मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मिलेमतोमा पत्रिकाको भाउ दोब्बर

    तीन वटा ठूला आकारका नेपाली भाषाका राष्ट्रिय दैनिक पत्रिकाले आपसी मिलेमतोमा (कार्टेलिङ) गरी हिजोदेखि दोब्बर भाउ बढाएका छन्। कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्टले साबिकको पाँच रुपैयाँबाट एकै पटक १० रुपैयाँ भाउ बढाएका हुन्। राजधानी, नेपाल समाचारपत्र, नयाँ पत्रिका, हिमालय टाइम्स (नेपाली) र सरकारी पत्रिका गोरखापत्र गरी ६ वटा पत्रिका भने यो कार्टेलिङमा सहभागी भएनन्। खुला [...]

    सर्वोच्चका न्यायाधीशलाई मन्त्री सरह सुविधाः ठिक कि बेठिक ?

    सरकारी जागिरहरुमध्ये सबैभन्दा बढी सुविधा कसले पाउँछन् भनेर कसैले हाजिरी जवाफमा प्रश्न सोध्यो भने जवाफ तुरुन्तै आउँछ- सर्वोच्चका न्यायाधीश। तर न्यायाधीशहरुले अहिलेको भन्दा थप सुविधा चाहिने र मन्त्री सरह वा त्योभन्दा बढी सुविधा चाहिने निर्णय गरेर प्रतिवेदन बनाएका छन्। प्रतिवेदनमा सर्वोच्चका न्यायाधीशले रिटायर भइसकेपछि पनि गाडी, इन्धन, ड्राइभर र अर्दली पाउनुपर्ने भनिएको छ। हाल जागिर [...]

    नवनिर्वाचित प्रम बाबुराम भट्टराईलाई के सुझाव दिनुहुन्छ?

    सर्वेक्षणहरुमा सँधै प्रधानमन्त्रीको दौडमा अगाडि रहेर धेरैको समर्थन पाउन सफल बाबुराम भट्टराई अन्ततः आज देशका ३५ औँ प्रधानमन्त्री बन्न सफल भएका छन्। उनीप्रति जनताले आशा धेरै नै गरेका छन्। अति आशाले छिट्टै निराशा ल्याउने संभावना पनि उत्तिकै हुन्छ। त्यसमा पनि मधेसवादी मोर्चाको कमजोर समीकरणबाट उनी प्रधानमन्त्री बनेका छन्। सत्तामा जानुअघि नै महत्त्वपूर्ण मन्त्रालयहरु मधेसी मोर्चाका [...]

    दौरासुरुवालसम्बन्धी सर्वोच्चको फैसला कस्तो लाग्यो?

    कुरा गत वर्षको भदौ ७ गतेको हो। उतिबेलाको सरकारले सरकारी सभा समारोहमा कर्मचारीलाई राष्ट्रिय राष्ट्रिय पोशाक लगाउनू भन्ने एउटा निर्देशन जारी गर्‍यो। राजपत्रमा प्रकाशित सो निर्देशनमा ‘राष्ट्रिय पोशाक भन्नाले दौरा सुरुवाल सम्झनु पर्छ’ लेखिएको थियो। एक सयभन्दा बढी जातजाति भएको देशमा सबैको आफ्नै सांस्कृतिक पहिरन छ अनि दौरा सुरुवाल सबैको पोशाक कसरी हुन्छ भन्दै अधिवक्ता [...]

    सहमतिका लागि समय बढाएको कस्तो लाग्यो?

    राष्ट्रपति रामवरण यादवले एक हप्ताअघि लौ सहमति गरेर सरकार बनाउने भए नाम लिएर आउ है भनेर आज साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। तर ठूला तीन दलहरुमध्ये कांग्रेस र माओवादीबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति भइसक्दासमेत को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवाद कायमै रह्यो र कुनै सहमति हुन सकेन। उपाय के त ? कांग्रेसले [...]

    अब के गर्दा ठिक होला तपाईँको विचारमा?

    प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएपछि अब फेरि एउटा अर्को सरकार बन्ने भएको छ नेपालमा। सरकार बनाउने प्रक्रिया राष्ट्रपतिले औपचारिक रुपमा सुरु पनि गरिसकेका छन्। आइतबारसम्म सहमतिको सरकार बनाउन राष्ट्रपतिले आह्वान गरिसकेका छन्। सरकार बनाउन नेपाली कांग्रेस र माओवादीले खुट्टा उचालेको छ। माओवादीले ठूलो दल भएकोले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने दावी गरेको छ [...]

    रामेश्वर खनाललाई के सुझाव दिनुहुन्छ?

    राजीनामा दिएर सम्पर्कविहीन भएका अर्थ सचिव रामेश्वर खनाल हिजोदेखि पत्रपत्रिकामा छाएका छन्। हिजोका प्राय सबै पत्रिकामा उनको अन्तर्वार्ता छापिएको छ। हिजै उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरे। उनले सीधा रुपमा कसैको दबाबबाट राजीनामा नगरेको बताए पनि घुमाएर भने अर्थमन्त्री भरतमोहन अधिकारी कै कारण राजीनामा दिन बाध्य भएको बताएका छन्। अर्थ मन्त्रीले [...]

    तपाईँ किसुनजी हुनुभएको भए…

    संवैधानिक राजतन्त्रको स्थापना कालदेखिको सिद्धान्तलाई त्यागेर समय सुहाउँदो हुन गणतन्त्रको लाइन पारित गरेपछि कृष्णप्रसाद भट्टराईले ०६४ सालमा पार्टीबाट अलग भएको घोषणा गरेका थिए। त्यसयता पार्टीका कुनै पनि कार्यक्रममा उनी उपस्थित भएनन्। पछिल्लो महाधिवेशनमा पनि सहभागी हुन गरिएको निम्तोलाई उनले अस्वीकार गरेका थिए। उनले आफूलाई अहिलेको कांग्रेससँग सम्बन्धित देखाउन चाहेनन्। तर उनी कांग्रेसका संस्थापक नेतामध्येका [...]

    ह्यापी भ्यालेन्टाइन्स डे !

    भ्यालेन्टाइन्स डेको अवसरमा आज तपाईँलाई मन पर्ने एउटा प्रेम गीतको युट्युब ठेगाना तल कमेन्टमा राख्नुहोला। अथवा तपाईँका प्रेम कविता, मुक्तक, भावना पनि तलको कमेन्ट बक्समार्फत् बाँड्न सक्नुहुन्छ।

    Tweet

    पशुपतिमा लाश गाड्न पाइने कि नपाइने?

    हिन्दुको पवित्र तिर्थस्थल पशुपति अहिले फेरि विवादमा परेको छ। यसअघि पुजारीको विवादले पशुपति तातिएको थियो। अहिले भने लाश गाड्नेबारे विवाद उठेको छ।

    ऐतिहासिक र पुरातात्विक महत्त्वको विश्व सम्पदा सूचिमा रहेको धार्मिक क्षेत्रमा सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी क्रिश्चियन र अन्य धर्मावलम्बीले चिहान बनाउन थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले केही अघि रोक लगाएको [...]

    eXTReMe Tracker