युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on November 5th, 2010
भाग्यमानी नेताको भाग्यमानी कुकुरः माधव नेपालको कुकुर टमी
वर्षैभरी मन नपर्ने मान्छेलाई कुकुर भनेर गाली गरे पनि एक दिन भने हामी त्यही कुकुरलाई पूजा गर्छौँ। अनि कुकुरको गुणको सम्झना गर्छौँ। ‘कुकुर’हरुले तिथिमितिमा विवाद गरेर कुकुर तिहार कहिले मनाउने अलमल गरिदिए। केहीले हिजै कुकुर तिहार मनाए त केहीले आज। आज कुकुर तिहार मनाउनेहरुले आजै लक्ष्मीपूजा गर्दैछन्। [...]
By Salokya, on November 3rd, 2010 फेसबुक अब सामाजिक सञ्जालको एउटा सामान्य साइट जस्तो मात्र रहेन। विश्वभर यसले प्रभाव पारिरहेकै थियो, नेपाल जस्तो देशमा समेत यसले ठूलै प्रभाव पारिसकेको छ। फेसबुकसम्बन्धी तथ्याङ्क राख्ने फेसबेकर्सका अनुसार ६ लाख २८ हजार २ सय २० जना नेपालीले फेसबुकमा खाता खोलेका छन्। यसको तथ्याङ्क मान्ने हो भने इन्टरनेट पहुँच भएका सबै नेपालीको फेसबुकमा खाता छ। [...]
By Salokya, on September 30th, 2010 ज्ञानेन्द्रले कू गरी सत्ता हातमा लिँदा उनको प्रत्यक्ष शासनको समर्थन गर्दै मन्त्री बनेका राधाकृष्ण मैनाली हिजोदेखि माओवादी बनेका छन्। उनलाई प्रचण्डले टीका लगाएरै पार्टीमा प्रवेश गराए। राजाले सत्ता हातमा लिएर त्यतिबेलाको आतंककारी भनिने माओवादीलाई दमन गर्दा मैनाली साक्षी थिए। अहिले उनै मैनाली आफ्नो कमरेड बन्दा ज्यान हत्केलामा राखेर जनयुद्ध लडेकाहरु अनि लोग्ने, छोराछोरी, बाबुआमा [...]
By Salokya, on August 20th, 2010 नेपालमा भ्रष्टाचार र घुसखोरी बढेको गुनासो हामी गर्छौँ बारम्बार। के तपाईँले कहिल्यै कतै घुस खुवाउनु भएको छ? कस्तो अवस्थामा घुस खुवाउनु पर्यो? कहाँ खुवाउनु पर्यो? नेपालको कुन क्षेत्रमा बढी भ्रष्टाचार छ जस्तो लाग्छ? अब तपाईँको पालो, आफ्नो अनुभव सुनाउनुस् र सचेत नागरिक बन्नलाई अरुलाई सघाउनुस्।
Tweet
By Salokya, on August 16th, 2010 देश अझै राजनीतिक अन्यौलमा नै फँसेको छ। यत्रो दिन भयो तर अझै प्रधानमन्त्री चुन्न सकेको छैन। देश कामचलाउ सरकारको हातमा छ। पर्सि फेरि एउटा नौटंकी चुनाव हुँदैछ। तर त्यसमा पनि कसैले बहुमत ल्याएर सरकार बनाउने देखिएको छैन। अब यो अवस्थालाई हटाउन के गर्नुपर्ला? तपाईँको विचार के छ? आफ्नो विचार छोटकरीमा राख्नुस्- अब तपाईँको पालो।
[...]
By Salokya, on July 30th, 2010 अपडेटः सर्वोच्चले झलनाथ खनालको उम्मेदवारी पुनः कायम गर्न पाउनु पर्ने भन्दै परेको रिटलाई खारेज गरिदिएको छ आज। योसँगै कानुनी चलखेल गरेर प्रधानमन्त्री बन्न पाउँला कि भन्ने खनालको आशा निराशामा परिणत भएको छ।
बहुमत पुगेका उम्मेदवारको उम्मेदवारी फिर्ता लिने, अनि बहुमत पुग्नै नसक्ने उम्मेदवारहरुलाई मैदानमा राखेर पटक पटक परिणामविहीन निर्वाचन गराइराखेको अवस्था छ अहिले। यस्तो राजनीतिक [...]
By Salokya, on July 27th, 2010 देश कामचलाउ सरकारको हातमा पुगेको एक महिना हुन लागिसक्यो तर नयाँ सरकार बन्ने छाँटकाँट छैन। संसदमा कसैले पनि बहुमत पुर्याउन सकेका छैनन् दुई पटक चुनाव भइसक्यो, १७ गते तेस्रो पटक हुँदैछ। एमाले तटस्थ बस्ने भनेपछि काँग्रेस उम्मेदवारले बाँकी सबै सांसद मिल्दा पनि ३०१ पुर्याउन सक्दैनन्। फोरमले सहयोग नगरेसम्म माओवादीले कुनै हालतमा बहुमत पुर्याउन सक्दैन। अहिले [...]
By Salokya, on July 2nd, 2010 प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि अब कसको नेतृत्वमा कस्तो सरकार (सहमतीय, बहुमतीय) बन्नुपर्छ जस्तो तपाईँलाई लाग्छ ? अब तपाईँको पालो- तपाईँको रोजाइको प्रधानमन्त्री र तपाईँले रोज्नुको कारण पनि संक्षेपमा लेख्नुस्।
Tweet
By Salokya, on June 21st, 2010 विश्वकप २०१० सुरु हुनुअघिदेखि नै चर्चामा रहेका केही खेलाडीमध्ये एक थिए ब्राजिलका काका। अहिलेसम्म उनले एक गोल पनि नगरे पनि २ गोलले अग्रता लिइराखेको आजको खेलमा बिनसित्तिमा रेडकार्डको महँगो मोल चुकाउन पुगेका छन्। ३ गोलले अग्रता लिइराखेको खेलमा ७९ औँ मिनेटमा आइभोरी कोस्टका कप्तान ड्रोग्बाले गोल गरेपछि एकाएक खेल फुटबल हैन, कुस्तीमा परिणत भएको [...]
By Salokya, on June 15th, 2010 विश्वकपका खेलहरु हेर्ने गर्नुभएको छ भने पक्कै याद गर्नुभएको हुनुपर्छ, खेल हुँदै गर्दा झिङ्गा भन्केको जस्तो भुँSSSS आवाज आएको आयै गर्छ। कतिपय बेला त कमेन्ट्री पनि सुन्न पाइन्न। मैदानको आवाजको त कुरै छाडौँ, कमेन्टेटरको आवाजलाई समेत दबाई दिन्छ यो आवाजले। एकोहोरो भूँSSSS भूँSSSS!!!
के हो त यो ? यो भुभुजेला रहेछ। एक मिटर जति लामो [...]
|
|
Recent Comments