मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    संविधानसभा निर्वाचनः तर्सनु पर्दैन तराईदेखि

    जुवामा कौडा नचाउने चार खेलाडी बाहेक खालमा देखिने भीड च्याँखे थाप्ने रमितेहरुको हो। तिनीहरु कुर्छन् अनि दाउ छोपेर च्याँखे थाप्छन्। च्याँखेहरु मोटाउनुको अर्थ १६ कौडी नचाउने खाले खेलाडीको गाडी घाटामा जानु हो। जुवालाई राजनीतिसँग तुलना गर्नेहरु भन्छन् सत्ता प्राप्तिमा किनार र केन्द्रका खेलाडीबीच ठीक यस्तै अन्तरद्वन्द्व चलिरहेको हुन्छ। मधेस आन्दोलनले माओवादीको राजनीतिक गाडी घाटामा [...]

    नेपाली पत्रकारिताका लुकाइएका तथ्य

    -कृष्ण ढुंगाना-

    दरबार हत्याकाण्डमा नेपाली पत्रकारिताले किन सतही रिपोर्टिङ मात्र गर्यो ? सम्पादकीय स्वतन्त्रता पत्रकारबाट साहुजीहरुको हातमा पुगेको हो ? बन्दको आहृवान गरिएका विज्ञापन पत्रिकाले प्रकाशन गर्नु जायज होला ? बीबीसी नेपाली सेवा तथा भारतका प्रतिष्ठित मिडियाहरु द टेलिग्राफ, इन्डिया टुडे र इन्डियन एक्सप्रेसमा काम गरिसकेका युवराज घिमिरेले कान्तिपुर दैनिक र काठमाण्डू पोष्टको सम्पादक पदबाट [...]

    अनमिनः नाङ्गो नाच हेरे/नहरेको छानबिन गर्दै

    -कृष्ण ढुंगाना-

    ‘अनमिनः नेपालको शान्ति प्रक्रियामा सहयोग गर्दै’ स्थानीय एफएमका स्रोताहरुलाई रविन शर्माको जोशिलो स्वरांकन सहितको रेडियो जिंगलको यो स्लोगन नौलो नलाग्ला। हेडलाइनमा प्रयोग भएको संगीत नभरिएको स्लोगन चाहिँ निश्चय नै नौलो र सम्वेदनशील विषय हो। संयुक्त राष्ट्रसंघीय मिसनको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित नेपाल कार्यालय यतिबेला आफ्ना अधिकारीले ठमेलको एउटा डान्स बारमा नाङ्गो नाच हेरे/नहेरेको [...]

    बुद्ध, बेनजिर र पंक युवक

    -कृष्ण ढुंगाना-

    उसले कम्मरभन्दा तल लगाएको ब्यागी जिन्सपाइन्ट घरि-घरि माथि तान्‍नुपर्छ। टिसर्ट हेर्दा फुटबलमा ऊ पक्का इटलीको फ्यान हो। फिक्का मरुन कलरको स्पोर्टस् ज्याकेटको पिठ्युँमा ‘इटालिया’ लेखिएको छ। अनि कपालको शैली नि – त्यो त झन् भन्नै परेन। चार वर्षअघिको डेभिड बेक्यामजस्तो जुरेली कट्। ‘कहाँ पुरानो हुनु यो स्टाइल, भर्खरै जोन अब्राहमले गोल (फिल्म) मा [...]

    डान्स, डिस्को, ड्रिङ्कस् र डाङडुङ

    -कृष्ण ढुंगाना-

    जाडोले नाकबाट पानी चुहाउँदै अन्डरग्राउन्ड फ्लोर छिर्दै गर्दा सिंगै काठमाडौं थर्किरहेको छ । हृवास्स आएको इनामेलको गन्धले मेरो नाकलाई छोएर भित्र गयो । १९७४ एडीको ‘गुराँस फुल्यो बनैमा’ बजिरहँदा मेरा आँखा एउटा कुनामा पुगेर टक्क अडिए- ‘असलविरुद्ध दुस्टहरु’ । भित्तामा बुद्ध, सोक्रेट्स र आन्स्टाइनविरुद्ध विन लादेन, बिरप्पन र हिटलर रहेछन् । ७ [...]

