्कृति बुझ्न सक्नुहुन्छ। र, त्यो भन्दा धेरै सिङ्गै कर्णाली अनुभव गर्न सक्नुहुन्छ। सुनिल पोखरेलको निर्देशनमा रिमाल नाटकघर, गुरुकुलमा मञ्चन भइरहेको नाटकमा [...]

    'मै चुप' हुँदाका पात्रहरु

    कृष्ण ढुङ्गाना

    बोल्न पाइन्थ्यो भने त्योबेला मैले सम्झेको गीत ‘तिमी मभन्दा कोशौ टाढा छौ…तिम्रो माया सँधै मसँग छ’ भन्ने थियो। तर कहाँ इसारा त गर्न नपाइने विपश्यनामा बोल्नु त शीलको ठाडै उल्लङ्घन भइहाल्यो नि। तैचुप मैचुप भएर ध्यानमा ब्यस्त छौ सयभन्दा बढी साधकहरु। ध्यानको छैठौ दिन साँझको विश्रामको समयमा मन बढो उडूँ उडूँ गरिरहेछ। यो [...]

    शान्ति लुकाउनेहरुलाई चिनौं

    १२ वर्षे जनयुद्धको चोटले चहराइरहेका घाउहरुमा बिस्तारै खाटा बस्दै गएका छन्। रुकुमको खारामा राज्यले खरानी पारेका आत्माहरु र चितवनको माडीमा माओवादी बमले उडाएका आफन्तहरुको पुस्ता रहेसम्म युद्धको अवशेष मेटिने छैन। तर फलानो पक्षले यतिजना मारेका विरुद्ध चिलानो पक्षले उति जनाको हत्या गर्‍यो भन्ने गणितीय शैलीका समाचार नआएको दुई वर्षभन्दा बढी भइसक्यो। यो अवधिमा नेपालमा तुलनात्मक [...]

    प्रचण्ड पराजित पनि हुनसक्छन्

    -कृष्ण ढुंगाना/काठमाडौँ १० बाट फर्केर- पृथ्वीनारायण शाहको फौजले २४० वर्षगाडि तेस्रो कीर्तिपुर आक्रमण गरी नेपालमा राजतन्त्रको विरासत स्थापित गरेका थिए। तर, ज्ञानेन्द्रका पुर्खाले आर्जेको त्यो विरासत अन्त्यको दुहाई दिने माओवादी अध्यक्ष प्रचण्ड ‘राजा-घृणित’ क्षेत्र मानिएको कीर्तिपुर अर्थात् काठमाडौं-१० बाट चुनावी दौडमा होमिएका छन्। १२ वर्षसम्म सशस्त्र युद्धको नेतृत्व गरेका नेताका लागि रोल्पा २ को विजय [...]

    जीवन घनचक्करको घानमा

    बहुचर्चित उपन्यास ‘घनचक्कर’ का स्रष्टा सञ्जीव उप्रेतिसित घमाइलो बिहानीमा भएको घनचक्करिलो गफको अनुभव बाँड्दै कृष्ण ढुंगाना-

    -कृष्ण ढुंगाना-

    कीर्तिपुर र विश्वविद्यालय (पार्कलाई समेत) लाई सञ्जीव आफ्नो जीवनको अभिन्न पक्ष ठान्दा रहेछन् । ‘कीर्तिपुरको समग्र आरोह-अवरोह बाहेक मैले जीवनमा केही गरेजस्तै लाग्दैन ।’ हुन पनि सन् १९८६ हिउँदमा युनिभर्सिटीको पार्कतिर भेटिने सञ्जीवले जीवन साथीलाई पनि त्यहीँ [...]

    संविधानसभा निर्वाचनः तर्सनु पर्दैन तराईदेखि

    जुवामा कौडा नचाउने चार खेलाडी बाहेक खालमा देखिने भीड च्याँखे थाप्ने रमितेहरुको हो। तिनीहरु कुर्छन् अनि दाउ छोपेर च्याँखे थाप्छन्। च्याँखेहरु मोटाउनुको अर्थ १६ कौडी नचाउने खाले खेलाडीको गाडी घाटामा जानु हो। जुवालाई राजनीतिसँग तुलना गर्नेहरु भन्छन् सत्ता प्राप्तिमा किनार र केन्द्रका खेलाडीबीच ठीक यस्तै अन्तरद्वन्द्व चलिरहेको हुन्छ। मधेस आन्दोलनले माओवादीको राजनीतिक गाडी घाटामा [...]

    नेपाली पत्रकारिताका लुकाइएका तथ्य

    -कृष्ण ढुंगाना-

    दरबार हत्याकाण्डमा नेपाली पत्रकारिताले किन सतही रिपोर्टिङ मात्र गर्यो ? सम्पादकीय स्वतन्त्रता पत्रकारबाट साहुजीहरुको हातमा पुगेको हो ? बन्दको आहृवान गरिएका विज्ञापन पत्रिकाले प्रकाशन गर्नु जायज होला ? बीबीसी नेपाली सेवा तथा भारतका प्रतिष्ठित मिडियाहरु द टेलिग्राफ, इन्डिया टुडे र इन्डियन एक्सप्रेसमा काम गरिसकेका युवराज घिमिरेले कान्तिपुर दैनिक र काठमाण्डू पोष्टको सम्पादक पदबाट [...]

    eXTReMe Tracker