    नाट्यशिल्पी सुनिलमा समर्पित

    -कृष्ण ढुंगाना-

    उनको जीवनसँग नजिक रहेको म कोही होइन। सम नाट्यघर र रिमाल थिएटर भित्र र बाहिर पनि उनलाई धेरै पटक देखेँ। कहिलेकहीँ नजिकबाट गुज्रिएँ भनेँ नमस्तेसम्म गर्छु। देखिनका लागि हामीबीच त्यति नै हो सम्बन्ध। तर, किन किन कान्तिपुरमा अभि सुवेदीको शनिबारको आर्टिकल पढेपछि मैले मन थाम्नै सकिनँ। वाक्यहरुमा आफ्नै प्रेमिका रोए झैँ लागेछ। त्यसपछि [...]

    राष्ट्रसंघीय भत्ता खाँदै काठमाडौंमा पाकिस्तानी शरणार्थी

    -कृष्ण ढुंगाना-

    पर्यटक भिसामा नेपाल प्रवेश गरेका पाकिस्तानी नागरिकहरु शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालय (यूएनएचसीआर) बाट मासिक भत्ता खाएर काठमाडौंमा बस्दै आएका छन् । धार्मिक कट्टरताका कारण ज्यान खतरामा परेको बताउँदै उनीहरु शरणार्थीको रुपमा काठमाडौं बस्दै आएका हुन् । यूएनएचसीआरबाट शरणार्थीको मान्यता पाएपछि पाकिस्तानमा रहेका परिवार सदस्यहरुलाई समेत काठमाडौं झिकाएर ‘शरणार्थी’ परिवारको रुपमा [...]

    बीबीसी पत्रकारितामाथि कसी

    -कृष्ण ढुंगाना-

    ‘रेडियोमा बोल्दा हिरो होइन्छ भनेर लागियो’, सानैदेखि रेडियोमा सुनिएको एउटा परिचित स्वर हाम्रा सामु प्रत्यक्ष उपस्थित भएर प्रस्तुत भयो- ‘मैले बोलेको सबैले सुन्थे र चिन्थे’ हात हल्लाउँदै ‘अफ एयर’मा उनी सुनाउँदैछन्- ‘रेडियोमा बोल्दा त्यो बेला गजब ठूलो उपलब्धि भयो भन्ने ठानिन्थ्यो ।’ झन्डै तीन दशक बीबीसी नेपाली सेवामा बिताएका खगेन्द्र नेपाली बीबीसीसँगका अनुभव [...]

    प्रशान्तको विजयमा प्रसन्न काठमाडौं

    -कृष्ण ढुंगाना- इन्डियन आइडल घोषणापछि काठमाडौं निदाउन सकेन । मध्य रातमा दार्जीलिङका प्रशान्त तामाङले सोनी टिभीमा नेपाली मर्मको गीत गाएपछि काठमाडौं यसरी तातियो कि कांग्रेस महासमिति बैठक र रामदेवको योग चर्चालाई त्यसले छायाँमा पारिदियो । ‘प्रशान्तको विजयलाई मात्र सांगीतिक कार्यक्रमको विजयको रुपमा नेपालीहरुले हेरेका थिएनन्’- दबारमार्गको कोलाहल छिचोल्दै उडल्याण्ड अगाडि उभिएर पत्रकार दीपक दाहालले विश्लेषण [...]

    ठूलालाई चैन सानालाई ऐन

    न्यायाधीश निवास बोलाएर जेल चलान -कृष्ण ढुंगाना- वीरगञ्जका भू-माफिया लालबाबु चौरसियाले अप्वाइन्टमेन्ट मिलाइदिएपछि वीरगञ्जका युवक प्रभातकुमार गुप्ता १४ मंसिर, २०६३ को साँझ सर्वोच्चका न्यायाधीश केदारप्रसाद गिरीको निवास घट्टेकुलो पुग्छन्। जग्गा मोही मुद्दामा अदालतको निर्णयका कारण ७५ प्रतिशत जग्गा गुमाएपछि विक्षिप्त भएका गुप्ता न्यायाधीशसँगको भ्रष्टाचार सम्वाद रेकर्ड गरेर पर्दाफास गर्ने योजना अनुरुप माइक्रो क्यासेट रेकर्डर लिएर [...]

    eXTReMe Tracker